लज्जास्पद हार बेहोरेपछि कोहलीले दिए राजीनामा

२०७८ माघ १ गते, शनिबार

काठमाडौ। दक्षिण अफ्रिकाविरुद्धको शृङ्खलामा लज्जास्पद हार बेहोरेपछि विराट कोहलीले भारतीय टेस्ट क्रिकेट टोलीको कप्तानबाट राजीनामा दिएका छन् । शनिबार एक विज्ञप्ति जारी गर्दै कोहलीले कप्तान पदबाट राजीनामाको घोषणा गरेका हुन् ।

उनले विज्ञप्तिमा भनेका छन्, म सधैँ हरेक चिजमा १२० प्रतिशत योगदान दिन चाहन्छु । यदि मैले त्यो गर्न सकिनँ भने गलत हुन्छु । म यो कुरालाई लिएर स्पष्ट छु र आफ्नो टोलीसँग बेइमानी गर्न सक्दिनँ ।

टोलीलाई सही दिशा दिनका लागि आफूले ७ वर्ष हर दिन कठिन परिश्रम गरेको उल्लेख गर्दै उनले लेखेका छन्, मैले आफ्नो काम पुरा इमानदारी साथ गरेँ र कुनै कसर बाँकी राखिनँ । हरेक कुरा कुनै न कुनै मोडमा रोकिनु नै पर्छ र टेस्ट टोलीको कप्तानको रूपमा मैले रोकिनुपर्ने यही समय हो ।

कोहलीले टी २० विश्वकप सुरु हुन अघि नै कप्तानी छाडेका थिए भने दक्षिण अफ्रिकाको शृङ्खला अघि उनलाई एकदिवसीय कप्तानबाट हटाइएको थियो । चयनकर्ताले सेतो बलको क्रिकेटमा दुईवटा कप्तान हुन नसक्ने बताएका थिए । (एजेन्सी)

261 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

‘एलिफेन्ट्स इन द फग’का निर्मातालाई प्रश्न– यो तेस्रोलिंगीहरूको कथाको सिनेमा हो ?

२०८३ भाद्र ८ गते, सोमबार

‘एलिफेन्ट्स इन द फग’का निर्मातालाई प्रश्न– यो तेस्रोलिंगीहरूको कथाको सिनेमा हो ?

२०८३ भाद्र ८ गते, सोमबार

‘द राइज अफ साम्राज्य’मा अञ्जनाको प्रवेश

२०८३ भाद्र ८ गते, सोमबार

चलचित्र ‘माया भनेकै यस्तो होला’को तीज गीत सार्वजनिक

२०८३ भाद्र ८ गते, सोमबार

पीडामा पनि छोरीको मायाले बाँच्ने साहस : ‘नौ गेडी–२’ सार्वजनिक

२०८३ भाद्र ८ गते, सोमबार

लायन सानु सुर्खाली श्रेष्ठको माइत आइन बजारमा (भिडियोसहित)

२०८३ भाद्र ८ गते, सोमबार

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न माग गर्दै पत्रकार महासंघ आन्दोलित

२०८३ श्रावण २८ गते, बिहीबार

रोल्पाको थबाङमा पहिरो जाँदा तीन जनाको मृत्यु, नौ जना बेपत्ता

२०८३ श्रावण २८ गते, बिहीबार

सिड्नीकी नर्स तथा गीतकार यशोदाको शब्दमा आयो ‘ए मैना सुनन’

२०८३ श्रावण २७ गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal