स्वास्थ्य मापदण्डको पालना गर्दै कक्षा १२ को परीक्षा सञ्चालन गर्नुपर्ने निचोड
काठमाडौं । सांसद्ले कक्षा १२ को परीक्षा पटकपटक रोकिँदा विद्यार्थीमा नकारात्मक असर परेको भन्दै स्वास्थ्य मापदण्डको पालना गर्दै परीक्षा सञ्चालन गर्न सरकारलाई अनुरोध गरेका छन् ।
प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिको आज बसेको बैठकमा समितिका सदस्यले अरु परीक्षा सञ्चालन भइरहेको र बजारमा भीड नरोकिएकाले एउटा कक्षाको मात्रै परीक्षा रोकिन नहुने औँल्याएका छन् । समितिका सदस्य मानबहादुर विश्वकर्माले देशभित्रैका विश्वविद्यालयका र अन्तरराष्ट्रिय बोर्डका परीक्षा सञ्चालन भइरहेकाले १२ कक्षाको मात्रै रोकिन नहुनेमा जोड दिए । परीक्षा दिनका लागि जिल्लाबाट काठमाडौँ आएर बसेका विद्यार्थी पटकपटक परीक्षा रोकिँदा निरास भएको उनको भनाइ छ ।
समितिका सदस्य सुरेन्द्रकुमार यादवले इञ्जिनीयरिङ क्याम्पसले विद्यार्थी कलेज नगएर घरघरमा बसेर पढ्दा पनि खेलकूद, भ्रमणलगायतका शीर्षकमा शुल्क लिने गरेकाले त्यसको नियमन हुनुपर्ने बताए । समितिका सदस्य गिरिराजमणि पोखरेलले कोभिड सङ्क्रमण तत्काल हट्ने नदेखिएकाले स्वास्थ्य मापदण्डको पूर्णपालना गर्दै परीक्षा सञ्चालन गर्नुको विकल्प नभएकोमा जोड दिए ।
समितिका सदस्य हितबहादूर तामाङले जनस्वास्थ्यका विषयमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय नै जिम्मेवार भएपनि कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र ९सिसिएमसी०का कारण मन्त्रालयले आफ्नो विवेकको प्रयोग गर्न नपाएको बताए । समिति सदस्य जीवनराम श्रेष्ठले सिसिएमसीले सरोकार राख्ने निकायसँग सल्लाह नै नगरी परीक्षा रोक्ने निर्णय गर्दा लाखौँ विद्यार्थीको भविष्य अन्यौलमा धकेलिएको औँल्याए ।
समितिका सदस्य सुरेशकुमार राईले सिसिएमसी एकाधिकारबादी भएको भन्दै यसमा सबै मन्त्रालयको मन्त्रीको प्रतिनिधित्व हुने गरी पुनःगठन हुनुपर्नेमा जोड दिए । समिति सदस्य नमिता चौधरीले काठमाडौंलगायतका शहरी क्षेत्रमा लोडसेडिङको समस्या र ग्रामीण क्षेत्रमा सबैतिर इन्टरनेटको पहुँच नभएकाले सबै क्षेत्रमा अनलाइन परीक्षा सम्भव नहुने बताइन् । समिति सदस्य एकवाल मियाँले कक्षा १२ को परीक्षा एउटै चरणमा नसके एकभन्दा बढी चरणमा लिन सकिने बताए।
समितिकी सभापति जयपुरी घर्तीले सबै परीक्षा नियमित हुने र कक्षा १२ को मात्रै स्थगित हुने घटनालाई समितिले गम्भिररुपमा लिएको बताइन् । यो परीक्षालाई राज्यले गम्भिररुपमा लिन नसकेको उनको आरोप छ । सबै किसिमका तयारी पूरा गरेर परीक्षा लिने वातावरण बनाउनुपर्नेमा उनको जोड छ । उनले भने, “एउटा कक्षा र एउटा केन्द्रमा यति मात्रै विद्यार्थी राख्ने भन्ने मापदण्ड बनाउँ, विद्यार्थी सङ्क्रमित भएमा छुट्टै राखेर लिने वा नसक्ने अवस्था भएमा पछि लिएर गर्न सकिन्छ ।”
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले कक्षा १२ को परीक्षाको सबै तयारी हुँदा परीक्षा स्थगित गर्नुपरेको बताए । भौतिक दूरी कायम गर्दै स्वास्थ्य मापदण्ड पालना हुने गरी परीक्षा लिन लागिएकामा अन्तिम समयमा रोकिँदा विद्यार्थीमा नकारात्मक असर गरेको उनको भनाइ छ । उनले भने, “अरु सबै परीक्षा सञ्चालन गर्न हुने १२ को मात्रै रोक्नुपर्ने यो कस्तो भेरियन्ट हो रु”
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाले परीक्षाको सबै तयारी बोर्डले गरेपनि सिसिएमसीले अन्तिम घडीमा प्रश्न गरेकाले स्थगित गर्नुपरेको बताए । परीक्षा सञ्चालनका लागि काठमाडौं उपत्यकाका विद्यार्थीलाई खोप लगाउन लागिएको उनको भनाइ छ । उनले भने, “बोर्ड र मन्त्रालय दुबै परीक्षा सञ्चालन गर्नुपर्छ भन्नेमा नै छ ।” रासस
ताजा
भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला
२०८३ भाद्र ३१ गते, बुधबार
भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला
२०८३ भाद्र ३१ गते, बुधबार
तामाङ कथानक चलचित्र ‘ङाला सेम्जो’ को दुई दिने विशेष प्रदर्शन सम्पन्न
२०८३ भाद्र ३१ गते, बुधबार
ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठको दक्षिण कोरियाको भ्रमण रद्ध
२०८३ भाद्र ३१ गते, बुधबार
प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आव्हान
२०८३ भाद्र ३१ गते, बुधबार
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
कोशी ब्यारेजका २७ ढोका खुल्ला
२०८३ भाद्र २२ गते, सोमबार
बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक
२०८३ भाद्र २२ गते, सोमबार
भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला
२०८३ भाद्र २२ गते, सोमबार
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार
२०८३ भाद्र १९ गते, शुक्रबारविपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री
२०८३ भाद्र १९ गते, शुक्रबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





