अहिले नै लकडाउन नगरौँ, खोप अभियानलाई प्रभावकारी बनाऔँ– प्रधानमन्त्री देउवा

२०७८ माघ १ गते, शनिबार

काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज नेपाल मेडिकल काउन्सिल, नेपाल मेडिकल एशोसिएशनका पदाधिकारी तथा सङ्क्रामक रोग विशेषज्ञसँग कोरोना नियन्त्रणका बारेमा छलफल गरेका छन् ।

छलफलमा नेपालमा कोरोना सङ्क्रमणको विद्यमान अवस्था, आगामी दिनमा कसरी अगाडि बढ्ने तथा बढिरहेको सङ्क्रमणदरलाई कसरी रोक्ने भन्ने विषयमा विशेषज्ञले सुझाव राखेका थिए । छलफलमा सहभागी चिकित्सकले अत्यन्तै तीव्रगतिमा फैलिरहेको ओमिक्रोन भेरियन्टलाई नियन्त्रणमा लिन सरकारले चाल्नुपर्ने कदमका बारेमा ध्यानाकर्षण गराएका थिए ।

सहभागी विशेषज्ञ चिकित्सकले कोरोना सङ्क्रमण परीक्षणको दायरा बढाउनुपर्ने, काठमाडौँ उपत्यकामा मात्र नभई प्रत्येक जिल्लामा डेडिकेटेड कोभिड अस्पतालल बनाउनुपर्ने, आइसोलेशन सेन्टर, होल्डिङ सेन्टर बनाउनुपर्ने, महामारीविरुद्ध लड्न पर्याप्त जनशक्तिको व्यवस्थापन गर्नुपर्नेमा जोड दिएका थिए ।

पछिल्ला केही दिनयता सङ्क्रमितको उपचारमा संलग्न चिकित्सकसमेत सङ्क्रमणको मारमा परेका छन् । त्रिवि शिक्षण र वीरलगायत अस्पतालका स्वास्थ्यकर्मीमा ठूलो सङ्ख्यामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्यकर्मीमा सङ्क्रमण फैलँदा नागरिकले उपचार नपाउने जोखिम बढेको छ ।

केही अस्पतालका चिकित्सक, नर्समा सङ्क्रमण देखिएको, जनशक्तिको अभाव भएको, दक्ष जनशक्तिको अभाव कसरी पूरा गर्ने र स्वास्थ्यकर्मीको स्वास्थ्य स्थितिलाई कसरी मजबुत बनाउने भन्नेबारेमा चिकित्सकहरूले सुझाव दिनुभएको छलफलमा सहभागी पाटन अस्पतालका सङ्क्रामक रोग विशेषज्ञ डा जनक कोइरालाले जानकारी दिए ।

सरकारले कोरोना नियन्त्रणका लागि विभिन्न आदेश जारी गरेको छ । सरकारले जारी गरेका आदेशको कार्यान्वयन गर्न क्रियाशील हुनुपर्ने उनीहरूको सुझाव थियो । अनावश्यक भीडभाड नगर्ने, अत्यावश्यक अवस्थामा बाहेक घर बाहिर ननिस्कने भनी सरकारले भनिरहे पनि अझै पनि भीडभाड देखिएको भन्दै चिकित्सकहरूले चिन्ता व्यक्त गरेका थिए । जनस्वास्थ्यका मापदण्ड पालनामा सरकारले कडाइ गर्नुपर्ने चिकित्सकको सुझाव थियो ।

चिकित्सकहरूले तत्कालै लकडाउन गर्नुपर्ने अवस्था नरहेको भन्दै सरकारलाई जारी आदेशको कार्यान्वयन र स्वास्थ्य मापदण्डको पालनामा कडाइ गर्न सुझाव दिएका थिए । “छलफलमा सहभागी चिकित्सकहरूले अहिले नै लकडाउन गर्नुपर्छ भनेर सिफारिस गर्नुभएको छैन, लकडाउन त्यो अवस्थामा गर्नुपर्छ, जतिबेला हाम्रो स्वास्थ्य प्रणालीले धान्न सक्दैन, अस्पतालमा अक्सिजन र बेड पुग्दैन”, छलफलमा उठेका विषयबारे प्रकाश पार्दै प्रा डा कोइरालाले भने, “स्वास्थ्य मन्त्रालयका सचिवले अहिले नै अस्पताल नभरिएको र यसअघिका तुलनामा अहिले अस्पतालमा व्यवस्थापन पनि राम्रोसँग भइरहेकोे जानकारी गराउनुभयो ।”

चिकित्सकहरूले लकडाउन गर्नुपरे पनि देशव्यापीरूपमा नभई स्मार्ट लकडाउनका रूपमा गर्न सकिने सुझाव राखेका थिए । कोरोनाविरुद्धको खोप अभियानलाई तीव्र बनाउनुपर्नेमा जोड दिँदै चिकित्सहरूले खोप लगाउने क्रममा देखिएको भीड कम गर्न सरकारलाई सुझाव दिएका थिए ।

208 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

‘ल्याङ्ग ल्याङ्ग’मार्फत युवा पुस्ताको कथा भन्दै बलिराम

२०८३ जेष्ठ १३ गते, बुधबार

‘ल्याङ्ग ल्याङ्ग’मार्फत युवा पुस्ताको कथा भन्दै बलिराम

२०८३ जेष्ठ १३ गते, बुधबार

बियोन्डको नयाँ गीत ‘झिम झिम’ सार्वजनिक

२०८३ जेष्ठ १३ गते, बुधबार

पन्चायन स्तोत्र भजन भक्ती चिरायु माग्ने मागौँ पुस्तक बिमोचन

२०८३ जेष्ठ १३ गते, बुधबार

‘चौंरीको गोठ’ मा सुरेश र रश्मीको रोमान्स

२०८३ जेष्ठ १३ गते, बुधबार

भगवती शाही स्मृती स्तम्भ उद्घाटन

२०८३ जेष्ठ १३ गते, बुधबार

तेस्रो पटक सगरमाथा चढेका लायन् सेन्साई पेमा वाइबाले लायन्सको लोगो अङ्कित झण्डा सर्बोच्च शिखर सगरमाथामा दोस्रो चोटी फहराउन सफल

२०८३ जेष्ठ १३ गते, बुधबार

बुटवलमा भेस्पा–अप्रिलियाको विशेष स्कुटर यात्रा सम्पन्न, टाइगर फरेस्टमा आत्मीय स्वागत

२०८३ जेष्ठ १० गते, आईतवार

पोखरामा अतिक्रमित संरचना हटाउन १५ दिने थप सार्वजनिक सूचना

२०८३ जेष्ठ १० गते, आईतवार

शिवसताक्षी नगरपालिकाले ट्रयाक्टर जोताई सेवाशुल्कमा एकरुपता ल्याउने

२०८३ जेष्ठ १० गते, आईतवार

वैदेशिक रोजगारीबाट फर्किएकालाई विशेष तालिम सञ्चालन गर्दै गौरादह नगरपालिका

२०८३ जेष्ठ १० गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal