राजा आउ देश बचाउ भन्न बाध्य छु आज म

२०७८ असार २९ गते, मंगलवार

शत्रुगुञ्जा
देशले आज बलिदान मागिरहेको छ देशले रगत मागिरहेको छ अनि देश ले राजा मागिरहेको छ देशलाई ती कुरुपी रुपहरुको मृत्यु चाहिएको छ भोक लागिरहेको छ देश लाई यथार्थ शायद तितो लाग्न सक्छ सायद सत्य यही हो सिङ्गो राष्ट्रिय आज टुक्रा टुक्रा भै बँडिरहदा देश देश रहेन प्रदेश नम्बर एक र दुई गरेर जसरि बाडिएको छ त्यसरि नै बाडिएका हाम्रो महापुरुषहरुलाई यसरी नै टुक्रा टुक्रा पारि बाड्न मन लागेको छ कुनै समय पृथ्वीनारायण शाहले एकीकरण गरेको देशले आज फेरि उनैको शासन लाई खोजिरहेको छ जनता सहर्ष स्विकार्न तयार छ त्यहीँ शासन त्यहीँ समय, देशमा बड्दो राजनिति अनि राजनिति भित्र भैरहेको बड्दो भ्रष्टचारले देशलाई यत्ति निच बनाईसक्यो यत्ति तल गिराईसक्यो शायदै अब माथि पुग्न सक्दैन हरेक कुरामा असफल आजको राजनितिले कुनै दिगोपुर्ण काम गर्न सकेन कुनै फिल्मि पर्दा भित्र कसरी देशलाई खाईरहेको देखाउछ कसरी गुण्डागिरि र पैसाको चलखेल अनि भोटहरुको र नोटहरुको चलखेल गरेको देखाईन्छ आज आएर यो कुरा यथार्थ बनेको छ सत्यमा साबित भएको छ आज आएर त्यो पहाड र पहरा मात्र हैन व्यक्ति व्यक्तिहरुको मन लडेको छ आज आएर नदि र खोलामा बाडि हैन हरेक व्यक्ति व्यक्तिहरुको मुटुमा बाढि आएको छ
राजनितिले चुर्लुम्मै डुबाएको छ देशलाई । मात्र एक छानाको टुप्पो देखिदैछ यो पनि कुनै दिन फेरि गहिराई बडेर डुब्नेछ कुनै ठेगाना छैन राजनिति सङ्गै जोडिएको कुरा पर्दाफास हुदैन यहाँ हरेक गतिविधिलाई लुकाईदैछ हरेक दिनको भ्रष्टचारमाथि कालो पर्दा ओडाईदैछ भाषण गरेकै भरले देशलाई चलाईदैछ हामी आम जनता पनि एकदम मूर्ख छोै आस्वसन दिएको भरमा त्यहीँ भोट खसालिरहेको छोै चिनेको छैनोै को हरिण को गिद्द भनेर बस् केही पाउने लोभ र लालचको कारण हामी सत्ता लाई सुम्पिदिदैछोै अनि साल साल यहीँ र यस्तै दुखहरु भोग्नु बाहेक अरु हामी सङ्ग बिकल्प हुदैन
आजको मितिमा मईले हैन देशले के पायो अनि के के सम्म चै गुमाएको छ सोच्न बाध्य तुल्याएको छ गरिब देश गरिब नै भएर सकिन्छ झै लाग्न थाल्यो अरुको इसारा मा कहिलेसम्म त्यो कुर्सिमा रजाई गर्ने राज्यको दोहन गर्ने ती कुर सभासदहरुले देशलाई नाग्गै बनाईसके बाहिर देखावटि काम अनि भित्र भित्रै हराम काम गर्ने हरु प्रसस्त छन् हात्ती का दुई दात भने झै ठुलो शरिर र पुच्छर मात्र हुन बाँकि छ बाँकि उस्तै हो देशमा घटिरहेका विभिन्न गतिबिधिको कुनै उपचार हुन सकेन देश भित्रको अर्थतन्त्र न्यून भैसक्यो बिश्वकै जलस्रोत को दोस्रो धनि देशले पिउने पानी को लागि ज्यान फाल्ने देश कसरी उकालो लाग्न सक्छ, कुनै नयाँ चिजको विश्लेषण गर्न सकेन कुनै नयाँ प्रविधि भित्र्याउन सकेन आजको सरकारले लडेको धरहरा त उठ्यो तर मन भित्र उब्जिएका कोैतुहल भने मेटाउन सकेन नयाँ पिढिडले देश हाक्न सक्ने क्षमता कहिले खोज्न सकेन नमरुन्जेल त्यहीँ पद को पछाडि दोैडिरहेछ आजको सरकार ।
युद्धमा आफ्नो ज्यान बलिदान दिने लगायत त्यो भुकम्पमा सर्व सकाउने परिवारदेखि लिएर बाडि र पहिरोमा परि आफ्नो घर जग्गा जमिन र ज्यान नै गुमाउनेको परिवार लगायत अन्य कुरामा ज्यान गुमाउने प्रति के गरेको छ सरकारले, कलकारखाना बन्द भए केही गर्न युवा पनि जागरिलो त छैनन् तर जागर र उर्जा दिने सरकार एक पाठसाला नभएर बेश्यालय जस्तै गरि सुतिरहेको छ आफ्नो देशको युवा तथा युवतीलाई मरभुमि मा फालेर चुप भै आफुलाई काविल नेताको रुपले स्विकार्दै छ सरकार, बहुप्रतिभासालि व्यक्तिलाई उच्च स्थान नदिई जेल पठाउन राजि छ तर त्यस्ता व्याक्ति को संरक्षण गर्न पछि हड्छ सरकार यहाँ रोजगारको कोटा कोटा खोलिन्छ तर आफन्त को निम्ति जस्ले केही गर्छु भनेर अगाडि बड्न चाहान्छ त्यस लाई ध्यान दिदैन सरकार पैसा र पावरको आडमा जसले जे जे गरे पनि हुन्छ कुनै रोक छेक छैन बाँकि काठमाडौं मा धुलो र धुवा मा काम खोज्दै र मेनपावर खोज्देै दिन रात आफुलाई मारिरहेका छन् जनता खै त ध्यान एकदम ढिलासुस्ति यो सरकारि काम छ त्यहि पनि कुनै जनताले आजसम्म न्याय पाएनन् म स्वयम् खाडि मुलुकमा छु केही गर्छु भन्ने चाहाना म भित्र हुदा हुँदै पनि आज म बाध्यता ले यहाँ छु मेरो कुनै सीप र क्षमताको कदर हुन सकेन काम नै गर्छु भन्दा पैसा खुवाउनु पर्ने म एक पैसा नभएर काम खोजेको भविष्य उज्यालो बनाउन तर सुरुवात मै अन्धकार बनाईदिने ती भडुवाहरुले गर्दा आज म जस्ता कत्ति नेपाली यो खाडिको जन्जिर मा फसेका छन् ती माथि नेपाल मा लगाएका आजको कानुन खुन पसिना एक गरेर कमाएको आफ्नो मेहनतको कुनै चिजहरु लान नपाउने कुराले झनै बिथोलेको छ मन हरु एक तर्फ यहीँ खाडिको पसिना ले चलेको रेमिटेन्स छ तर यहीँ चिज लाई सरकार ले हरेक कुरामा बन्देज गराउछ बस् पैसामा गराउदेैन कुनै दिन यो सम्म भन्नेछ जस्ले दुई लाख भन्दा बढि पैसा कमाउछ उस्ले पचास हजार सरकार लाई बुझाउनु पर्ने छ अब यहीँ देख्न बाँकि छ सरकार को नितिनियम हैन आजको समयमा निजि नियम चलाउदैछ,
बनावटि देश भनेर स्थगित अथवा परिचित गराउदैछ नेपाल सरकार नयाँ पिडि नयाँ योद्धा जो नयाँ सोच बिचार र जागर लिएर जागरुक बन्न चाहान्छ देशलाई नयाँ स्थरमा लिएर जानेछ हरेक नयाँ कुराको व्यवस्थापनको सिर्जना गर्नेछ खै त त्यो व्यक्तिको स्थान कहाँ छ अमेरिका कि कुनै खाडिमा जसले सत्यताको मार्गदर्शन देखाउन चाहान्छ त्यस्ता व्यक्तित्व लाई खोजि खोजि चुप लगाईन्छ मोैन बस्न बाध्य गराईन्छ देशलाई त्यतिका नेता सभासद ो खाँचो छैन बस् एउटा को खाँचो छ जसलाई देशको चिन्ता छ जसले मनन गर्न र नयाँ यात्रालाई सार्थक रुपले उचाईमा पुर्याउछ सक्छ । राजा आउ देश बचाउ भन्न बाध्य छु आज म केही त राम्रो हुने थियो पुर्व राजा ज्ञानेन्द्र नै आउनु पर्छ भन्ने छैन तर राजा नै आउनु पर्छ देशमा राजा बिना देश पक्कै डुब्नेछ जनता ले न्याय पाउँछन् या पाउदैनन् यो त थाहा छैन तर देशले भने पक्कै न्याय पाउनेछ अब कसैको बलिदान को खाँचो छ ।
तर राजा चाहियो देशमा भ्रम र झुटको खेति गर्ने नेता भन्दा देशमा किसान लाई गर्न दिने खेति त्यो राजाको खाँचो छ आउ राजा आउ अब देश बचाउ हामी आफै बाच्ने छोै ।
०७८ असार २८

