बलत्कार हत्या हिंसा बिरुद्ध मेरो आवाज
शत्रुगुञ्जा
नेपाल र नेपालीमा अझै पनि जनचेतनाको कमि भएको महसुस गरेको छु । आजको युग आजको समय र आजको समाजभित्र अझै पनि फरक आएको छैन हुन त आजको समयमा धेरैलाई थाहा छ छुवाछुत, दाईजो प्रथा, बलत्कार र चेलिबेटि बेचबिखन जस्ता कुराहरु कानुनिय अपराध हो र यो आफैलाई पनि महसुस हुने कुरा हो तर कत्तिपय ठाँउमा यस्ता घटनाहरु अझै पनि बड्दो रुपले चलिरहेको छ ।
नेपालमा यस्ता घटनाहरु बिरलै सुन्नमा आउछ तर रोकिएको भने छैन । आजको समाज धेरै बुझ्ने भैसके पनि यस्ता गतिविधि भित्रभित्र चलिरहेको छ बलत्कार रोक्न सकिएको छैन र दाईजो प्रथा अझै पनि प्रचलित छ । कत्ति नारिको ज्यान गएको छ दाईजो प्रथा र बलत्कार जस्ता जघन्य अपराधले । आजको कानुन आजको राजनीतिले यस बिषयलाई कुनै चासो नदिएको भेटिन्छ सायद यहीँ कारण यो अपराध अगाडि बढिरहेको छ पुर्वका धेरै भागहरुमा दाइजोप्रथा र नेपाल पुरै अधिराज्यभरि बलत्कार जस्ता अपराधिक कुरा घटना बनी धेरै घटिरहेको छ ।
राज्य बलियो छैन यहाँ र आजको कानुन बलियो छैन वर्ग वर्ग हेरिने गरिन्छ यहाँ तसर्थ पनि यो कुरामा गम्भीरतापूर्वक सोचिदैन । केहिदिन अगाडि मात्र घटेको घटना केटाको परिवार पक्ष र स्वयम् केटा नै भनिरहेको थियो कि मलाई पाँच लाख र बुलेट बाईक नभएसम्म म केटिलाई अपनाउदिन यहाँ सम्म कि उसलाई जलाएर मार्दिन्छु या घर निकाला गर्दिन्छु यस्ता कैयोै शब्दहरु प्रयोग भए एक नेपाली र मधेसि नेपालीबिच हात हालाहाल सम्म भयो । यो ज्यादादर नेपालमा बसोबास नेपाली मधेसि जनजातिमा यस्ता घटना घटिरहन्छ । खै त त्यो हेरेर पनि अझै कानुन चुप छ आफुलाई गर्व महसुस गर्ने वर्दीधारिहरु कहाँ छन् जसरि सिमानामा सैनिक खटाएको छन् त्यसरि नेै यस्ता घटनामा गम्भीरतापूर्वक भएर खट्नु पर्छ । कार्वाही अगाडि बडाउनु पर्छ ।
दाइजोको निहुँमा दिन प्रतिदिन भैरहेको व्यवहारिक दमन अझै पनि सकिएको छैन बलत्कार जस्ता घटनाहरुले देशबासिलाई नै एक डरले मनका हरेक कुना काप्चा खाईसकेको छ बिहे गरेर गएका छोरी चेलि सकुसल हुन्छे हुदिन बजार हिडेको छोरी चेलि सकुसल घर फर्किन्छे या फर्किदिन एकदम चिन्तितको बिषय बनेको छ । व्यवस्थापन समिति के हेरेर बसेको छ मेयर साहेब कहाँ छन् अनि सबैलाई हुकुमत जमाउने नेता तथा सरकार पक्ष कहाँ छ के गर्दै छ किन के हेरेर कुरेर बसेको छ किन कडा भन्दा कडा सुरक्षा दिन सकिरहेको छैन ।
