नेम्वाङ भन्छन्– यो दूषित गठबन्धनको सरकार

२०७८ कार्तिक २४ गते, बुधबार

पाँचथर । नेकपा (एमाले) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले वर्तमान सरकार दूषित गठबन्धनबाट बनेको बताउनु भएको छ ।
प्रतिनिधिसभा विघटनको अघिल्लो सरकारको निर्णय उल्ट्याई परमादेशबाट प्रधानमन्त्री तोक्ने अदालतको फैसला र प्रधानन्यायाधीशका मानिस मन्त्री बनाउने विषयमा सरकार र गठबन्धन नाङ्गिएको बताउँदै एमाले स्थायी कमिटी सदस्य नेम्वाङले कुनै पनि प्रश्न थेग्न नसक्ने भएकाले वर्तमान सरकार दूषित र टिप्पणी गर्न लायक नरहेको बताउनुभयो ।
नेकपा (एमाले) फिदिम नगरपालिका कमिटीको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै नेम्वाङले संसारमा कहीँ नभएको फैसलाले एमाले सरकारबाट बाहिरिनु परेको बताउनुभयो । केपी ओली सरकारमा जाने सबै बाटोहरू बन्द गरेर अदालतले नयाँ सरकार गठन गरेको छ, नेम्वाङले भन्नुभयो , विश्वास मत लेउ भन्ने आँट नगरेर अदालतले मन्त्रिपरिषद्मा भाग खोज्यो ।
सर्वोच्च अदालतले न्यायिक मन राखेमा एमालेले अदालतसमक्ष गरेका दाबी पुष्टि हुने बताउँदै नेम्वाङले दलले कारबाही गरेका सांसदबाट नयाँ पार्टी गठनलाई मान्यता दिने कदम लोकतान्त्रिक हुन नसक्ने बताउनुभयो । नेम्वाङ एमालेबाट विभाजन भई बनेको नेकपा (एकीकृत समाजवादी) अवैधानिक भएको बताउँदै उक्त दललाई एमालेले दलको मान्यता दिन नसक्ने बताउनुभयो ।

124 Views

ताजा

बिक्न छाडे ठेकी र मदानी

२०८१ माघ ८ गते, मंगलवार

बिक्न छाडे ठेकी र मदानी

२०८१ माघ ८ गते, मंगलवार

ताइवानमा शक्तिशाली भूकम्प

२०८१ माघ ८ गते, मंगलवार

राष्ट्रपति पौडेलले दिए अमेरिकी राष्ट्रपति ट्रम्पलाई बधाई

२०८१ माघ ८ गते, मंगलवार

चैत ५ गते स्ववियु निर्वाचन

२०८१ माघ ८ गते, मंगलवार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिए दोस्रो कार्यकालको लागि शपथ

२०८१ माघ ८ गते, मंगलवार

सासद ढकाल अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको सपथ ग्रहणमा सहभागि हुने

२०८१ माघ ५ गते, शनिबार

साँघुरो ठाउँमा प्रत्यारोपण केन्द्रको सेवा

२०८१ माघ ४ गते, शुक्रबार

३५ स्थायी शिक्षकले बुझाए सामूहिक राजीनामा

२०८१ माघ ४ गते, शुक्रबार

माधव नेपाल एमालेमा सधैंका लागि “आउट”: शंकर पोखरेल

२०८१ माघ ४ गते, शुक्रबार

जीबी राईको राहदानी रद्द गर्न आदेश

२०८१ माघ ४ गते, शुक्रबार

लोकप्रिय

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

२०८० भाद्र १ गते, शुक्रबार

काठमाडौं महानगरपालिकाद्वारा खुल्ला दूध बेचबिखन, पानीपुरी, चटपटेमा रोक लगाउने तयारी

२०८० श्रावण २८ गते, आईतवार

राजकुमारको कृषि कथाः कर्म गर, सफलता पछिपछि आउँछ

२०८० असार २४ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal