कसको हालत के हुन्छ त्यो निर्वाचनले देखाउँछः प्रचण्ड
२०७८ पुष ९ गते, शुक्रबार
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले माओवादीमा अहिले ८ लाख सदस्य पुगेको र १० लाख पुर्याउने लक्ष्य लिइएको बताएका छन् ।
नेकपा मसाल (सम्पर्क केन्द्र) सँगको एकता कार्यक्रममा शुक्रबार बोल्दै उनले कसको हालत के हुन्छ भन्ने कुरा आउने निर्वाचनमा देखिने बताए । उनले भने, कसको हालत के हुन्छ, त्यो निर्वाचनले देखाउँछ।
प्रचण्डले आफूहरुले सही विचारका साथ एमालेसँग एकता गरेको तर अर्को पक्षले सत्तामा पुग्ने भर्याङका रुपमा प्रयोग गर्दा धोका र विश्वासघातमा परिणत भएको बताए ।
111 Views