मेयरको मुडमा ऐन बन्दा गान्धी स्कुल समस्यामा

२०७८ श्रावण ७ गते, बिहीबार

काठमाण्डौ । कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरि थापाले आफनो ब्यक्तिगत अभिष्ट पुरा गर्नका लागी नगरपालिकाको ऐनलाई गलत ढंगबाट बनाउदा विद्यालयहरुमा समस्या देखिएको सरोकारवालाहरुले बताएका छन् । सो नगरपालिकाको वडा नं ९ मा रहेको गान्धी आदर्श माध्यामिक विद्यालयको ब्यवस्थापन समिति र प्रधानाध्यापक परिवर्तन गरेको विषयलाई लिएर नेपाली कांग्रेसले विगत एक साता देखी आन्दोलनमा छ । पहिलो चरणको आन्दोलन अन्तर्गत बुधवार सातौ दिनको विरोध कार्यक्रममा बोल्दै नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नम्वर २ का क्षेत्रिय सभापति उपेन्द्र कार्कीले आफु हावी हुनका लागी मेयर थापाले नगरको शिक्षा ऐन नै गलत बनाएको दावी गरे । उनले भने ‘ मेयर थापाले आफुलाई जे गर्दा अनुकुल हुन्छ त्यस्तै गर्नका लागी नगरको शिक्षा ऐनलाई तोडमोड गर्नु भयो, मुल समस्या नै यही हो । पटक पटक यस्तो नगर्नुहोस र सच्च्याउनुहोस भन्दा पनि उहाँले मान्नु भएन । जसले गर्दा गान्धी स्कुल जस्तो नमुना विद्यालय पनि अहिले संकटमा परेको छ ।’ वडा नं ९ इकाईका सभापति अनिल थापाले महाधिवेशनका कारण आन्दोलनको स्वरुप परिवर्तन गरिएको र यो विचमा पनि आन्दोलनका कार्यक्रम जारी नै रहने बताए । उनले भने‘मेयर थापाले यती धेरै आन्दोलन गर्दा पनि अटेरी गरिरहुन भएको छ । यसबाट गम्भिर परिणाम उत्पन्न हुन सक्छ, यसको जिम्मेवारी उहाँ आफैले लिनु पर्ने हुन्छ । ’
सो विरोध सभामा नेपाली कांग्रेस कागेश्वरी मनोहरा नगरपालिकाका स्थानिय नेताहरुको पनि उपस्थिति थियो । विद्यालयको नया शैक्षिक सत्र शुरु भइसकेकाले अनावश्यक रुपमा ब्यवस्थापन समिति र प्रधानाध्यापक परिवर्तन गर्ने विषय कुनै पनि हालतमा मान्न नसकिने कांग्रेसले बताउदै आएको छ । शिक्षकको रोकिएको तलव दिने, अनावश्यक सरुवा रोक्ने लगायतका माग उठाउदै नेपाली कांग्रेस कागेश्वरी मनोहरा नगरपालिका वडा नं ९ इकाई विरोधमा उत्रेको छ । आफुले उठाएका माग सम्बोधन नभएसम्म मेयर विरुद्धको आन्दोलन नरोकिने कांग्रेसले जनाएको छ ।

294 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक ११ गते, मंगलवार

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक ११ गते, मंगलवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal