बल्ल सार्वजनिक भए युनिटीका प्रसाद गुरुङ, पीडितको रकम फिर्ता दिने घोषणा
काठमाडौं । युनिटी लाइफका अध्यक्ष काशिराम (प्रसाद) गुरुङले पीडितको पैसा फिर्ता दिने घोषणा गरेका छन् ।
काठमाडौंमा आज आयोजित सेभ द नेशन मुभमेन्ट कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू हिजोका दिनमा युनिटीबाट पीडित भएकाहरुको पैसा फिर्ता दिन तयार भए पनि सरकारले रोक लगाएको बताए । ‘म अझै पनि उहाँहरुको पैसा फिर्ता दिन खोजिरहेको छु, सरकारले मलाई त्यो काम गर्न रोक लगाएको छ’ उनले चिन्तित हुँदै भने ‘मैले कसैलाई पनि दिन्न भनेको छैन, सरकारले वातावरण बनाइदियोस् म फिर्ता गर्छु ।’ उनले आफूलाई अनावश्यक आरोप लगाएर बद्नाम गर्न खोजिएको पनि बताए ।
मुभमेन्टका संयोजकसमेत रहेका उनले आफूहरुको योजनाले विकास निर्माणका धेरै काम भएको पनि दाी गरेका छन् । ‘हाम्रो संस्थाले जलस्रोत, उर्जा, स्वास्थ्य, शिक्षा र रोजगारका त्यति धेरै काम गरेको थियो तर सरकारले देखी सहेन’ उनले भने ‘अनावश्यक रुपमा त्यो अभियान बन्द गरेर सरकारलाई पनि घाटा लागेको छ, जनता निराश छन् ।’ उनले यो नयाँ अभियान निरन्तर चलिरहने स्पष्ट पारेका छन् । विदेशी हस्तक्षेप बन्द गर्न सके देश बचाउन सजिलो हुने उनको भनाई छ । नेताहरुले जुनसुकै देशबाट पैसा खाएकाले पनि उनीहरु देशप्रति जिम्मेवार बन्न नसकेको उनको बुझाई छ ।
मुभमेन्टले संविधान परिमार्जन गर्न पनि सरकारसँग माग गरेको छ । ‘कि संविधान परिमार्जन गर्नुपर्छ होइन भने खारेज नै गर्नुपर्छ’ उनले भने ‘मुभमेन्टले राष्ट्र, राष्ट्रियता र राष्ट्रिय अखण्डतालाई सर्वोपरी ठान्दै सबैखाले विभेदको अन्त्य गर्दै आफ्ना कार्यक्रमलाई अघि बढाउँछ ।’ उनले अभियानमा सहयोग गर्न सबैलाई आग्रह समेत गरेका छन् ।

ताजा
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





