अष्ट्रेलियाले जित्यो टी–२० विश्वकपको उपाधि

२०७८ कार्तिक २९ गते, सोमबार

काठमाडौँ । मिचेल मार्स र डेविड वार्नरको आक्रामक ब्याटिङ प्रेरित अस्ट्रेलियाले न्युजिल्यान्डलाई आठ विकेटले पराजित गर्दै पहिलो पटक टी–२० विश्वकपको उपाधि उचालेको छ ।
दुबईमा आइतबार सम्पन्न फाइनलमा मार्स र वार्नरले अर्धसतकीय इनिङ खेलेपछि न्युजिल्यान्डले दिएको १७३ रनको लक्ष्य सात बलअघि नै पूरा गर्दै अस्ट्रेलिया पहिलो पटक टी(२० विश्वकपको उपाधि उचाल्न सफल भएको हो ।
टी–२० विश्वकपको सातौँ संस्करण सम्पन्न हुँदा वेस्ट इन्डिजले दुई पटक उपाधि जितेको छ भने यसअघि भारत, इङल्यान्ड, पाकिस्तान र श्रीलङ्काले १–१ पटक उपाधि जितेका थिए ।
एक दिवसीय विश्वकपमा पाँच पटक च्याम्पियन भइसकेको अष्ट्रेलियाले यसअघि २० ओभरको विश्वकपमा भने बाजी मार्न सकेको थिएन ।
तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका मार्सले दोस्रो विकेटका लागि वार्नरसँग ९२ बलको साझेदारी गरे । वार्नरले ५३ रन बनाएर भने मार्सले अविजित ७७ रन बनाए ।
यसअघि कप्तान केन विलियम्सनले कप्तानी इनिङ खेल्ने क्रममा ८५ रनको अर्धसतकीय इनिङ खेलेपछि टस हारेर पहिला ब्याटिङ गरेको न्युजिल्यान्डले चार विकेट गुमाएर १७२ रनको योगफल बनाएको थियो । अस्ट्रेलियाका लागि हेजलउडले चार ओभरमा १६ रन खर्चिँदै तीन विकेट लिए ।

119 Views

ताजा

छविलाल जोशीलाई पनि धरौटीमा छोड्न आदेश

२०८१ पुष २५ गते, बिहीबार

छविलाल जोशीलाई पनि धरौटीमा छोड्न आदेश

२०८१ पुष २५ गते, बिहीबार

रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश

२०८१ पुष २५ गते, बिहीबार

एकाविहानै चीन केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भूकम्प

२०८१ पुष २३ गते, मंगलवार

राष्ट्रिय ख्रीष्टियन आयोग गठन गर्न माग गर्दै शान्तिपूर्ण धर्ना

२०८१ पुष २२ गते, सोमबार

गोविन्द प्रसाद दुलालका दुई पुस्तक प्रधानमन्त्री ओलीद्वारा लोकार्पण

२०८१ पुष २२ गते, सोमबार

अमेरिकाको ७ राज्यमा संकटकाल

२०८१ पुष २२ गते, सोमबार

टोखाबजारमा चाकु बनाउन भ्याइनभ्याइ

२०८१ पुष २२ गते, सोमबार

नेपाल क्लाइम्बिङ वागमती प्रदेशमा कल्पना

२०८१ पुष २२ गते, सोमबार

अस्मिता र सुमनले ल्याए ‘सौभाग्य मेरो जीवनको’ (भिडिओ)

२०८१ पुष २२ गते, सोमबार

एक जोर जुत्ता’ को कथामा लघुचलचित्र निर्माण

२०८१ पुष २२ गते, सोमबार

लोकप्रिय

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

२०८० भाद्र १ गते, शुक्रबार

काठमाडौं महानगरपालिकाद्वारा खुल्ला दूध बेचबिखन, पानीपुरी, चटपटेमा रोक लगाउने तयारी

२०८० श्रावण २८ गते, आईतवार

राजकुमारको कृषि कथाः कर्म गर, सफलता पछिपछि आउँछ

२०८० असार २४ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal