स्वास्थ्य मापदण्डको पालना गर्दै कक्षा १२ को परीक्षा सञ्चालन गर्नुपर्ने निचोड

२०७८ भाद्र ४ गते, शुक्रबार

काठमाडौं । सांसद्ले कक्षा १२ को परीक्षा पटकपटक रोकिँदा विद्यार्थीमा नकारात्मक असर परेको भन्दै स्वास्थ्य मापदण्डको पालना गर्दै परीक्षा सञ्चालन गर्न सरकारलाई अनुरोध गरेका छन् ।
प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिको आज बसेको बैठकमा समितिका सदस्यले अरु परीक्षा सञ्चालन भइरहेको र बजारमा भीड नरोकिएकाले एउटा कक्षाको मात्रै परीक्षा रोकिन नहुने औँल्याएका छन् । समितिका सदस्य मानबहादुर विश्वकर्माले देशभित्रैका विश्वविद्यालयका र अन्तरराष्ट्रिय बोर्डका परीक्षा सञ्चालन भइरहेकाले १२ कक्षाको मात्रै रोकिन नहुनेमा जोड दिए । परीक्षा दिनका लागि जिल्लाबाट काठमाडौँ आएर बसेका विद्यार्थी पटकपटक परीक्षा रोकिँदा निरास भएको उनको भनाइ छ ।
समितिका सदस्य सुरेन्द्रकुमार यादवले इञ्जिनीयरिङ क्याम्पसले विद्यार्थी कलेज नगएर घरघरमा बसेर पढ्दा पनि खेलकूद, भ्रमणलगायतका शीर्षकमा शुल्क लिने गरेकाले त्यसको नियमन हुनुपर्ने बताए । समितिका सदस्य गिरिराजमणि पोखरेलले कोभिड सङ्क्रमण तत्काल हट्ने नदेखिएकाले स्वास्थ्य मापदण्डको पूर्णपालना गर्दै परीक्षा सञ्चालन गर्नुको विकल्प नभएकोमा जोड दिए ।

समितिका सदस्य हितबहादूर तामाङले जनस्वास्थ्यका विषयमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय नै जिम्मेवार भएपनि कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र ९सिसिएमसी०का कारण मन्त्रालयले आफ्नो विवेकको प्रयोग गर्न नपाएको बताए । समिति सदस्य जीवनराम श्रेष्ठले सिसिएमसीले सरोकार राख्ने निकायसँग सल्लाह नै नगरी परीक्षा रोक्ने निर्णय गर्दा लाखौँ विद्यार्थीको भविष्य अन्यौलमा धकेलिएको औँल्याए ।

समितिका सदस्य सुरेशकुमार राईले सिसिएमसी एकाधिकारबादी भएको भन्दै यसमा सबै मन्त्रालयको मन्त्रीको प्रतिनिधित्व हुने गरी पुनःगठन हुनुपर्नेमा जोड दिए । समिति सदस्य नमिता चौधरीले काठमाडौंलगायतका शहरी क्षेत्रमा लोडसेडिङको समस्या र ग्रामीण क्षेत्रमा सबैतिर इन्टरनेटको पहुँच नभएकाले सबै क्षेत्रमा अनलाइन परीक्षा सम्भव नहुने बताइन् । समिति सदस्य एकवाल मियाँले कक्षा १२ को परीक्षा एउटै चरणमा नसके एकभन्दा बढी चरणमा लिन सकिने बताए।

समितिकी सभापति जयपुरी घर्तीले सबै परीक्षा नियमित हुने र कक्षा १२ को मात्रै स्थगित हुने घटनालाई समितिले गम्भिररुपमा लिएको बताइन् । यो परीक्षालाई राज्यले गम्भिररुपमा लिन नसकेको उनको आरोप छ । सबै किसिमका तयारी पूरा गरेर परीक्षा लिने वातावरण बनाउनुपर्नेमा उनको जोड छ । उनले भने, “एउटा कक्षा र एउटा केन्द्रमा यति मात्रै विद्यार्थी राख्ने भन्ने मापदण्ड बनाउँ, विद्यार्थी सङ्क्रमित भएमा छुट्टै राखेर लिने वा नसक्ने अवस्था भएमा पछि लिएर गर्न सकिन्छ ।”

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले कक्षा १२ को परीक्षाको सबै तयारी हुँदा परीक्षा स्थगित गर्नुपरेको बताए । भौतिक दूरी कायम गर्दै स्वास्थ्य मापदण्ड पालना हुने गरी परीक्षा लिन लागिएकामा अन्तिम समयमा रोकिँदा विद्यार्थीमा नकारात्मक असर गरेको उनको भनाइ छ । उनले भने, “अरु सबै परीक्षा सञ्चालन गर्न हुने १२ को मात्रै रोक्नुपर्ने यो कस्तो भेरियन्ट हो रु”

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाले परीक्षाको सबै तयारी बोर्डले गरेपनि सिसिएमसीले अन्तिम घडीमा प्रश्न गरेकाले स्थगित गर्नुपरेको बताए । परीक्षा सञ्चालनका लागि काठमाडौं उपत्यकाका विद्यार्थीलाई खोप लगाउन लागिएको उनको भनाइ छ । उनले भने, “बोर्ड र मन्त्रालय दुबै परीक्षा सञ्चालन गर्नुपर्छ भन्नेमा नै छ ।” रासस

138 Views

ताजा

विद्युत प्राधिकरणकै डिजिटल बोर्डमा ‘केपी चोर, देश छोड’ लेखिएपछि….‘

२०८१ चैत्र १२ गते, मंगलवार

विद्युत प्राधिकरणकै डिजिटल बोर्डमा ‘केपी चोर, देश छोड’ लेखिएपछि….‘

२०८१ चैत्र १२ गते, मंगलवार

कांग्रेस, एमाले र माओवादी नै राजा ल्याउने गरि षड्यन्त्रमा लागेको सिके राउतको आरोप

२०८१ चैत्र १२ गते, मंगलवार

सरकारविरुद्ध आक्रामक बालेनः मेरा विषयवस्तु गलत भए मलाई जेल हालियोस्

२०८१ चैत्र १२ गते, मंगलवार

चैत्र १५ गतेदेखि ‘डोरी’ देशव्यापी प्रदर्शन हुँदै

२०८१ चैत्र १२ गते, मंगलवार

लखेट्दा युद्ध जितेको लाग्ला तर पराजित हुन्छौः जनार्दन शर्मा

२०८१ चैत्र १२ गते, मंगलवार

कुलमानलाई बर्खास्त गरेको विरोधमा विद्यार्थीहरूद्वारा प्रदर्शन

२०८१ चैत्र १२ गते, मंगलवार

भविस्यमा राम्रो चलचित्र बनाउने सोंच छ

२०८१ चैत्र ८ गते, शुक्रबार

१ महिनाभित्र दर्ता नभए फेसबुक, एक्स र इन्स्टाग्राम नेपालमा बन्द हुने चेतावनी

२०८१ चैत्र ८ गते, शुक्रबार

निखिल उप्रेतीको निर्देशनमा फिल्म ‘आचार्य’ बन्ने

२०८१ चैत्र ८ गते, शुक्रबार

सम्पादनमा अब्बल अनिल : बैसाखी र कम्युटरका सारथी

२०८१ चैत्र ८ गते, शुक्रबार

लोकप्रिय

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

२०८० भाद्र १ गते, शुक्रबार

काठमाडौं महानगरपालिकाद्वारा खुल्ला दूध बेचबिखन, पानीपुरी, चटपटेमा रोक लगाउने तयारी

२०८० श्रावण २८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal