प्रशान्ति एकेडेमीमा दुर्गाको मन्दिर स्थापना गरी यसरी लगाइयो टिका

२०७८ आश्विन २४ गते, आईतवार

काठमाडौं । काठमाडौंको बुढानीलकण्ठको कपनमा रहेको प्रशान्ति एकेडेमीले विद्यालयमा दुर्गा माताको मन्दिर स्थापना गरी पुजा गरेको छ ।
विद्यालयले अभिभावक र विद्यार्थीहरुको उपस्थितिमा नवरात्रको दोस्रो दिन दुर्गा भवानीको विशेष पुजा गरेको प्रिन्सिपल समिर बाँस्तोलाले जनाए । उनका अनुसार वैदिक मन्त्र उच्चारण गरी विशेष पुजाको साथ नयाँ मुर्ति स्थापना गरिएको हो । पुजा अर्चनाका साथमा विद्यार्थीहरुले भजन गाएका थिए भने सांस्कृतिक नृत्यहरु पनि प्रस्तुत गरिएको विद्यालयले जनाएको छ । दशै अगाडिको अन्तिम ‘स्कुल डे’ मा राखिएको उक्त कार्यक्रममा विद्यार्थीहरुलाई धर्म, कला संस्कृतिबारे पनि जानकारी गराइएको प्रिन्सिपल बास्तोलाले जनाए ।
विगतका वर्षहरुमा पनि विद्यालयमै ठूलो लिंगे पिङ लगाइने गरिएको थियो । त्यसका साथै सबैको दशैंको अनुभव आदानप्रदान गर्ने, चंगा उडाई प्रतियोगिता पनि गर्ने गरिएको थियो । ‘यो पटक भने मन्दिर स्थापन गरेरै धार्मिक कार्यबाट ज्ञान दिलाउँ भन्ने अभिप्राय हो’ उनेले भने ‘यस्ता प्रकारका क्रियाकलापले विद्यार्थीको प्रयोगात्मक शिक्षामा पनि हौसला बढ्ने गरेको पाइन्छ ।’ उनले आगामी वर्षमा पनि यस्तै प्रकारका नयाँ कार्यक्रम गर्दै जाने स्पष्ट पारेका छन् ।
प्रिन्सिपल बाँस्तोलाले कार्यक्रम सम्पन्न गनर्का लागि तयारी गर्ने समूहलाई समेत धन्यवाद दिएका थिए । विद्यालयले आगामी दिनमा चाडबाड र संस्कृतिबारे जानकारी दिन विभिन्न धर्म तथा चाडपर्वसम्बन्धी प्रदर्शनी गर्ने योजना बनाएको छ । कार्यक्रममा प्रिन्सिपल बाँस्तोलाले सबैमा बडादशैको शुभकामना दिएका छन् । अन्त्यमा विद्यार्थीहरु तथा उपस्थितलाई गुरुज्युबाट टीका र जमरा प्रदान गरिएको थियो ।

216 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ

२०८३ असार १८ गते, बिहीबार

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ

२०८३ असार १८ गते, बिहीबार

पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक  

२०८३ असार १८ गते, बिहीबार

सरकार नेपाललाई अन्तर्राष्ट्रियस्तरसम्म चिनाउने खेलाडीको कहिले हुन्छ सम्मान ?

२०८३ असार १८ गते, बिहीबार

एम्बाप्पेको कुशल प्रदर्शनः स्विडेनलाई हराउँदै फ्रान्स विश्वकपको नकआउट चरणमा

२०८३ असार १७ गते, बुधबार

आज रास्वपाको नयाँ कार्यसमितिको शपथ

२०८३ असार १७ गते, बुधबार

आज यी भूभागमा भारी वर्षाको सम्भावना

२०८३ असार १७ गते, बुधबार

तत्काल पार्टी एकताको सम्भावना छैनः ओली

२०८३ असार १६ गते, मंगलवार

अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी

२०८३ असार १६ गते, मंगलवार

विष्णु पौडेल पक्राउ प्रकरणः बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै

२०८३ असार १६ गते, मंगलवार

जातिय विभेद माथि प्रश्न र उत्तर

२०८३ असार १६ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal