राजा महेन्द्र र पौष एक
रोहित प्रसाद पौडेल
२०११ साल चैत १ देखि २०२८ माघ १७ सम्म नेपालको राजकाज सम्हालेका राजा थिए महेन्द्र । करिव ६ वर्ष दलहरुसँग मिलिजुली र करिव ११ वर्ष एकलौटी गरी लगभग १७ वर्ष नेपालको बागडोर सम्हालेका थिए । यहाँ उनको सामाजिक, राजनैतिक, बौद्धिक, दार्शनिक एवं राष्ट्रिय अन्तर्राष्ट्रिय व्यक्तित्वको चर्चा भन्दा पनि शुन्य वैदेशिक ऋणमा उनको शासनकालमा भए गरेका केही महत्वपूर्ण कार्यहरु स्मरण गर्ने प्रयत्न गरेको छु ।
१) २००७ सालको परिवर्तन पछि नेपालको मुख्य सचिवको रुपमा भारतीय सचिव स्तरको कर्मचारी रहने व्यवस्थाको अन्त्य ।
२) नेपालको उत्तरी सिमानाको १७ ठाउँमा स्थापना गरिएको भारतीय सैनिक चेकपोष्टको अन्त्य ।
३) संयुक्त राष्ट्र संघमा सदस्यता २०१२
४) सर्वोच्च अदालतको स्थापना २०१३
५) लुम्बिनी गुरुयोजनाको थालनी
६) २००८ देखि २०१२ सालसम्म खुलेका विद्यालयमा भएको भारतीय पाठ्यक्रम हिन्दी भाषाको अध्ययन अध्यापन विस्थापन गरी नेपाली भाषा र पाठ्यक्रमको विकास ।
७) योजना आयोगको गठन २०१३
८) योजनाबद्ध विकासको थालनी २०१३
९) नेपाली नोटको प्रतिस्थापन २०१३
१०) नेपाल राष्ट्र बैंकको स्थापना २०१२
११) प्रथम प्रशासन सुधार २०१३
१२) नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको गठन २०१४
१३) त्रिभुवन विश्वविद्यालयको स्थापना २०१४
१४) त्रिभुवन राजपथको निर्माण २०१४
१५) नेपाललाई सिक्किमीकरण गर्ने भारतीय डिजाइनको विधान सभाको मागलाई अन्त्य गरी आम निर्वाचन सम्पन्न २०१५
१६) नेपाली हावापानी सुहाउँदो संविधान प्रदान २०१९ पौष १
१७) देवस्थलहरुको जीर्णोद्धार अभियानको थालनी २०१५
१८) औलो उन्मुलनको थालनी २०१६
१९) विर्ता उन्मुलन २०१६
२०) पञ्चायतको घोषणा २०१७ पौष १
२१) खेलकुद परिषद्को गठन २०१७
२२) असंलग्न राष्ट्रहरुको स्थापना २०१८
२३) नेपाल चीन सीमा सन्धी सम्पन्न २०१८
२४) पूर्व पश्चिम राजमार्गको शिलान्यास २०१९
२५) नयाँ मुलुकी ऐन जारी २०२०
२६) भूमि सुधार अभियानको थालनी २०२१
२७) धरम धुकुटीको अवधारणा
२८) सयौं ऐन कानूनको निर्माण (विभिन्न समय)
२९) काठमाडौं कोदारी राजमार्गको निर्माण २०२४
३०) नयाँ शिक्षाको थालनी २०२८
३१) प्रसूती गृह थापाथलीको स्थापना
३२) विभिन्न अस्पतालहरुको स्थापना
३३) गाउँपार्क राष्ट्रिय अभियानको शुरुवात २०२४ पौष १, तर कार्यान्वयन २०३४
३४) मित्र राष्ट्रहरुसँग व्यापक दौत्य सम्बन्धको स्थापना (५० भन्दा बढी देशहरु)
३५) शाही नेपाल वायुसेवा निगम २०१४
३६) सहकारी बैंक (२०१९ पछि २०३० मा कृषि विकास बैंकमा परिणत)
३७) कृषि सामाग्री संस्थान २०२२
३८) नेपाल नेशनल टे«डिङ लिमिटेड २०१८
३९) राष्ट्रिय बिमा संस्थान २०२४
४०) नेपाल आयल निगम २०२७
४१) जनकपुर चुरोट कारखाना लिमिटेड २०२१
४२) कर्मचारी सञ्जयकोष २०१९
४३) राष्ट्रिय बाणिज्य बैंक २०२२
४४) नेपाल यातायात संस्थान २०२१
४५) वीरगञ्ज चिनी कारखाना २०२१
४६) साल्ट टे«डिङ कर्पोरेशन २०२०
४७) नेपाल कन्स्ट्रक्सन कम्पनी प्रा.लि. २०१७
४८) टिम्बर कर्पोरेशन अफ नेपाल २०१७
४९) शाही नेपाल चलचित्र संस्थान २०२८
५०) नेपाल चिया विकास निगम २०२२
५१) इटाटायल कारखान २०२६
५२) बाँसबारी छालाजुत्ता कारखाना २०२२
५३) दुग्ध विकास संस्थान २०२६
५४) रत्न रकेर्डिङ संस्थान २०२४
५५) औद्योगिक क्षेत्रको अवधारणा (२०१९ मा पहिलो बालाजु औद्योगिक क्षेत्र)
५६) हिमाल सिमेन्ट कारखाना (शुरुवात २०२८)
५७) हिमाल पहाड तराई समेटिएको अञ्चल, क्षेत्र ऐन
५८) जिल्ला रहेको प्रशासनिक अवधारणा
५९) सयौं स्कुल, क्याम्पस एवं प्रशासनिक भवनको निर्माण
६०) मिश्रित अर्थ व्यवस्थाको अवलम्बन
६१) विकेन्द्रकरणको अवधारणा
६२) तत्कालीन श्री ५ ११ र प्रधानमन्त्री ११ टिम बीच च्यारेटी सो फुटबल सम्पन्न २०१६
६३) रंगशाला र कभर्ड हलको निर्माण २०२४
६४) राजकुलमा एकैसाथ दुईवटी कन्यासँग विवाह गर्ने परम्पराको अन्त्य गरी एकै कन्यासँग मात्र विवाह १९७७
६५) विभिन्न समयमा रक्तदान गरी रक्तदान कार्यमा सहभागी
६६) विभिन्न पुरस्कारहरुको स्थापना
क) मनपदवी–४
ख) अलंकार–१२
ग) पदक–१९ गरी जम्मा ३५
६७) श्री ५ महेन्द्र राष्ट्रिय एवं अन्तर्राष्ट्रिय योगदानहरुको मूल्यांकन गरी १३ वटा मान पदवीहरु, ४ ओटा मानार्थ दर्जाहरु र ३ वटा उपाधिहरु पाएका थिए । नेपालको इतिहासमा यतिधेरै विदेशीहरुबाट सम्मान पाएका राजनेता यिनै मात्र थिए ।
क) मानार्थ पदवी दिने देशहरुः फ्रान्स, जापान, पोर्चुगल, संयुक्त अधिराज्य बेलायत, पाकिस्तान, जर्मन, नेदरल्याण्ड, अफगानिस्तान, लाओस, जापानको युनेस्को, फिलिपिन्स, इरान रहेका छन् ।
ख) मानार्थ दर्जा
क) ब्रिटिस सेनाको मानार्थ अतिरथी
ख) भारतीय सेनाको मानार्थ महारथी
ग) पाकिस्तानी सेनाको मानार्थ अतिरथी
घ) द कलोनेल इन चिफ अफ दि बिग्रेड अफ गोर्खाज
ङ) उपाधीहरु
क) डक्टर अफ लज् (जबमु कस्मिर विश्व विद्यालयबाट)
ख) डक्टर अफ लज (डेट्रइट विश्वविद्यालय संयुक्त राज्य अमेरिका)
ग) डक्टर अफ लज लिटरेचर (वनारस हिन्दु विश्वविद्यालय)
