झापा कांग्रेसको जिल्ला सदस्य बन्छु भन्ने बिमला मिश्र को हुन् ?

२०७८ मंसिर १० गते, शुक्रबार

झापा । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत आज झापाको पनि महाधिवेशन हुँदैछ । महाधिवेशनमा दमक नगरपालिकाको तर्फबाट एकजना महिला सदस्य चयन हुनेमा बिमला मिश्रले उम्मेदवारी दिएकी छिन् ।
महाधिवेशनमा देखिएका दुइवटा समूहमध्ये अर्को समूहबाट पनि उम्मेदवार बनेकी छिन् । बिमलाले आफ्नो राजनीतिक इतिहास लामो भएको र पार्टीको लागि धेरै काम गरेको दाबी गरेकी छिन् । ‘मैले अहिलेसम्म सामान्य कार्यकर्ता भएर काम गरेकी छु तर अरु कसैको भन्दा कम भूमिका खेलेको छैन पार्टीको लागि’ उनले भनिन् ‘अब जिल्ला सदस्यको जिम्मेवारी पाएँ भने मलाई पार्टीको काम गर्न झनै सजिलो हुन्छ ।’ उनले सबैको समर्थन पाउने विश्वास गरेकी छिन् । वडा समितिमा बसेर गरेको कामको पनि सबैले उच्च प्रशंसा गरेको उनको भनाई छ । झण्डै २५ वर्ष अघिबाट पार्टीको राजनीतिमा सक्रिय रहेकी उनले सामाजिक काममा पनि आफ्नो उपस्थिति जनाएकी छिन् ।
पारिवारिक पृष्ठभूमि नै कांग्रेस भएकाले पनि राजनीतिमा लाग्न सजिलो भएको थियो । उनी देउमान थेवेको समूहबाट उम्मेदवार बनेकी हुन् । थेवेसँगै राम कट्टेलले सभापतिमा प्रतिष्पर्धा गर्दैछन् ।

207 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै

२०८३ जेष्ठ २२ गते, शुक्रबार

थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै

२०८३ जेष्ठ २२ गते, शुक्रबार

हाउसफूल हुँदै ‘रोल नं १’

२०८३ जेष्ठ २१ गते, बिहीबार

यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार

२०८३ जेष्ठ २१ गते, बिहीबार

विद्यालयका कर्मचारीहरूद्वारा आन्दोलनको घोषणा

२०८३ जेष्ठ २१ गते, बिहीबार

एसियन गेम्स क्वालिफायरः मलेसियाविरुद्ध नेपालको सहज जित

२०८३ जेष्ठ २१ गते, बिहीबार

टिकटकर तुलसा अधिकारी पुर्पक्षका लागि जेल चलान

२०८३ जेष्ठ २१ गते, बिहीबार

आफूहरू बाध्य भएर पार्टी छाड्ने निर्णयमा पुग्यौंः डा. राणा

२०८३ जेष्ठ २१ गते, बिहीबार

अन्ततः राप्रपामा फुट्यो, महामन्त्री डा. धवलशम्शेर राणासहित १८३ नेताद्वारा सामूहिक राजीनामा

२०८३ जेष्ठ २१ गते, बिहीबार

हिन्दुधर्म विश्वको पुरानो धर्म

२०८३ जेष्ठ २० गते, बुधबार

पुष्प वर्षासहित भाजपा मुख्यालयमा रविको भव्य स्वागत

२०८३ जेष्ठ १९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal