अब सेन्सरविना फिल्म प्रसारण गर्न नपाइने

२०७८ आश्विन २४ गते, आईतवार

काठमाडौँ । कोरोना भाइरसका ओटीटीमा दर्शक बढेका छन् । सामाजिक तथा भौतिक दूरी कायम गर्नुपर्ने भएकाले पनि अधिकांश मानिस घरमै थिए । यसले गर्दा पनि डिजिटल प्लेटफर्ममा दर्शक मात्र बढेनन्, त्यहाँ रहेका कन्टेन्टको लोकप्रियता पनि बढ्यो ।
स्याक्रेड गेम्स, मिर्जापुर, असुर, अभय, स्पेसल ओप्स, द फ्यामिली म्यान, समान्तरलगायतका सिरिजले दर्शकको राम्रो माया पाए । यति मात्र होइन ओटीटीमै फिल्म रिलिज गर्ने वा यसकै लागि निर्माण गर्ने पनि बढे ।

सलमान खानले राधे, हलिउड फिल्म मुलान र वन्डर वुमन ओटीटीमा आएपछि यसको आकर्षण बढ्दो छ । मार्भल स्टुडियोले पछिल्लो समय हलसँगै ओटीटी डिज्ने प्लस हटस्टारमा फिल्म रिलिज गर्ने गरेको छ ।
विस्तारै लोकप्रिय भइरहेको ओटीटी प्लेटफर्ममा अब सरकारको कडाइ भने बढ्दो छ । अब ओटीटी प्लेटफर्ममा प्रसारण हुने फिल्मले जाँचपास (सेन्सर) गर्नुपर्ने भएको छ । सरकारले कुनै पनि फिल्म तथा विज्ञापन चलचित्र जाँचपास समितिबाट जाँचपास (सेन्सर) गराएर मात्र प्रसारण गर्न निर्देशन दिएको हो । शुक्रबार एक सूचना जारी गर्दै सञ्‍चार तथा सूचनाप्रविधि मन्त्रालयले कुनै पनि फिल्म तथा विज्ञापन जाँचपासविना प्रसारण नगर्न निर्देशन दिएको हो ।
ुयस ऐनअन्तर्गतको नियम उल्लघंन गर्ने व्यक्तिलाई प्रमुख जिल्ला अधिकारीले पाँच हजार रुपैयाँसम्म जरिवाना गरी इजाजतपत्र खारेज गर्न सक्ने र निर्माण, प्रदर्शन तथा वितरण गर्दा प्रयोग गरिएका उपकरणहरू जफत गर्न सक्नेसमेत व्यवस्था रहेको छ,ु सूचनामा भनिएको छ ।
विभिन्‍न प्रसारण संस्था वा विद्युतीय सञ्‍चारमाध्यम वा अन्य माध्यमबाट कतिपय चलचित्र तथा विज्ञापन जाँचपास नगराई प्रदर्शन गर्ने गरेको गुनासो आएको मन्त्रालयले जनाएको छ ।
चलचित्र निर्माण, प्रदर्शन तथा वितरण ऐन, २०२६ को दफा ८ मा कुनै पनि फिल्मको प्रदर्शन गर्नुपूर्व चलचित्र जाँच समितिबाट अनुमति लिनुपर्ने व्यवस्था छ ।नियमावलीमा प्रदर्शकले चलचित्र जाँच समितिबाट अनुमति पाएका फिल्म मात्र प्रदर्शन गर्नु पर्ने व्यवस्था छ । विज्ञापन तथा फिल्म जाँच गराउनुपर्ने स्पष्ट कानुनी व्यवस्था भएकाले जाँचपासविना कुनै पनि फिल्म तथा विज्ञापन प्रसारण नगर्न मन्त्रालयले सूचना जारी गरेको हो ।

232 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक ११ गते, मंगलवार

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक ११ गते, मंगलवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal