मेयरको मुडमा ऐन बन्दा गान्धी स्कुल समस्यामा
काठमाण्डौ । कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरि थापाले आफनो ब्यक्तिगत अभिष्ट पुरा गर्नका लागी नगरपालिकाको ऐनलाई गलत ढंगबाट बनाउदा विद्यालयहरुमा समस्या देखिएको सरोकारवालाहरुले बताएका छन् । सो नगरपालिकाको वडा नं ९ मा रहेको गान्धी आदर्श माध्यामिक विद्यालयको ब्यवस्थापन समिति र प्रधानाध्यापक परिवर्तन गरेको विषयलाई लिएर नेपाली कांग्रेसले विगत एक साता देखी आन्दोलनमा छ । पहिलो चरणको आन्दोलन अन्तर्गत बुधवार सातौ दिनको विरोध कार्यक्रममा बोल्दै नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नम्वर २ का क्षेत्रिय सभापति उपेन्द्र कार्कीले आफु हावी हुनका लागी मेयर थापाले नगरको शिक्षा ऐन नै गलत बनाएको दावी गरे । उनले भने ‘ मेयर थापाले आफुलाई जे गर्दा अनुकुल हुन्छ त्यस्तै गर्नका लागी नगरको शिक्षा ऐनलाई तोडमोड गर्नु भयो, मुल समस्या नै यही हो । पटक पटक यस्तो नगर्नुहोस र सच्च्याउनुहोस भन्दा पनि उहाँले मान्नु भएन । जसले गर्दा गान्धी स्कुल जस्तो नमुना विद्यालय पनि अहिले संकटमा परेको छ ।’ वडा नं ९ इकाईका सभापति अनिल थापाले महाधिवेशनका कारण आन्दोलनको स्वरुप परिवर्तन गरिएको र यो विचमा पनि आन्दोलनका कार्यक्रम जारी नै रहने बताए । उनले भने‘मेयर थापाले यती धेरै आन्दोलन गर्दा पनि अटेरी गरिरहुन भएको छ । यसबाट गम्भिर परिणाम उत्पन्न हुन सक्छ, यसको जिम्मेवारी उहाँ आफैले लिनु पर्ने हुन्छ । ’
सो विरोध सभामा नेपाली कांग्रेस कागेश्वरी मनोहरा नगरपालिकाका स्थानिय नेताहरुको पनि उपस्थिति थियो । विद्यालयको नया शैक्षिक सत्र शुरु भइसकेकाले अनावश्यक रुपमा ब्यवस्थापन समिति र प्रधानाध्यापक परिवर्तन गर्ने विषय कुनै पनि हालतमा मान्न नसकिने कांग्रेसले बताउदै आएको छ । शिक्षकको रोकिएको तलव दिने, अनावश्यक सरुवा रोक्ने लगायतका माग उठाउदै नेपाली कांग्रेस कागेश्वरी मनोहरा नगरपालिका वडा नं ९ इकाई विरोधमा उत्रेको छ । आफुले उठाएका माग सम्बोधन नभएसम्म मेयर विरुद्धको आन्दोलन नरोकिने कांग्रेसले जनाएको छ ।
ताजा
‘गौँथली’को गीत ‘आँखा भरी आँसु’मा पराइघर जाँदाको सकस
२०८३ जेष्ठ २९ गते, शुक्रबार
‘गौँथली’को गीत ‘आँखा भरी आँसु’मा पराइघर जाँदाको सकस
२०८३ जेष्ठ २९ गते, शुक्रबार
चितवनीकी दिया क्षेत्रीले आफ्नै श्रीमानबाट खतरा रहेको भन्दै सुरक्षाको माग
२०८३ जेष्ठ २९ गते, शुक्रबार
१३ औं म्युजिक खबर म्युजिक अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक
२०८३ जेष्ठ २९ गते, शुक्रबार
अमेरिका र क्रोएशिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८३ जेष्ठ २९ गते, शुक्रबार
ग्लोबल आईएमई बैंकको सञ्चालक समिति सदस्यमा बिन्द्रा हाडा भट्टराई
२०८३ जेष्ठ २९ गते, शुक्रबार
सरकारद्वारा रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
२०८३ जेष्ठ २९ गते, शुक्रबार
यस्ता छन् मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण तीन निर्णय
२०८३ जेष्ठ २९ गते, शुक्रबार
काभ्रेमा बस दुर्घटना, सात जनाको मृत्यु
२०८३ जेष्ठ २९ गते, शुक्रबार
हाम्रा परम्परागत खानाको महत्व
२०८३ जेष्ठ २९ गते, शुक्रबार
फिफा विश्वकप २०२६ः उद्घाटन खेलमा मेक्सिकोको विजयी सुरुआत
२०८३ जेष्ठ २९ गते, शुक्रबारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





