गगन थापा भन्छन् ओली सरकार बाहिर सिंहजस्तो गर्जिने, भित्र लम्पसार हुने

२०७८ श्रावण १२ गते, मंगलवार

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं सांसद गगन थापाले केपी ओली नेतृत्वको सरकार बाहिर सिंह जस्तो गर्जिने र भित्र लम्पसार पर्ने परिचय बनाएर बालुवाटारबाट बालकोटको बार्दलीमा पुगेको बताएका छन्।
मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद थापाले सरकार र संसदसँग नयाँ अपेक्षा रहेको बताए। उनले भने, ‘पुनःस्थापित संसदले सरकारलाई विश्वासको मत दिएसँगै नयाँ अध्याय प्रारम्भ भएको छ। यो अध्यायको सुखान्तको लागि सरकार र संसद दुबैसँग नयाँ अपेक्षाहरु छन्।’ अघिल्लो सरकारले संसदलाई हेप्ने र अदालतलाई हप्काउने काम गरेको उनको भनाइ छ।
‘संसदलाई हेप्ने, अदालतलाई हप्काउने, न विधि मान्ने न विज्ञानलाई पत्याउन‍े, स्थानीय र प्रदेश सरकारलाई पंगु बनाउने, जनताको दुहाइ दिने तर आफू आसेपासे पोस्ने, बाहिर सिंहजस्तो गर्जने भित्र लम्पसार पर्ने, यस्तै–यस्तै परिचय बनाएर बालुवाटारबाट बार्दली पुगेको छ, अघिल्लो सरकार,’ थापाले संसदमा भने।
नयाँ सरकारलाई अघिल्लो सरकारको जस्तो अपराध गर्ने छुट नभएको उनको भनाइ छ। उनले भने, ‘नयाँ सरकारलाई यस्तो कुनैपनि अपराध गर्ने छुट छैन। यस्तो हुन नदिन संसदले पनि संकल्प गर्नु पर्नेछ। न त यो संसदलाई वेवास्ता गर्न दिइनेछ न त कामविहीन बनाउन। न त मनोमानी ढंगले स्थगित गर्न दिइने छ न त छल्न।’
संसद सरकारसँग डराउने नभइ सरकार संसदसँग डराउनुपर्ने उनको भनाइ छ। उनले भने, ‘यो संसद सरकारसँग डराउने होइन। सरकार यो संसदसँग डराउनु पर्नेछ, सांसदको प्रश्नसँग, संसदको निगरानीसँग। परीक्षा प्रधानमन्त्रीको मात्र होइन सभामुखको पनि छ। यो संसद जोगाउन लाग्ने प्रत्येक सांसदको छ।’

338 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

मृत व्यक्तिको कानको मुन्द्रा तान्ने २ युवा पक्राउ

२०८३ भाद्र ११ गते, बिहीबार

प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान

२०८३ भाद्र ११ गते, बिहीबार

नागढुंगा–मुग्लिङदेखि बीपी राजमार्गसम्म बन्द

२०८३ भाद्र ११ गते, बिहीबार

आशा र विश्वासका साथ सबैलाई एक भएर विपद्को सामना गर्न र हातेमालो गर्न प्रधानमन्त्री बालेनको आग्रह

२०८३ भाद्र ११ गते, बिहीबार

तीर्थयात्री बोकेका दर्जनौँ बस सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

रसुवा बाढी वितण्डाः २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला

२०८३ भाद्र ११ गते, बिहीबार

रास्वपाद्वारा सर्वदलीय बैठक आव्हानः गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी

२०८३ भाद्र ११ गते, बिहीबार

विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता

२०८३ भाद्र १० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal