आज ३२६ जना नयाँ सङ्क्रमित थपिए
२०७८ पुष १९ गते, सोमबार
काठमाडौं । पछिल्लो २४ घण्टामा ३२६ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । ९ हजार ७ सय जनामा पीसीआर परीक्षण गरिएकोमा २९१ जनामा र २ हजार ७९८ जनामा एन्टीजेन परीक्षण गर्दा ३५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९८ प्रतिशत रहेको छ । यसैगरी, पछिल्लो २४ घण्टामा २५५ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा २ जनाको कोरोनाबाट मृत्यु भएसँगै मृत्यु हुनेको सङ्ख्या ११ हजार ५९८ पुगेको छ ।
92 Views