मध्यपुर थिमि सहकारीमा कृष्ण काजी मानन्धरको नयाँ नेतृत्व
भक्तपुर । मध्यपुर थिमि बचत तथा ऋण सहकारी संस्थामा कृष्ण काजी मानन्धर नेतृत्वको ७ सदस्यीय नयाँ सञ्चालक समिति छनोट गरिएको छ । शनिबार सम्पन्न भएको संस्थाको १४ औं वार्षिक साधारणसभामार्फत उपाध्यक्ष सञ्जयकुमार श्रेष्ठ, सचिव अनिल श्रेष्ठ, कोषाध्यक्ष प्रेमसुन्दर श्रेष्ठ निर्विरोध भएका हुन् । त्यस्तै सदस्यहरूमा क्रमशः डा। उज्ज्वल जोशी, रमेश थुसा श्रेष्ठ र तुलसीराम श्रेष्ठ छानिएका छन् ।
तीन सदस्यीय लेखा सुपरिवेक्षण समितिमा संयोजक सुन्दर श्रेष्ठ र सदस्यहरूमा राजकुमार नापित तथा कृष्णसुन्दर प्रजापति छानिएका छन् । संस्थाको विनियम बमोजिम ऋण उपसमिति र शिक्षा उपसमितिमा समेत निर्वाचन गरिएको थियो । ऋण उपसमितिमा संयोजक प्रेमसुन्दर श्रेष्ठ, सदस्य तुलसीराम श्रेष्ठ र सुरेश बज्राचार्य निर्वाचित भएका छन् । त्यस्तै शिक्षा उपसमितिमा संयोजक डा। उज्ज्वल जोशी र सदस्यहरूमा क्रमशः नरेन्द्र श्रेष्ठ र कृष्ण सुन्दर प्रजापति छानिएका छन् ।
संस्थाले आर्थिक वर्ष २०७७र०७८ को वार्षिक साधारणसभाको उद्घाटन सत्र गत हप्ता अर्थात असोज १६ गते शनिबारै सम्पन्न गरेको थियो ।
नियामक निकायले निर्देश गरेबमोजिम यो वर्ष सीमित सदस्यहरूको उपस्थितिमा कार्यक्रम गर्नुपर्ने बाध्यतालाई मध्यनगर गरि सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति, विभिन्न उपसमिति तथा व्यवस्थापन समितिका महानुभावहरूको भौतिक उपस्थिति र अन्य सदस्यहरूको अनलाइन उपस्थितिमा कार्यक्रम सम्पन्न गरेको हो । संस्थाको सभाहलमा जुम सफ्टवेयर मार्फत सम्पन्न भएको कार्यक्रमको प्रत्यक्ष प्रशारण संस्थाको फेसबुक पेजमार्फत गरेको थियो ।
संस्थामा एक हजार ३ सय २८ जना सेयर सदस्यहरू छन् जसमा महिला ५१२ र पुरूषहरूको संख्या ८१६ हो । सहकारी संस्थाको चालू आ।व।मा जम्मा दायित्व १५ करोड ७१ लाख ९१ हजार ९९३ रूपियाँ पुगेको छ ।
यसअघि, साधारणसभाको एक हप्ते कार्यक्रमहरू बारे सुचना प्रसार गर्न प्रत्येक सदस्यहरूको घरघरमै पुगेर वार्षिक साधारणसभा सम्बन्धिको आमन्त्रण पत्र पठाइएको थियो । सोही सुचना संस्थाको सुचना पाटी, विभिन्न पत्रपत्रिका, टोलटोलमा टाँगिएको टुल, संस्थाको सामाजिक सञ्जालको पेजमा पोस्ट गरिएको छ ।
ताजा
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





