निर्देशक महेश माञ्जरेकर क्यान्सरमुक्त

२०७८ कार्तिक ९ गते, मंगलवार

काठमाडौं । बलिउड निर्देशक तथा अभिनेता महेश माञ्जरेकर क्यान्सरमुक्त भएका छन् । ६३ वर्षीय महेशले आफू निर्देशित नयाँ फिल्म ‘अन्तिम–दि फाइनल ट्रुथ’ को टे«लर सार्वजनिक कार्यक्रममा आफूले क्यान्सरलाई जितेको बताएका हुन् ।
उनले सुटिङका क्रममा क्यान्सर लागेको थाहा पाएको र त्यसपछि उपचार सुरु गरेको बताएका छन् । ‘सुटिङ चलिरहेको थियो । एकदिन मलाई निकै असहज महसुस भयो । त्यो पीडा निरन्तर चल्यो । चेकअप गराउँदा क्यान्सर देखियो,’ उनी भन्छन्, ‘आफूलाई क्यान्सर लागेको थाह पाएर म आत्तिनँ । मैले त्यसलाई स्वीकार गरेँ र उपचारमा लागें । किमोथेरापी लिँदै फिल्म निर्देशन गरें ।’ उनलाई मुत्राशयको क्यान्सर भएको थियो ।
दुई महिनाअघि गरेको सर्जरीले आफूलाई पूर्णरूपले क्यान्सरमुक्त बनाएको उनले बताएका छन् । क्यान्सरले आफ्नो ३५ किलो तौल घटेको उनले सुनाए ।
सन् १९९२ मा प्रदर्शन भएको मराठी फिल्म ‘जीवा सखा’ बाट अभिनय यात्रा सुरु गरेका महेशले त्यसपछि मराठीका साथै ‘प्लान’, ‘जिन्दा’, ‘मुसाफिर’, ‘काँटे’, ‘दस कहानीयाँ’, ‘वान्टेड’, ‘रेडी’, ‘दबंग’, ‘मुम्बई सागा’ लगायतका थुप्रै फिल्ममा अभिनय गरेका छन् । त्यसैगरी, उनले ‘आइ’, ‘निदान’, ‘वास्तव’, ‘विरुद्ध’ लगायतका फिल्म निर्देशन गरेका छन् । उनको ‘अन्तिम’ फिल्म नोभेम्बर २६ मा प्रदर्शन हुँदैछ । सो फिल्ममा सलमान खान, वरुण धवन, आयुष शर्मा, प्रज्ञा जैसवाललगायतका कलाकारले अभिनय गरेका छन् । (एजेन्सी)

129 Views

ताजा

सत्ता समिकरण फेरबदल नहुने देउवाको प्रतिक्रिया

२०८२ बैशाख १२ गते, शुक्रबार

सत्ता समिकरण फेरबदल नहुने देउवाको प्रतिक्रिया

२०८२ बैशाख १२ गते, शुक्रबार

सरकार परिवर्तनको न्यूज हेरेर हामी आँफै छक्क पर्यौंः आरजु राणा

२०८२ बैशाख १२ गते, शुक्रबार

वर्तमान सरकारले देश र जनताको हित हुने काम गरेको छ : महासचिव पोखरेल

२०८२ बैशाख १२ गते, शुक्रबार

‘हेल्लो काँशीराम’को गीत ‘झ्यामकी मादल झ्याम’ सार्वजनिक

२०८२ बैशाख १२ गते, शुक्रबार

व्यवहार परिवर्तनका लागि महिलाहरुलाई ‘हेफर आधारशिला’ तालिम

२०८२ बैशाख १२ गते, शुक्रबार

‘के गरौं भन तिम्रो हुनलाई’ मा गरिमा र रञ्जनको रोमान्टिक अवतार (भिडियो)

२०८२ बैशाख १२ गते, शुक्रबार

एमालेको भोलिको युथ सेलिब्रेशनलक्षित प्रभु साहको टिप्पणीः ‘लाशमाथि हत्याराको उत्सव’

२०८२ बैशाख १० गते, बुधबार

वाईसीएल नेपालको तेस्रो राष्ट्रिय सम्मेलन जेठ १७ देखि १९ गतेसम्म हुने

२०८२ बैशाख १० गते, बुधबार

सरकारलाई एक दिन पनि सत्तामा रहने नैतिक अधिकार छैन

२०८२ बैशाख १० गते, बुधबार

“च्यारिटी रनवे २०२५ भोल्युम २” भव्य रूपमा सम्पन्नः अदृश्य प्रतिभाले पाए मञ्च

२०८२ बैशाख १० गते, बुधबार

लोकप्रिय

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

२०८० भाद्र १ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal