देवघाटमा बोलबम मेला नहुने

२०७८ श्रावण ३ गते, आईतवार

देवघाट । हरेकवर्ष पवित्र तीर्थस्थल देवघाटधाममा लाग्ने बोलबम मेला यसवर्ष नहुने भएको छ । कोभिड–१९ को जोखिमका कारण तनहुँ, चितवन र नवलपुरको सङ्गमस्थल पवित्र धाम देवघाटमा यो वर्ष बोलबम मेला नहुने भएको हो । देवघाट क्षेत्र विकास समितिले यस वर्ष बोलबम मेला नगर्ने निर्णय गरेको समितिका कार्यकारी निर्देशक धीरेनबाबु घिमिरेले जानकारी दिए । कोरोना भाइरस सङ्क्रमणको जोखिम कायमै रहेका कारण मेला नगर्ने निर्णय भएको उनले बताए ।
समितिले आयोजकको रुपमा बोलबम मेला नगरे पनि स्वास्थ्य मापदण्डको पालना गरेर स्नान गर्न आउने भक्तजनलाई भौतिक दूरी कायम गर्दै स्नान गर्न भने दिन सकिने घिमिरेले बताए । “कोरोनाको जोखिम कायमै छ, तीर्थालु नआइदिए राम्रो हुन्छ, तर श्रद्धा र भक्तिका कारण पनि भक्तजन देवघाट आउनुहुन्छ,” उनले भने, “भक्तजन आएको खण्डमा केही व्यवस्था त गर्नैपर्छ ।” घिमिरेका अनुसार भक्तजनलाई नदीमा स्नान गर्न सकिने गरी व्यवस्था मिलाइएको छ । स्नान गर्दा नदीमा डुब्न सक्ने भएकाले उद्धारका लागि डुङ्गाको व्यवस्था गरिएको छ ।
साथै शान्तिसुरक्षाका लागि तीनवटै जिल्लाका सुरक्षा निकायलाई पनि जानकारी गराइएको उनले बताए । समितिले गतवर्ष कोरोना जोखिमका कारण बोलबम मेला आयोजना गरेन । तर स्नान गर्न आउने भक्तजनको सङ्ख्या उल्लेख्य रह्यो । “अन्तिम सोमबार अलि धेरै भक्तजनको भीड हुन्छ, स्नान गर्न आउनेलाई दूरी कायम गर्नुहोस् भनेर सचेतना जगाउँछौ,” उनले भने ।
देवघाटमा हरेक वर्ष साउन महिनाको हरेक सोमबार बोलबम मेला लाग्ने गर्छ । मेला भर्न लाखौं भक्तजन देवघाट आउने गर्दछन् । हरेक सोमबार बोलबम मेला लाग्ने भए पनि साउन महिनाभर देवघाट मेलामय हुने गर्थ्यो । हरेक वर्ष साउन महिनामा देवघाटमा श्रावणी बोलबम मेला एउटा विशेष उत्सवको रुपमा मनाउने परम्पराको विकास हुँदै आएको छ ।
मुक्तिनाथबाट बगेर आएको कालीगण्डकी र गोसाइँकुण्डबाट बगेर आएको त्रिशूलीको सङ्गम बेणीमा बोलबमको अवसरमा स्नान गर्नाले भगवान शिव खुशी हुने र चर्मरोग निको हुने जनविश्वास छ । (रासस)

211 Views

ताजा

लामिछानेलाई थुनामा पठाउने उच्चको आदेशमा सर्वोच्चले माग्यो कैफियत प्रतिवेदन

२०८१ चैत्र ३१ गते, आईतवार

लामिछानेलाई थुनामा पठाउने उच्चको आदेशमा सर्वोच्चले माग्यो कैफियत प्रतिवेदन

२०८१ चैत्र ३१ गते, आईतवार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

कवि-कलाकार नरेन्द्रबहादुर श्रेष्ठको अभिनन्दन

२०८१ चैत्र ३० गते, शनिबार

फेवा महोत्सव आजदेखि

२०८१ चैत्र ३० गते, शनिबार

वरिष्ठ गायिका देविका बन्दनालाई आईएनसीद्वारा सम्मान

२०८१ चैत्र ३० गते, शनिबार

गोलन्जोरको दोस्रो अध्यक्ष कप फुटबल प्रतियोगिता वडा नं ७ खुर्कोटले जित्यो

२०८१ चैत्र ३० गते, शनिबार

टेलिश्रृखला ‘रहरहरु’ को प्रोमो सार्वजनिक

२०८१ चैत्र ३० गते, शनिबार

रवि लामिछानेलाई कारागार चलान गर्ने आदेशको बदर माग गर्दै निकिता पुगिन् सर्वोच्च अदालत

२०८१ चैत्र २९ गते, शुक्रबार

एमाले सिध्याउँछु भन्नेहरू सफल भएनन् : प्रधानमन्त्री ओली

२०८१ चैत्र २९ गते, शुक्रबार

असिना पानीका कारण भारतमा २५ जनाको मृत्यु

२०८१ चैत्र २९ गते, शुक्रबार

लोकप्रिय

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

२०८० भाद्र १ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal