अश्विनी झा फेशन डिजाइनर काउन्सिल अफ नेपालको सल्लाहकारमा कोरियोग्राफर नियुक्त

२०७८ श्रावण १० गते, आईतवार

काठमाडौ । फेशन डिजाइनर काउन्सिल अफ नेपालले आफ्नो सल्लाहकारमा कोरियोग्राफर अश्विनी कान्त झालाई नियुक्त गरेको छ। छैठौँ वार्षिकोत्सवको उपलक्ष्यमा फेशन डिजाइनर काउन्सिल अफ नेपालका अध्यक्ष अमित झाले शनिबार आयोजित एक समारोहमा अश्विनी झालाई नियुक्ति पत्र प्रदान गर्नु भएको छ । सो कार्यक्रमको दौरान काउन्सिलका अध्यक्ष झाले बिगत डेढ दशक भन्दा लामो समय देखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मंचहरुमा मोडलिङ्ग, ब्युटी पेजेन्ट तथा फेशन कोरियोग्राफिको अनुभव संगाल्नुका साथै उच्च सफलता हासिल गर्नु भएका कोरियोग्राफर झा नेपाल तथा अन्तर्राष्ट्रिय फेशन जगत र ब्युटी पेजेन्ट क्षेत्रलाई राम्ररी बुझ्नु भएको छ र उहाँलाई सल्लाहकारको रुपमा संस्थाले पाउँदा उहाँको शिप, दक्षता तथा लामो समयको अनुभवलाई संस्थाको हितमा प्रयोग गर्न सके समस्त फेशन डिजाईनरका साथै यस फेशन डिजाइनर काउन्सिल अफ नेपालले पनि निकै लाभ लिन सक्ने बताउनु भयो। उहाँले विभिन्न प्रतिष्ठित पुरष्कार तथा सम्मान द्वारा सम्मानित कोरियोग्राफर अश्विनी झाले आफ्नो निजी जिन्दगीमा पाउनु भएको सफलता सरह नै आफ्नो सल्लाह सुझाब र मार्गदर्शनले फेशन डिजाइनर काउन्सिल अफ नेपाललाई सफल बनाउन सहयोग पुर्याउनु हुनेछ भनि आशा व्यक्त गर्नु भयो। यसै गरी सोहि कार्यक्रममा काउन्सिलका अध्यक्ष झाले बिगत पाँच बर्षमा संस्थाले गरेका कार्यहरु र प्रगतीहरु सम्बन्धी पनि प्रकाश पार्नु भयो।
कार्यक्रममा कोरियोग्राफर अश्विनी झाले फेशन डिजाइनर काउन्सिल अफ नेपाललाई उक्त जिम्मेवारीको लागी योग्य ठानी दिनु भएकोमा धन्यबाद दिंदै कोरियोग्राफर र फेशन डिजाईनर एक अर्काको परिपुरक रहेको बताउनु भयो। कोरियोग्राफर झाले आफ्नो बिगतको अनुभवलाई कोट्याउदै आफ्नो सुरुवाती मोडलिङ्ग गर्दाको दिनहरु देखिनै उहाँलाइ फेशन डिजाईनरहरुको एकदमै ठुलो साथ र सहयोग प्राप्त भएको आज कोरियोग्राफरको भूमिकामा रहँदा पनि आफ्नो सफलतामा फेशन डिजाईनरहरुको साथ र सहयोग रहेको बताउनु भयो।
उहाँले वर्तमान समयमा कोभिडको कारणले सम्पूर्ण क्षेत्रलाई प्रभाव पारेको र फेशन डिजाईनिङ्ग क्षेत्रका साथै मोडलिङ्ग र ब्यूटी पेजेन्ट क्षेत्रलाई झनै असर गरेको बताउदै अब छिट्टै नै हामी सबै मिलेर यस क्षेत्रलाई पुरानै अवस्थामा ल्याई पुर्याउनेछौ भनि विश्वास व्यक्त गर्नु भयो। कोभिड पुर्व समस्त नेपाली ब्युटी पेजेन्ट र फेशन जगतले विश्व मंचमा राम्रो उपस्थिती जनाउदै गरेको अवस्थामा अवको दिनहरुमा अझै सशक्त र परिस्कृत रुपमा नेपाली फेशन डिजाईनरहरुको उपस्थिति रहने छ भनी आशा व्यक्त गर्दै यसका लागि आफ्नो तर्फवाट हुने हरेक सहयोगको लागी हरपल तत्पर रहने पनि बताउनु भयो।
कार्यक्रममा अन्य वक्ताहरुले पनि कोरियोग्राफर झालाई संस्थामा स्वागत गर्दै आ(आफ्नो मन्तब्य र धारणा राख्नुका साथै काउन्सिलको बिगतका ५ वर्षको उपलब्धी तथा कमि कमजोरीहरुको पनि समिक्षा गर्नुभयो। यसका साथै संस्थाको आगामी दिनहरुकोलागी कार्य योजनाको बिषयमा पनि छलफल भयो।

276 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

मृत व्यक्तिको कानको मुन्द्रा तान्ने २ युवा पक्राउ

२०८३ भाद्र ११ गते, बिहीबार

प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान

२०८३ भाद्र ११ गते, बिहीबार

नागढुंगा–मुग्लिङदेखि बीपी राजमार्गसम्म बन्द

२०८३ भाद्र ११ गते, बिहीबार

आशा र विश्वासका साथ सबैलाई एक भएर विपद्को सामना गर्न र हातेमालो गर्न प्रधानमन्त्री बालेनको आग्रह

२०८३ भाद्र ११ गते, बिहीबार

तीर्थयात्री बोकेका दर्जनौँ बस सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

रसुवा बाढी वितण्डाः २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला

२०८३ भाद्र ११ गते, बिहीबार

रास्वपाद्वारा सर्वदलीय बैठक आव्हानः गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी

२०८३ भाद्र ११ गते, बिहीबार

विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता

२०८३ भाद्र १० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal