नेम्वाङ भन्छन्– यो दूषित गठबन्धनको सरकार

२०७८ कार्तिक २४ गते, बुधबार

पाँचथर । नेकपा (एमाले) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले वर्तमान सरकार दूषित गठबन्धनबाट बनेको बताउनु भएको छ ।
प्रतिनिधिसभा विघटनको अघिल्लो सरकारको निर्णय उल्ट्याई परमादेशबाट प्रधानमन्त्री तोक्ने अदालतको फैसला र प्रधानन्यायाधीशका मानिस मन्त्री बनाउने विषयमा सरकार र गठबन्धन नाङ्गिएको बताउँदै एमाले स्थायी कमिटी सदस्य नेम्वाङले कुनै पनि प्रश्न थेग्न नसक्ने भएकाले वर्तमान सरकार दूषित र टिप्पणी गर्न लायक नरहेको बताउनुभयो ।
नेकपा (एमाले) फिदिम नगरपालिका कमिटीको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै नेम्वाङले संसारमा कहीँ नभएको फैसलाले एमाले सरकारबाट बाहिरिनु परेको बताउनुभयो । केपी ओली सरकारमा जाने सबै बाटोहरू बन्द गरेर अदालतले नयाँ सरकार गठन गरेको छ, नेम्वाङले भन्नुभयो , विश्वास मत लेउ भन्ने आँट नगरेर अदालतले मन्त्रिपरिषद्मा भाग खोज्यो ।
सर्वोच्च अदालतले न्यायिक मन राखेमा एमालेले अदालतसमक्ष गरेका दाबी पुष्टि हुने बताउँदै नेम्वाङले दलले कारबाही गरेका सांसदबाट नयाँ पार्टी गठनलाई मान्यता दिने कदम लोकतान्त्रिक हुन नसक्ने बताउनुभयो । नेम्वाङ एमालेबाट विभाजन भई बनेको नेकपा (एकीकृत समाजवादी) अवैधानिक भएको बताउँदै उक्त दललाई एमालेले दलको मान्यता दिन नसक्ने बताउनुभयो ।

251 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal