विद्यार्थी नेता राजिवको उम्मेदवारी

२०७८ मंसिर १६ गते, बिहीबार

काठमाण्डौ । नेपाल विद्यार्थी संघका वर्तमान सभापति राजिव ढुङगाना पनि नेपाली कांग्रेसको चौधौ महाधिवेशनमा केन्द्रिय सदस्यको उम्मेदवारका रुपमा प्रस्तुत भएका छन् । काठमाण्डौमा विहिवार केही संचारकर्मीहरुको उपस्थितिमा उनले आफनो उम्मेदवारी घोषणा गरे ।
पार्टी भित्र बढ्दै गएको अनुशासन विहिन गतिविधिलाई नियन्त्रण गर्न र पार्टीका नेता तथा कार्यकर्तालाई प्रशिक्षित गर्ने विषय आफनो मुख्य एजेण्डा भएको पनि ढुङगानाले बताए । पार्टीको एघारौ महाधिवेशनदेखी अहिलेसम्म महासमिति सदस्यका रुपमा रहेर अग्र पंक्तिमा कार्य गर्दै आएका ढुङगाना आफुलाई विशिष्ट परिस्थितिका कारण पार्टीले नेपाल विद्यार्थी संघको नेतृत्व सुम्पेको दावी गर्छन् । नेपाल विद्यार्थी संघलाई चुस्त दुरुस्त रुपमा अघि बढाउन र अधिवेशन गर्नका लागी कोरोनाका कारण असर्मथ रहेको पनि उनको दावी छ ।
पार्टी भित्र यो अधिवेशन पश्चात जबरजस्त रुपमा युवाहरुको प्रवेश हुने भएकाले प्रशिक्षण र अनुशासनलाई आत्मसात गरियो भने मात्रै पार्टी बलियो हुने पनि उनको दावी छ ।
२०५७ साल देखी नेपाल विद्यार्थी संघमा आबद्ध रहेका ढुङगानाले सो संगठनमा सदस्य, कोषाध्यक्ष र उपाध्यक्ष हुदै अध्यक्षको जिम्मेवारी सम्हालेका छन् । नेपाल विद्यार्थी संघको नेतृत्व हस्तान्रण गर्ने प्रकृयाका लागी पार्टी नेतृत्वसँग छलफल गरेर अगाडी बढ्ने तयारी भएको पनि ढुङगानाले बताए । आफनो प्रवेशले विद्यार्थी र युवा बर्गमा नया सन्देश जाने विश्वास पनि ढुङगानाको छ । नेपाल विद्यार्थी संघमा सरल, सहज र इमान्दार नेताका रुपमा आफनो पहिचान बनाएका ढुङगाना उनको गृह जिल्ला सुनसरीमा पनि त्यतीकै लोकप्रिय नेता हुन् ।

200 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

२०८३ आश्विन २ गते, शुक्रबार

पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसहित ‘पार्टी बस नेपाल’ पुन सुरू, काराभान र क्याम्पर भ्यान पनि थपिने

२०८३ आश्विन २ गते, शुक्रबार

१५ किलोमा पहिरो, यातायात एकतर्फी

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

तामाङ कथानक चलचित्र ‘ङाला सेम्जो’ को दुई दिने विशेष प्रदर्शन सम्पन्न

२०८३ भाद्र ३१ गते, बुधबार

ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठको दक्षिण कोरियाको भ्रमण रद्ध

२०८३ भाद्र ३१ गते, बुधबार

प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आव्हान

२०८३ भाद्र ३१ गते, बुधबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal