हिमपातका कारण टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध

२०७८ पुष १५ गते, बिहीबार

म्याग्दी । दुई दिनदेखिको वर्षा र हिमपातका कारण म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जामा टेलिफोन तथा इन्टरनेट सेवा अवरुद्ध बनेको छ । मङ्गलबार रातिदेखि लगातार परेको हिमपातका कारण नेपाल टेलिकमको टेलिफोन तथा इन्टरनेट सेवा अवरुद्ध बनेको वडाध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिए। ुहिमपातले गाउँ सञ्चारविहीन भएको छ, मौसम सफा भएपछि मर्मतकार्य हुन्छु, अध्यक्ष छन्त्यालले भने।

त्यसैगरी धौलागिरि–४ मुदीको सिंकोस बगर क्षेत्रमा भएको हिमपातले घरका छाना ढाकिएर सेताम्मे बनेका छन्। धौलागिरि पदमार्गले समेटिएको बगर, सिंकोसलगायतका बस्तीमा घरका छाना ढाकिएका छन् भने जमिन पूरै ढाकिएको छ।

रुखसमेत हिउँले सेताम्मे बनेका छन्। हिउँ परेपछि कृषक खुसी भए पनि पशुपालन गर्ने किसान भने घाँसपातको बन्दोबस्त मिलाउन नसकेर समस्यामा परेका छन्। बुधबार म्याग्दीको माथिल्लो क्षेत्रमा भारी हिमपात भएको छ।

घर र हिँड्ने बाटो पनि हिउँले पुरिएपछि स्थानीयवासीलाई निकै सकल भएको मुदीका बलबहादुर विकले बताए। समुद्री सतहदेखि तीन हजार २२० मिटर उचाइमा अवस्थित जिल्लाको अतिविकट मानिने गूर्जा गाउँ तथा आसपासका क्षेत्र भारी हिमपात भएको छ। गुर्जा गाउँ आसपासमा आवतजावत गर्ने पदैलमार्गमा समेत छपक्कै हिमपात छोपेका कारण गाउँको जनजीवन कष्टकर बनेको छ।

चिसो र हिमपातले बालबालिका, वृद्धवृद्धालाई जोखिम मुस्किल भएको छ। गाउँपालिकाको वडा नं १ गुर्जा र वडा नं ३ लुलाङको सिमाना पर्ने देउराली आसपासमा समेत हिमपात भएपछि आवतजावतसमेत रोकिएको छ। गूर्जामा लगातार हिमपात भए करिब चार फिटसम्म हिउँ जम्ने गरेको छ।(रासस)

186 Views

ताजा

छविलाल जोशीलाई पनि धरौटीमा छोड्न आदेश

२०८१ पुष २५ गते, बिहीबार

छविलाल जोशीलाई पनि धरौटीमा छोड्न आदेश

२०८१ पुष २५ गते, बिहीबार

रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश

२०८१ पुष २५ गते, बिहीबार

एकाविहानै चीन केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भूकम्प

२०८१ पुष २३ गते, मंगलवार

राष्ट्रिय ख्रीष्टियन आयोग गठन गर्न माग गर्दै शान्तिपूर्ण धर्ना

२०८१ पुष २२ गते, सोमबार

गोविन्द प्रसाद दुलालका दुई पुस्तक प्रधानमन्त्री ओलीद्वारा लोकार्पण

२०८१ पुष २२ गते, सोमबार

अमेरिकाको ७ राज्यमा संकटकाल

२०८१ पुष २२ गते, सोमबार

टोखाबजारमा चाकु बनाउन भ्याइनभ्याइ

२०८१ पुष २२ गते, सोमबार

नेपाल क्लाइम्बिङ वागमती प्रदेशमा कल्पना

२०८१ पुष २२ गते, सोमबार

अस्मिता र सुमनले ल्याए ‘सौभाग्य मेरो जीवनको’ (भिडिओ)

२०८१ पुष २२ गते, सोमबार

एक जोर जुत्ता’ को कथामा लघुचलचित्र निर्माण

२०८१ पुष २२ गते, सोमबार

लोकप्रिय

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

२०८० भाद्र १ गते, शुक्रबार

काठमाडौं महानगरपालिकाद्वारा खुल्ला दूध बेचबिखन, पानीपुरी, चटपटेमा रोक लगाउने तयारी

२०८० श्रावण २८ गते, आईतवार

राजकुमारको कृषि कथाः कर्म गर, सफलता पछिपछि आउँछ

२०८० असार २४ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal