केशब दाहालको ‘फर्कन छोरा’ बोलको गीत सार्वजनिक (भीडियो सहित)

२०७८ श्रावण १७ गते, आईतवार

काठमाडौँ । बा, आमा अनि छोरो, सानो सुखी परिवार, खेतीपाती, धन्दा, भकारो गरेर गर्जो टरिरहेको छ । छोरो हुर्किएपछि धनको लोभ । धन कमाउन छोरो परदेश । गाउँमा बुढा बा, आमा मात्रै । उमेरको भने पनि बुढेसकालको भने पनि एउटा भाको छोरो परदेश गएपछि बा, आमा एक्ला । उमेरले डाँडो काट्दै गएपछि काम गर्न सक्दैनन् । खेतबारी बाँझै । परदेशिएको छोरो फर्किदैन । सहजमा त बुढाबुढी बसेकै छन् । दुःख पर्दा रु साथमा छोरोसमेत छैन । आमा अचानक बिरामी पर्छिन् र मृत्युवरण गर्छिन् । परदेशिएको छोरो आमा मर्दासमेत साथमा छैन । धन कमाउन गएको छोरो आमा गुमाउँदा पनि साथ हुन पाउँदैन भने त्यो धनको के काम ?


सानो हुन्जेल छोरोलाई माया, ममताको खाँचो हुन्छ । छोरो ठूलो भएपछि बा, आमालाई छोराको माया, ममताको खाँचो हुन्छ । तर दुःख पर्दा धन छ छोरो छैन भने त्यो धनको के अर्थ ? के पैसा पकाएर खान मिल्छ ? के पैसो खाँदा छोराको न्यानो माया प्राप्त हुन्छ ?
यो अहिलेको नेपाली समाजको विवश परिवेश हो । चाहेर, नचाहेर नेपाली समाजले अहिले यही अवस्था भोगिरहेको छ । गाउँभरिका छोराजति परदेशमा, घरमा बुढा भका बाबुआमा मात्रै । पैसा कमाउन गएको छोरोको माया, ममता उनीहरुले अनुभव नै गर्न पाउँदैनन् । कतिपयले त छोरो छ भन्न समेत पाउँदैनन् । धनभन्दा पहिले काठको बाकसमा छोरो फर्किसकेको हुन्छ । यही कारुणिक परिवेशलाई समेटेर प्रवीण खतिवडाले ‘फर्कन छोरा।।।’ बोलको गीतको म्यूजिक भिडियो तयार गरेका छन् ।
भिडियोमा कलाकारहरु कमलमणि नेपाल, सरिता गिरी र प्रवीण खतिवडा लगायतको सशक्त अभिनय रहेको छ । यो गीतको म्यूजिक भिडियोको सहनिर्देशकमा विनोद खतिवडा रहेका छन् । दिपल बरालले निर्माण गरेको यो म्यूजिक भिडियोमा सम्रान्त थापाको प्रोडक्सन, कृष्णबहादुर थापाको सिनेमाटोग्राफी, कृष्ण भन्डारीको सम्पादन र रंगसंयोजन रहेको छ ।
केशव दाहालको शब्द र संगीतमा बनेको यो गीतमा गायक राजेश पायल राईले स्वर दिएका छन् । गीतको एरेन्ज, मिक्सिङ र मास्टरिङ चन्दु गोर्खालीले गरेका छन् ।
गीतले परदेश गएको एक्लो छोराको प्रतीक्षामा पीडादायी जीवन बिताइरहेका बुबाआमाको कथा भन्ने रचनाकार केशव दाहालले बताए । यो गीत सुनेर र म्यूजिक भिडियो हेरेर परदेशिएका धेरै नेपाली घर फर्किने अपेक्षा गरेको अभिनेता कमलमणि नेपालले बताए । । यो गीतको भिडियोमा पैसा वा धनले मात्रै जीवन चल्दैन भन्ने संकेत गर्न कराहीमा पैसा उमालेको दृश्य पनि देखाइएको छ । दुःख पर्दा आफ्ना छोराछोरी साथमा हुनु नै धन भन्दा ठूलो सुख भएको सन्देश यो गीतले दिन खोजेको छ ।
गायकसमेत रहेका केशव दाहालले यसअघि ‘बैंसैमा लाको पिरती..’, ‘चौतारीमा बसौंन पियारी…।’ लगायतका गीत सार्वजनिक गरिसकेका छन् ।

395 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक ११ गते, मंगलवार

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक ११ गते, मंगलवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal