प्रशान्ति एकेडेमीमा दुर्गाको मन्दिर स्थापना गरी यसरी लगाइयो टिका
काठमाडौं । काठमाडौंको बुढानीलकण्ठको कपनमा रहेको प्रशान्ति एकेडेमीले विद्यालयमा दुर्गा माताको मन्दिर स्थापना गरी पुजा गरेको छ ।
विद्यालयले अभिभावक र विद्यार्थीहरुको उपस्थितिमा नवरात्रको दोस्रो दिन दुर्गा भवानीको विशेष पुजा गरेको प्रिन्सिपल समिर बाँस्तोलाले जनाए । उनका अनुसार वैदिक मन्त्र उच्चारण गरी विशेष पुजाको साथ नयाँ मुर्ति स्थापना गरिएको हो । पुजा अर्चनाका साथमा विद्यार्थीहरुले भजन गाएका थिए भने सांस्कृतिक नृत्यहरु पनि प्रस्तुत गरिएको विद्यालयले जनाएको छ । दशै अगाडिको अन्तिम ‘स्कुल डे’ मा राखिएको उक्त कार्यक्रममा विद्यार्थीहरुलाई धर्म, कला संस्कृतिबारे पनि जानकारी गराइएको प्रिन्सिपल बास्तोलाले जनाए ।
विगतका वर्षहरुमा पनि विद्यालयमै ठूलो लिंगे पिङ लगाइने गरिएको थियो । त्यसका साथै सबैको दशैंको अनुभव आदानप्रदान गर्ने, चंगा उडाई प्रतियोगिता पनि गर्ने गरिएको थियो । ‘यो पटक भने मन्दिर स्थापन गरेरै धार्मिक कार्यबाट ज्ञान दिलाउँ भन्ने अभिप्राय हो’ उनेले भने ‘यस्ता प्रकारका क्रियाकलापले विद्यार्थीको प्रयोगात्मक शिक्षामा पनि हौसला बढ्ने गरेको पाइन्छ ।’ उनले आगामी वर्षमा पनि यस्तै प्रकारका नयाँ कार्यक्रम गर्दै जाने स्पष्ट पारेका छन् ।
प्रिन्सिपल बाँस्तोलाले कार्यक्रम सम्पन्न गनर्का लागि तयारी गर्ने समूहलाई समेत धन्यवाद दिएका थिए । विद्यालयले आगामी दिनमा चाडबाड र संस्कृतिबारे जानकारी दिन विभिन्न धर्म तथा चाडपर्वसम्बन्धी प्रदर्शनी गर्ने योजना बनाएको छ । कार्यक्रममा प्रिन्सिपल बाँस्तोलाले सबैमा बडादशैको शुभकामना दिएका छन् । अन्त्यमा विद्यार्थीहरु तथा उपस्थितलाई गुरुज्युबाट टीका र जमरा प्रदान गरिएको थियो ।
ताजा
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





