पशुपति क्षेत्रमा भक्तजनको भीड, बाला चतुर्दशी मेलाको तयारी पूरा
–पूर्णप्रसाद मिश्र
काठमाडौं ।दिवङ्गत पितृका नाममा महादीपदान गर्न आउने भक्तजनको आज बिहानैदेखि पशुपति क्षेत्रमा भीड लाग्न थालेको छ । बेलुकी बत्ती बालिने भए पनि आज पशुपति क्षेत्रमा लाखौँ भक्तजन आउने भएकाले ठाउँको व्यवस्था गर्न बिहानैदेखि भक्तजन आएका हुन् । पशुपति क्षेत्रमा सहज रुपमा बत्ती बालेर बस्ने स्थान पाउन मुस्किल हुने गरेको तेह्रथुमबाट बत्ती बाल्न आएका श्याममणि ढुङ्गानाले गुनासो गरे ।
मार्गशीर्षकृष्ण त्रयोदशीको बेलुकी पशुपतिनाथमा दिवङ्गत पितृका नाममा महादीपदान गरिन्छ । रातभर जाग्राम बसेर मार्गशीर्षकृष्ण चतुर्दशीका दिन बिहान दीप वाग्मतीमा सेलाएर पशुपति क्षेत्रका विभिन्न स्थानमा शतबीज छरिन्छ । यसो गरेमा दिवङ्गत पितृको सद्गति हुनुका साथै शान्ति पाउने धार्मिक विश्वास छ । पशुपति क्षेत्रमा बाला चतुर्दशी मेलाका सबै तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
काठमाडौँका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको सुरक्षा समितिको बैठकले आज बिहानदेखि पशुपति क्षेत्रमा सुरक्षाका सबै व्यवस्थापन गरेको कोषका कार्यकारी निर्देशक डा।घनश्याम खतिवडाले जानकारी दिए । यसका लागि भकुण्टोलस्थित कारपार्कमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको सुरक्षा मूल शिविर खडा गरिएको छ ।
पशुपति क्षेत्रको मुख्य भागस्थित शतबीज मार्ग र बत्ती बाल्ने स्थानमा आवश्यकताअनुसार सुरक्षाकर्मीको परिचालन गरिएको छ । सुरक्षाकर्मीले पशुपति क्षेत्रमा मांस, मदिरा एवं नशालु पदार्थको सेवन तथा बिक्री वितरण पूर्णरुपमा निषेध गरेको छ । यसका लागि अनुगमन गर्न प्रभावकारी संयन्त्र निर्माण गरिएको कोषले जनाएको छ ।
शतबीज छर्न विशेषरुपमा भक्तजनको भीड लाग्ने मृगस्थली क्षेत्रमा पनि कोषका सुरक्षाकर्मीसहित नेपाल प्रहरी र सशस्त्र प्रहरी बल खटाइएको छ । भुवनेश्वरीअघि शङ्कराचार्य मठको पश्चिम बाटोमा सामुदायिक प्रहरी र स्वयंसेवक परिचालन गरिएको छ । खोजखबर केन्द्र पनि त्यस क्षेत्रमा सञ्चालन गरिँदैछ ।
पालको व्यवस्था
काठमाडौँ महानगरपालिकाको सहयोगमा कोषले घुम्ती शौचालयको व्यवस्था पशुपति क्षेत्रमा गरेको छ । बत्ती बाल्ने भक्तजनका लागि वनकाली, शङ्कराचार्य मठ, चार शिवालय एवं अन्य स्थानमासमेत नेपाली सेना, सशस्त्र र प्रहरीको सहयोगमा पाल टाँगिएको छ ।
बत्ती बाल्न एवं शतबीज छर्न आउने भक्तजनका लागि तिलगङ्गा र भण्डारखालमा सवारी पार्किङको व्यवस्था मिलाइएको छ । मेलाका लागि महानगरीय ट्राफिक प्रहरी प्रभाग गौशालाबाट ट्राफिक एवं सवारी व्यवस्थापनको काम गर्ने गरी जिम्मेवारी तोकिएको छ । मन्दिर तथा त्यसअघिको मुख्य क्षेत्रमा पराल लैजान कोषले निषेध गरेको कार्यकारी निर्देशक खतिवडाले सुनाए ।
मूल मन्दिरको पश्चिमढोका र दक्षिणढोका अघि भक्तजनलाई बत्ती सल्काउने व्यवस्था मिलाइएको छ । श्री पशुपतिनाथ अमालकोट कचहरीबाट दाउराको व्यवस्था गरी कैलाश चउर, हंशमण्डप, चार शिवालय आदि स्थानमा जाडोबाट बच्न धुनी जगाउने व्यवस्था मिलाइएको छ । दाउरा नपुग भएमा दि टिम्बर कर्पोरेशन पशुपतिबाट पछि भुक्तानी गर्ने गरी कोषको सिफारिसमा लैजाने व्यवस्था मिलाइएको छ ।
मन्दिर प्राङ्गण एवं मुख्य क्षेत्रभित्र शतबीज नछर्न उम्रने खाली ठाउँमा मात्र छर्न कोषले भक्तजनलाई आह्वान गरेको छ । यसका लागि सुरक्षाकर्मी एवं स्वयंसेवक परिचालन गरेर व्यवस्थित गरिएको छ । महानगरपालिका र अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको सहकार्यमा फोहर व्यवस्थापन एवं सरसफाइको व्यवस्था मिलाइएको छ ।
बत्ती शुल्क उठाए कारबाही गरिने
कसैले बत्ती शुल्क उठाएमा प्रचलित कानूनबमोजिम कारबाही गर्ने कोषले जनाएको छ । यसका लागि अनुगमन टोली पनि खटाइएको छ । शतबीज छरिसकेपछि पशुपति क्षेत्रमा श्री पशुपतिनाथको कवच, मुकुट, नागमणि, एकमुखे रुद्राक्ष, दर्शन गर्ने व्यवस्था मिलाइएको छ । सुरक्षा निकाय एवं कोषका कर्मचारीको सहयोगमा यी सामग्री दर्शनको व्यवस्था शुक्रबार बिहान मिलाइएको छ ।
पशुपतिनाथको मुख्य क्षेत्र बाहिर विभिन्न सङ्घसंस्थाले स्वास्थ्य शिविर खडा गरेका छन् । काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको सहयोगमा कोषले खानेपानी र स्नान गर्ने पानीको व्यवस्थापन गरेको छ । मेला क्षेत्र र शतबीज मार्गमा नेपाल विद्युत् प्राधिकरणसँगको सहकार्यमा पर्याप्तमात्रामा बत्ती बल्ने व्यवस्था मिलाइएको छ ।
नेपाल टेलिकम एवं दूरसञ्चार प्राधिकरणको सहयोगमा पशुपति क्षेत्रमा मेला अवधिभर बिटिएस सेवाको व्यवस्था मिलाइएको छ । बाला चतुर्दशीका अवसरमा पशुपति क्षेत्रमा बजार राख्नेसँग दस्तुर लिइने भएको छ ।
सोही अवसरमा बत्ती बाल्नुपर्ने तर आफू उपस्थित हुन नसक्नेसँग कोषले शुल्क लिएर सेवा उपलब्ध गराउने भएको छ । रु एक हजारको रसिद काटेपछि कोषले नै बत्ती बालेर रातभर कुरी बिहान वाग्मती सेलाउने व्यवस्था मिलाएको छ । रुद्रगारेश्वर क्षेत्रमा यो सेवाको व्यवस्था मिलाइएको कर्मचारी गोकर्ण पौडेलले जानकारी दिए ।
मेला क्षेत्रमा आइपर्नसक्ने सम्भावित दुर्घटना हुन नदिन सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन गणको सहकार्यमा पशुपति पश्चिम ढोका र कैलाश चउरमा व्यवस्था मिलाइएको छ । जहाँ सशस्त्रको टोली तैनाथ गरिसकिएको छ । महानगरीय प्रहरी वृत्त गौशालामा दमकलको व्यवस्था गरिएको छ । मेलाका लागि नेपाल प्रहरीले पनि विपद् उद्धार टोली पशुपति क्षेत्रमा खटाएको कोषले जनाएको छ ।
मेला क्षेत्रमा नेपाली सेनाको १४ नं बाहिनी एयरपोर्टका तर्फबाट सैनिक गस्तीको समेत प्रबन्ध मिलाइएको छ । मेलाका क्रममा पशुपति क्षेत्रमा गरगहना लगाएर नआउन अनुरोध गरिएको छ । साथै मदिरा सेवन गरेर पशुपति क्षेत्रमा आई होहल्ला एवं हुलहुज्जत गरेमा पनि कारबाही गरिने जनाइएको छ । (रासस)
ताजा
सुनसरीको मुख्य राजमार्गमा अनिश्चितकालीन कर्फ्यू
२०८३ श्रावण १२ गते, मंगलवार
सुनसरीको मुख्य राजमार्गमा अनिश्चितकालीन कर्फ्यू
२०८३ श्रावण १२ गते, मंगलवार
१० करोडको नजिक ‘गौंथली’
२०८३ श्रावण १२ गते, मंगलवार
सौरभ चौधरीले घोषणा गरे चलचित्र ‘द राइज अफ साम्राज्य’
२०८३ श्रावण १२ गते, मंगलवार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच जना पक्राउ
२०८३ श्रावण १२ गते, मंगलवार
कानुन व्यवसायीबीच सद्भाव र सहकार्यको सन्देश दिँदै ‘लयर्स फुटसल कप–२०८३’ सम्पन्न
२०८३ श्रावण १२ गते, मंगलवार
एमबीएसको प्रश्नपत्र आउट प्रकरणः थप २ जना पक्राउ
२०८३ श्रावण १२ गते, मंगलवार
कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन
२०८३ श्रावण १२ गते, मंगलवार
देवानगञ्ज घटनापछि सुनसरी तनावग्रस्त
२०८३ श्रावण १२ गते, मंगलवार
शैक्षिक परामर्श सेवा नियमनावली २०८३ स्वागतयोग्य, तर नियन्त्रणमुखी व्यवस्था स्वीकार्य नहुने व्यवसायीहरुको माग
२०८३ श्रावण ११ गते, सोमबार
नागढुंगा–सिस्नेखोला सुरुङमार्गको आज औपचारिक उद्घाटन हुँदै
२०८३ श्रावण ११ गते, सोमबारलोकप्रिय
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





