यसरी ढल्यो बर्लिनको पर्खाल

२०७८ कार्तिक २५ गते, बिहीबार

बर्लिन । सोभियत संघको अधीनमा रहेको पूर्वी जर्मनीबाट अमेरिकी सम्राज्यवादको प्रभाव रहेको पश्चिम जर्मनीमा मानिसहरुलाई जानबाट रोक्न बनाइएको बर्लिन पर्खाल ढलेको मंगलबार ३२ वर्ष पूरा भएको छ ।
सन् १९६१ मा निर्मित पर्खाल १९८९ मा भत्काउन थालिएको थियो । १५५ किलोमिटर लामो पर्खाल भत्किएको एक वर्षपछि जर्मनीको एकीकरण भएको थियो । पर्खालको तीन किलोमिटर अंश अझै बाँकी छ ।
दोस्रो विश्वयुद्धको अन्त्यपछि विश्व परस्पर दुई धारमा बिभाजित थियो । अमेरिकी नेतृत्वको पूँजीवादी र तत्कालिन सोभियत संघले नेतृत्व गरेको साम्यवादी धार ।
सोभियत संघको अधीनमा रहेकोे पूर्वी भाग सन् १९४९ मा जनवादी गणतन्त्र जर्मनी घोषणा भएको थियो । छुट्टै मुलुक बने पनि प्रशासन, सेना र गुप्तचरका गतिविधि सोभियत संघकै इसारामा चल्थे ।
तर, विकासका दृष्टिले पश्चिम जर्मनीभन्दा पूर्वी जर्मनी धेरै पछाडि थियो । त्यसपछि पूर्वी जर्मनीबाट पश्चिमतर्फ बसाई सर्नेको होड चलेको थियो । पर्खाल बनाउनुअघि ३० लाख मानिस पूर्वबाट पश्चिम जर्मनी पुगेको अनुमान छ ।
पश्चिमी जर्मनीको विकासबाट अत्तालिएको पूर्वी जर्मनीले सन् १९६१ बाट सीमा पूर्ण रुपमा बन्द गरी बर्लिनमा पर्खाल लगाउन थालेको थियो । सन् १९६५ देखि १९७५ को बीचमा दुई सहरलाई छुट्टाउन विशाल पर्खाल लगाइयो । १५५ किलोमिटर लामो सो पर्खालको उचाई साढे तीन मिटर थियो ।
पर्खाल लगाएपछि पूर्वबाट पश्चिम सहरमा जान केही कमी भयो । सन् १९८९ सम्म करिव पाँच हजार जनाले पर्खाल नाघ्ने कोसिस गरेका थिए । नाघ्ने क्रममा २०० जनाको मृत्यु भएको थियो ।
पर्खालको चौतर्फी बिरोध भयो । पूर्वी जर्मनीका नागरिकहरुले बिद्रोह गरे । सन् १९८९ को नोभेम्बरमा पूर्वी जर्मनका शासकले पर्खाल भत्काउन बाध्य भएका थिए ।
पर्खाल भत्काउन मात्रै तीन वर्ष लागेको थियो । सन् १९९२ मा पर्खाल पूर्ण रुपमा भत्काइएको थियो । पर्खाल भत्काएको एक वर्षपछि पूर्वी र पश्चिमी जर्मनीको एकीकरण भएर हालको जर्मनी भएको थियो । एजेन्सी

227 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

तामाङ कथानक चलचित्र ‘ङाला सेम्जो’ को दुई दिने विशेष प्रदर्शन सम्पन्न

२०८३ भाद्र ३१ गते, बुधबार

ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठको दक्षिण कोरियाको भ्रमण रद्ध

२०८३ भाद्र ३१ गते, बुधबार

प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आव्हान

२०८३ भाद्र ३१ गते, बुधबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal