गगन थापा भन्छन् ओली सरकार बाहिर सिंहजस्तो गर्जिने, भित्र लम्पसार हुने

२०७८ श्रावण १२ गते, मंगलवार

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं सांसद गगन थापाले केपी ओली नेतृत्वको सरकार बाहिर सिंह जस्तो गर्जिने र भित्र लम्पसार पर्ने परिचय बनाएर बालुवाटारबाट बालकोटको बार्दलीमा पुगेको बताएका छन्।
मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद थापाले सरकार र संसदसँग नयाँ अपेक्षा रहेको बताए। उनले भने, ‘पुनःस्थापित संसदले सरकारलाई विश्वासको मत दिएसँगै नयाँ अध्याय प्रारम्भ भएको छ। यो अध्यायको सुखान्तको लागि सरकार र संसद दुबैसँग नयाँ अपेक्षाहरु छन्।’ अघिल्लो सरकारले संसदलाई हेप्ने र अदालतलाई हप्काउने काम गरेको उनको भनाइ छ।
‘संसदलाई हेप्ने, अदालतलाई हप्काउने, न विधि मान्ने न विज्ञानलाई पत्याउन‍े, स्थानीय र प्रदेश सरकारलाई पंगु बनाउने, जनताको दुहाइ दिने तर आफू आसेपासे पोस्ने, बाहिर सिंहजस्तो गर्जने भित्र लम्पसार पर्ने, यस्तै–यस्तै परिचय बनाएर बालुवाटारबाट बार्दली पुगेको छ, अघिल्लो सरकार,’ थापाले संसदमा भने।
नयाँ सरकारलाई अघिल्लो सरकारको जस्तो अपराध गर्ने छुट नभएको उनको भनाइ छ। उनले भने, ‘नयाँ सरकारलाई यस्तो कुनैपनि अपराध गर्ने छुट छैन। यस्तो हुन नदिन संसदले पनि संकल्प गर्नु पर्नेछ। न त यो संसदलाई वेवास्ता गर्न दिइनेछ न त कामविहीन बनाउन। न त मनोमानी ढंगले स्थगित गर्न दिइने छ न त छल्न।’
संसद सरकारसँग डराउने नभइ सरकार संसदसँग डराउनुपर्ने उनको भनाइ छ। उनले भने, ‘यो संसद सरकारसँग डराउने होइन। सरकार यो संसदसँग डराउनु पर्नेछ, सांसदको प्रश्नसँग, संसदको निगरानीसँग। परीक्षा प्रधानमन्त्रीको मात्र होइन सभामुखको पनि छ। यो संसद जोगाउन लाग्ने प्रत्येक सांसदको छ।’

354 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक ११ गते, मंगलवार

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक ११ गते, मंगलवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal