निर्देशक महेश माञ्जरेकर क्यान्सरमुक्त

२०७८ कार्तिक ९ गते, मंगलवार

काठमाडौं । बलिउड निर्देशक तथा अभिनेता महेश माञ्जरेकर क्यान्सरमुक्त भएका छन् । ६३ वर्षीय महेशले आफू निर्देशित नयाँ फिल्म ‘अन्तिम–दि फाइनल ट्रुथ’ को टे«लर सार्वजनिक कार्यक्रममा आफूले क्यान्सरलाई जितेको बताएका हुन् ।
उनले सुटिङका क्रममा क्यान्सर लागेको थाहा पाएको र त्यसपछि उपचार सुरु गरेको बताएका छन् । ‘सुटिङ चलिरहेको थियो । एकदिन मलाई निकै असहज महसुस भयो । त्यो पीडा निरन्तर चल्यो । चेकअप गराउँदा क्यान्सर देखियो,’ उनी भन्छन्, ‘आफूलाई क्यान्सर लागेको थाह पाएर म आत्तिनँ । मैले त्यसलाई स्वीकार गरेँ र उपचारमा लागें । किमोथेरापी लिँदै फिल्म निर्देशन गरें ।’ उनलाई मुत्राशयको क्यान्सर भएको थियो ।
दुई महिनाअघि गरेको सर्जरीले आफूलाई पूर्णरूपले क्यान्सरमुक्त बनाएको उनले बताएका छन् । क्यान्सरले आफ्नो ३५ किलो तौल घटेको उनले सुनाए ।
सन् १९९२ मा प्रदर्शन भएको मराठी फिल्म ‘जीवा सखा’ बाट अभिनय यात्रा सुरु गरेका महेशले त्यसपछि मराठीका साथै ‘प्लान’, ‘जिन्दा’, ‘मुसाफिर’, ‘काँटे’, ‘दस कहानीयाँ’, ‘वान्टेड’, ‘रेडी’, ‘दबंग’, ‘मुम्बई सागा’ लगायतका थुप्रै फिल्ममा अभिनय गरेका छन् । त्यसैगरी, उनले ‘आइ’, ‘निदान’, ‘वास्तव’, ‘विरुद्ध’ लगायतका फिल्म निर्देशन गरेका छन् । उनको ‘अन्तिम’ फिल्म नोभेम्बर २६ मा प्रदर्शन हुँदैछ । सो फिल्ममा सलमान खान, वरुण धवन, आयुष शर्मा, प्रज्ञा जैसवाललगायतका कलाकारले अभिनय गरेका छन् । (एजेन्सी)

238 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक

२०८३ श्रावण २२ गते, शुक्रबार

माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा

२०८३ श्रावण २१ गते, बिहीबार

नेपालगञ्जमा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

२०८३ श्रावण २० गते, बुधबार

‘ईयुमा डट कम’ले बुधबारदेखि आफ्नो औपचारिक सेवा सञ्चालनमा

२०८३ श्रावण २० गते, बुधबार

हलमा छैन ‘गौँथली’को टिकट

२०८३ श्रावण १९ गते, मंगलवार

‘आइतबारको अफिस’ को परिचर्चा सम्पन्न

२०८३ श्रावण १९ गते, मंगलवार

अर्जुन चन्द्रको ‘संवेदनाका प्रतिध्वनि’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ श्रावण १९ गते, मंगलवार

‘दुर्गा’ निर्माण गर्दै सम्राट

२०८३ श्रावण १८ गते, सोमबार

चलचित्र ‘माया भनेकै यस्तो होला’को शीर्ष गीत सार्वजनिक

२०८३ श्रावण १८ गते, सोमबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal