अब सेन्सरविना फिल्म प्रसारण गर्न नपाइने
काठमाडौँ । कोरोना भाइरसका ओटीटीमा दर्शक बढेका छन् । सामाजिक तथा भौतिक दूरी कायम गर्नुपर्ने भएकाले पनि अधिकांश मानिस घरमै थिए । यसले गर्दा पनि डिजिटल प्लेटफर्ममा दर्शक मात्र बढेनन्, त्यहाँ रहेका कन्टेन्टको लोकप्रियता पनि बढ्यो ।
स्याक्रेड गेम्स, मिर्जापुर, असुर, अभय, स्पेसल ओप्स, द फ्यामिली म्यान, समान्तरलगायतका सिरिजले दर्शकको राम्रो माया पाए । यति मात्र होइन ओटीटीमै फिल्म रिलिज गर्ने वा यसकै लागि निर्माण गर्ने पनि बढे ।
सलमान खानले राधे, हलिउड फिल्म मुलान र वन्डर वुमन ओटीटीमा आएपछि यसको आकर्षण बढ्दो छ । मार्भल स्टुडियोले पछिल्लो समय हलसँगै ओटीटी डिज्ने प्लस हटस्टारमा फिल्म रिलिज गर्ने गरेको छ ।
विस्तारै लोकप्रिय भइरहेको ओटीटी प्लेटफर्ममा अब सरकारको कडाइ भने बढ्दो छ । अब ओटीटी प्लेटफर्ममा प्रसारण हुने फिल्मले जाँचपास (सेन्सर) गर्नुपर्ने भएको छ । सरकारले कुनै पनि फिल्म तथा विज्ञापन चलचित्र जाँचपास समितिबाट जाँचपास (सेन्सर) गराएर मात्र प्रसारण गर्न निर्देशन दिएको हो । शुक्रबार एक सूचना जारी गर्दै सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयले कुनै पनि फिल्म तथा विज्ञापन जाँचपासविना प्रसारण नगर्न निर्देशन दिएको हो ।
ुयस ऐनअन्तर्गतको नियम उल्लघंन गर्ने व्यक्तिलाई प्रमुख जिल्ला अधिकारीले पाँच हजार रुपैयाँसम्म जरिवाना गरी इजाजतपत्र खारेज गर्न सक्ने र निर्माण, प्रदर्शन तथा वितरण गर्दा प्रयोग गरिएका उपकरणहरू जफत गर्न सक्नेसमेत व्यवस्था रहेको छ,ु सूचनामा भनिएको छ ।
विभिन्न प्रसारण संस्था वा विद्युतीय सञ्चारमाध्यम वा अन्य माध्यमबाट कतिपय चलचित्र तथा विज्ञापन जाँचपास नगराई प्रदर्शन गर्ने गरेको गुनासो आएको मन्त्रालयले जनाएको छ ।
चलचित्र निर्माण, प्रदर्शन तथा वितरण ऐन, २०२६ को दफा ८ मा कुनै पनि फिल्मको प्रदर्शन गर्नुपूर्व चलचित्र जाँच समितिबाट अनुमति लिनुपर्ने व्यवस्था छ ।नियमावलीमा प्रदर्शकले चलचित्र जाँच समितिबाट अनुमति पाएका फिल्म मात्र प्रदर्शन गर्नु पर्ने व्यवस्था छ । विज्ञापन तथा फिल्म जाँच गराउनुपर्ने स्पष्ट कानुनी व्यवस्था भएकाले जाँचपासविना कुनै पनि फिल्म तथा विज्ञापन प्रसारण नगर्न मन्त्रालयले सूचना जारी गरेको हो ।
ताजा
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
कोशी ब्यारेजका २७ ढोका खुल्ला
२०८३ भाद्र २२ गते, सोमबार
बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक
२०८३ भाद्र २२ गते, सोमबार
भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला
२०८३ भाद्र २२ गते, सोमबार
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार
२०८३ भाद्र १९ गते, शुक्रबारविपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री
२०८३ भाद्र १९ गते, शुक्रबार
उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै
२०८३ भाद्र १९ गते, शुक्रबार
राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी
२०८३ भाद्र १९ गते, शुक्रबार
बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन
२०८३ भाद्र १९ गते, शुक्रबार
आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै
२०८३ भाद्र १९ गते, शुक्रबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