६८) विभिन्न कृतिहरु प्रकाशन
उसैको लागि, फेरि उसैको लागि, अझै कसैको लागि कविता संग्रह, तरङगिणी संस्कृतबाट अँग्रेजीमा अनुवाद श्री ५ महेन्द्रका अ मर भाषण (सम्पाः तारा पुन प्रकाशन, जोशी, अ हेन्ड बुक अफ विग गेम हन्टिङ, जीव विज्ञान सम्बन्धी र कृपापूर्ण उदगार सम्पादन गरी ७ ओटा कृतिहरु प्रकाशन ।
६९) उनका कविताहरु अँग्रेजी, हिन्दी, मैथिली, नेवारी, संस्कृत, चिनियाँ, हिब्रु गरी ७ भाषामा अनुवादित
७०) विभिन्न समयमा साहित्यिक गोष्ठीहरुको आयोजना गरी सहभागी ।
७१) भ्रमणः स्वदेश, नेपालका सम्पूर्ण जिल्ला, विदेश भ्रमण ५० भन्दा बढी देशको भ्रमण ।
अन्त्यमा तीस बत्तिस बर्षमा दलहरुले गरेको र शून्य वैदेशिक ऋणमा लगभग १७ वर्ष त्यसमा पनि ११ वर्षको सक्रियतामा राजा महेन्द्रले गरेका कार्यको लेखाजोखा गर्ने हो कि ? (लेखकः पौडेल अनुसन्धाता हुन्)

2 thoughts on “राजा महेन्द्र र पौष एक”
Leave a Reply
ताजा
कक्षा १२ को नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण
२०८३ असार ५ गते, शुक्रबार
कक्षा १२ को नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण
२०८३ असार ५ गते, शुक्रबार
किन सार्वजनिक गरिएन ‘बाः एक योद्धा’का ‘बा’ ?
२०८३ असार ५ गते, शुक्रबार
‘क्याप्टेन साब’को सकियो छायांकन
२०८३ असार ५ गते, शुक्रबार
‘रोल नं १’को टिकटमा ५० प्रतिशत
२०८३ असार ५ गते, शुक्रबार
फाइभ जीका लागि सरकार र सेवा प्रदायक दुवै तयार
२०८३ असार ५ गते, शुक्रबार
के नेपालको धर्म, कला र संस्कृति आज हराउँदै गएको हो ?
२०८३ असार ५ गते, शुक्रबार
रास्वपाको केन्द्रीय सदस्यमा सुदामा कार्कीले उम्मेदवारी दिने
२०८३ असार ३ गते, बुधबार
साउनदेखि नागढुङ्गा सुरुङमार्ग सञ्चालनको तयारी
२०८३ असार ३ गते, बुधबार
मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात
२०८३ असार ३ गते, बुधबार
गेरुवामा निशुल्क लोकसेवा तालिम समापन
२०८३ असार ३ गते, बुधबारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार






महेन्द्र राजा को पाली मा ८२ ओटा ठुल्ठुला उधोग स्थापना भएर ५० लाख मानिस लाई रोजगार दिएको थियो जो अहिले क सबै भ्रस्ट डाका चोर दलाल नेता भनौदा हरु ले बेची सबै नेपाली लाई रोजगारी को लागि विदेश पठाए I
महेन्द्र राजा को पाली मा ८२ ओटा ठुल्ठुला उधोग स्थापना भएर ५० लाख मानिस लाई रोजगार दिएको थियो जो अहिले क सबै भ्रस्ट डाका चोर दलाल नेता भनौदा हरु ले बेची सबै नेपाली लाई रोजगारी को लागि विदेश पठाए I