यसरी ढल्यो बर्लिनको पर्खाल

२०७८ कार्तिक २५ गते, बिहीबार

बर्लिन । सोभियत संघको अधीनमा रहेको पूर्वी जर्मनीबाट अमेरिकी सम्राज्यवादको प्रभाव रहेको पश्चिम जर्मनीमा मानिसहरुलाई जानबाट रोक्न बनाइएको बर्लिन पर्खाल ढलेको मंगलबार ३२ वर्ष पूरा भएको छ ।
सन् १९६१ मा निर्मित पर्खाल १९८९ मा भत्काउन थालिएको थियो । १५५ किलोमिटर लामो पर्खाल भत्किएको एक वर्षपछि जर्मनीको एकीकरण भएको थियो । पर्खालको तीन किलोमिटर अंश अझै बाँकी छ ।
दोस्रो विश्वयुद्धको अन्त्यपछि विश्व परस्पर दुई धारमा बिभाजित थियो । अमेरिकी नेतृत्वको पूँजीवादी र तत्कालिन सोभियत संघले नेतृत्व गरेको साम्यवादी धार ।
सोभियत संघको अधीनमा रहेकोे पूर्वी भाग सन् १९४९ मा जनवादी गणतन्त्र जर्मनी घोषणा भएको थियो । छुट्टै मुलुक बने पनि प्रशासन, सेना र गुप्तचरका गतिविधि सोभियत संघकै इसारामा चल्थे ।
तर, विकासका दृष्टिले पश्चिम जर्मनीभन्दा पूर्वी जर्मनी धेरै पछाडि थियो । त्यसपछि पूर्वी जर्मनीबाट पश्चिमतर्फ बसाई सर्नेको होड चलेको थियो । पर्खाल बनाउनुअघि ३० लाख मानिस पूर्वबाट पश्चिम जर्मनी पुगेको अनुमान छ ।
पश्चिमी जर्मनीको विकासबाट अत्तालिएको पूर्वी जर्मनीले सन् १९६१ बाट सीमा पूर्ण रुपमा बन्द गरी बर्लिनमा पर्खाल लगाउन थालेको थियो । सन् १९६५ देखि १९७५ को बीचमा दुई सहरलाई छुट्टाउन विशाल पर्खाल लगाइयो । १५५ किलोमिटर लामो सो पर्खालको उचाई साढे तीन मिटर थियो ।
पर्खाल लगाएपछि पूर्वबाट पश्चिम सहरमा जान केही कमी भयो । सन् १९८९ सम्म करिव पाँच हजार जनाले पर्खाल नाघ्ने कोसिस गरेका थिए । नाघ्ने क्रममा २०० जनाको मृत्यु भएको थियो ।
पर्खालको चौतर्फी बिरोध भयो । पूर्वी जर्मनीका नागरिकहरुले बिद्रोह गरे । सन् १९८९ को नोभेम्बरमा पूर्वी जर्मनका शासकले पर्खाल भत्काउन बाध्य भएका थिए ।
पर्खाल भत्काउन मात्रै तीन वर्ष लागेको थियो । सन् १९९२ मा पर्खाल पूर्ण रुपमा भत्काइएको थियो । पर्खाल भत्काएको एक वर्षपछि पूर्वी र पश्चिमी जर्मनीको एकीकरण भएर हालको जर्मनी भएको थियो । एजेन्सी

104 Views

ताजा

छविलाल जोशीलाई पनि धरौटीमा छोड्न आदेश

२०८१ पुष २५ गते, बिहीबार

छविलाल जोशीलाई पनि धरौटीमा छोड्न आदेश

२०८१ पुष २५ गते, बिहीबार

रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश

२०८१ पुष २५ गते, बिहीबार

एकाविहानै चीन केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भूकम्प

२०८१ पुष २३ गते, मंगलवार

राष्ट्रिय ख्रीष्टियन आयोग गठन गर्न माग गर्दै शान्तिपूर्ण धर्ना

२०८१ पुष २२ गते, सोमबार

गोविन्द प्रसाद दुलालका दुई पुस्तक प्रधानमन्त्री ओलीद्वारा लोकार्पण

२०८१ पुष २२ गते, सोमबार

अमेरिकाको ७ राज्यमा संकटकाल

२०८१ पुष २२ गते, सोमबार

टोखाबजारमा चाकु बनाउन भ्याइनभ्याइ

२०८१ पुष २२ गते, सोमबार

नेपाल क्लाइम्बिङ वागमती प्रदेशमा कल्पना

२०८१ पुष २२ गते, सोमबार

अस्मिता र सुमनले ल्याए ‘सौभाग्य मेरो जीवनको’ (भिडिओ)

२०८१ पुष २२ गते, सोमबार

एक जोर जुत्ता’ को कथामा लघुचलचित्र निर्माण

२०८१ पुष २२ गते, सोमबार

लोकप्रिय

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

२०८० भाद्र १ गते, शुक्रबार

काठमाडौं महानगरपालिकाद्वारा खुल्ला दूध बेचबिखन, पानीपुरी, चटपटेमा रोक लगाउने तयारी

२०८० श्रावण २८ गते, आईतवार

राजकुमारको कृषि कथाः कर्म गर, सफलता पछिपछि आउँछ

२०८० असार २४ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal