आज कोरोना संक्रमणबाट ११ को मृत्यु
२०७८ कार्तिक ९ गते, मंगलवार
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ६६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट १२ हजार २० जनामा परिक्षण गर्दा ६६६ जनामा कोरोना संक्रमण देखिएको हो । यस्तै, आज थप ६२२ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।
हाल देशभर सक्रिय संक्रमितको संख्या १० हजार २९६ जना रहेको छ । पछिल्लो २४ घण्टामा संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार ३७२ पुगेको छ ।
99 Views