441 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

‘गौँथली’को गीत ‘आँखा भरी आँसु’मा पराइघर जाँदाको सकस

२०८३ जेष्ठ २९ गते, शुक्रबार

‘गौँथली’को गीत ‘आँखा भरी आँसु’मा पराइघर जाँदाको सकस

२०८३ जेष्ठ २९ गते, शुक्रबार

चितवनीकी दिया क्षेत्रीले आफ्नै श्रीमानबाट खतरा रहेको भन्दै सुरक्षाको माग

२०८३ जेष्ठ २९ गते, शुक्रबार

१३ औं म्युजिक खबर म्युजिक अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

२०८३ जेष्ठ २९ गते, शुक्रबार

अमेरिका र क्रोएशिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

२०८३ जेष्ठ २९ गते, शुक्रबार

ग्लोबल आईएमई बैंकको सञ्चालक समिति सदस्यमा बिन्द्रा हाडा भट्टराई

२०८३ जेष्ठ २९ गते, शुक्रबार

सरकारद्वारा रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय

२०८३ जेष्ठ २९ गते, शुक्रबार

यस्ता छन् मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण तीन निर्णय

२०८३ जेष्ठ २९ गते, शुक्रबार

काभ्रेमा बस दुर्घटना, सात जनाको मृत्यु

२०८३ जेष्ठ २९ गते, शुक्रबार

हाम्रा परम्परागत खानाको महत्व

२०८३ जेष्ठ २९ गते, शुक्रबार

फिफा विश्वकप २०२६ः उद्घाटन खेलमा मेक्सिकोको विजयी सुरुआत

२०८३ जेष्ठ २९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal