मकवानपुर–१ को (क) को सभापतिमा जितेपछि के गर्लान् थिङले ?
काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनमा मकवानपुरको क्षेत्र नम्वर १ को (क) बाट सुवातसिं थिङले सभापतिको दाबी गरेका छन् ।
अहिले क्षेत्रिय सचिवसमेत रहेका उनले आफ्नो नेतृत्व आएपछि पार्टीलाई बलियो बनाउने घोषणा गरेका छन् । गढी गाउँपालिका–१ को निर्वाचित वडा सदस्यसमेत रहेका उनले पार्टी र जनताको लागि दिनरात काम गर्दै आएका छन् । ‘म जनताको मान्छे हुँ, कांग्रेस मेरो पार्टी हो तर कसैलाई पनि राजनीतिक आस्थाका आधारमा विभेद गरेको छैन’ उनी भन्छन् ‘म प्रदेश सभापति भएपछि पार्टीलाई गतिशील बनाउँछु जसले कांग्रेसलाई मात्र नभएर सबैलाई फाइदा गर्छ ।’ उनी वडा सदस्यको रुपमा उम्मेदवार भइरहँदा पार्टीले उनलाई जिल्ला समन्वय समितिको प्रमुखका रुपमा अघि सारेको थियो । उनी २०४९ सालको स्थानीय निकायको निर्वाचनमा गढी गाउँ विकास समितिको वडा नम्वर १ को वडाध्यक्षको उम्मेदवार भएका थिए ।
शिक्षण पेशाबाट राजनीतिमा लागेका उनी राजनीतिकर्मीमात्र नभई समाजसेवीका रुपमा पनि चिनिएका छन् । पछिल्लो समयमा मकवानपुर कांग्रेसको किल्ला बन्दैछ । यो प्रदेशमा हेटौंडा उप–महानगरपालिकाका १६, १७ र १८ नम्वर वडा, वागमती गाउँपालिकाका १२ वटा वडा, बकैया गाउँपालिकाका ९ वटा र गढी गाउँपालिकाका १, २, ३ र ४ नम्वर वडा पर्छन् । २८ वटा वडामध्ये २० वटामा सुवातकै समुदायका व्यक्ति इकाई ९वडा० सभापति भएका छन् । उनले अरु सभापतिले पनि आफूलाई नै समर्थन गर्ने जनाएको स्पष्ट पारेका छन् ।
यो प्रदेश २०७० सालको संविधानसभाको निर्वाचनमा मकवानपुर–१ नम्वर क्षेत्र रहेको थियो । त्यतिबेला ४ वटा क्षेत्र रहेको मकवानपुरलाई निर्वाचन क्षेत्र पुनर्संरचना गर्दा २ वटा बनाइयो । यो क्षेत्रबाट त्यतिबेला नेपाली कांग्रेसका उम्मेदवार इन्द्र बानियाले जितेका थिए । पूर्वमन्त्रीसमेत रहेका उनी अहिले पार्टी सभापतिसहित नेपाली कांग्रेसको वागमती प्रदेशको संसदीय दलको नेता पनि रहेका छन् ।
ताजा
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