कसैको जिन्दगीसङ्ग खेलवाड गर्ने कसैलाई अधिकार छैन आफ्नो निजि जिन्दगीलाई हस्तछेप गर्ने कसैलाई अधिकार छैन तर यश बिषयलाई बस् बिषय भित्र मात्र सिमित गरेर राखिएको छ लागू कहिले हुने महिला पुरुष बराबरि हो भने बलत्कारमा माहिला मात्र मारिनु पर्ने बलत्कार गर्ने पुरुष मारिएको खै त दाईजोको निहुँमा नारि जलाउने पुरुष या जो कोहि महिला मारिएको खै बराबरि के यो बस को सिटमा मात्र लागू गरिएको हो ? हो भने आफुलाई फेरि बनबास् पठाए हुन्छ गए हुन्छ आफुलाई महापुरुष सम्झने त्यो छातिलाई ध्वस्त पारे हुन्छ कि निधारमा लेख्नु पर्यो म नपुङ्सक हो म केही गर्न सक्दिन भनेर, आफ्नो देश भित्र अत्याधिक रुपले बडिरहेको अपराधिक कुनै पनि कुरालाई स्पस्टिकरण मात्र दिएर हुदैन त्यसलाई लागू पनि गर्नु पर्यो कोहि पनि अन्यायमा नपरुन कोहि पनि रुदै न्यायको निम्ति भिख माग्दै हिड्न नपरोस् आफ्नो देशबासि र देशलाई कसरी अगाडि बढाउने भन्ने कुरामा मुख्य रुपले ध्यान जावोस् ।
जिउदै जल्नु पर्ने त्यो सती प्रथा जस्तो नबनोस् आजको समय ।
यहीँ लेख्दा लेख्दै यहीँ शब्द सिर्जना गर्दा गर्दै झापा बिर्तामोड स्थित सुगम पेट्रोलपम्प उत्तर बस्ने पच्चीस बर्षिय सिर्जना वस्नेत नग्न अवस्थामा घर अगाडि फेला परेको खबरले मन भयवित बनायो, छिया छिया बनायो यो आत्मालाई निर्मला पन्त त्यो भन्दा अगाडि एसिड प्रहारको घटना त्यस पछि बारम्बार बलत्कारको घटना हिजो सबिता भन्डारि आज सिर्जना वस्नेत दिन दिनै एक एक सिकार भैरहेको छन् भोलि कस्को खवर आउने हो कस्को मृत्यु पर्खिन पर्ने हो स्वयम् भगवानलाई थाहा छैन । सरकार के हेरिरहेको छ आफ्नै राज्यमा यस्ता गतिविधि कहिले सम्म अब समाज जागरुक हुनु पर्यो सरकारले हैन समाजले त्यस्ता अपराधि खोजि खोजि आगो लगाउनु पर्यो । देश बिकाशको नाममा लुटतन्त्र गर्ने र यस्ता अपराध गर्ने बराबरी हो । तसर्थ यी दुवैलाई जरो उखाले झै उखेलेर फाल्नु पर्छ । आज सम्झिरहेको छु रबि लामिछाने सरलाई उहाँ मात्र एक यस्तो व्यक्ति हुनुहुन्थ्यो जस्ले जरोलाई निचोरि निचोरि बाहिर ल्याउने साहस गर्थे । निडर र निस्पक्क्ष भावनाले सबैको मद्धत गर्थे देश भित्र मात्र नभएर देश बाहिर भएका हरेक नेपालीको निमित्त लड्दथे तर सरकारले उहाँको कामलाई चिन्न र बुझ्न सकेन सायद अब मेरो पनि सबै कर्तुत बाहिर आउछ कि भन्ने डरले उहाँलाई त्यो कार्यक्रम चलाउनबाट बन्चित गरियो सरकारले गर्नुपर्ने काम उहाँले गरिरहेका थिए पुलिसले गर्नुपर्ने काम उहाँले गरिरहेका थिए तर देशको चलखेलले उहाँलाई कहाँ टिक्न दियो र अब रबि लामिछाने सरको धेरै खाँचो छ यो देशमा आजको समयमा अहिलेको अवस्थामा ।
एक दिन हैन अब त बारम्बार हत्या हिंसाले शिखर नै छुन लाग्यो कसैलाई पक्राउ गरेको छैन पक्राउ परे पनि पैसाको आडमा छुट्ने हुनाले झन् अपराधिलाई प्रेरणा मिलेको छ सरकारको निमय नै यत्तिसम्म फितलो छ कि जस्ले जे गरे पनि कुनै कानुनिय मापदण्ड छैन । त्यस अपराधलाई सत्य रुपले अगाडि बढउने र सत्य रुपले कार्वाही गर्ने कोहि प्रहरिमा हैसियत छैन ।
देशलाई निडर त्यहीँ व्यक्ति चाहियो जसले देशको दुर्गन्धलाई पन्छाउन सहि बाटो अपनाउछ र सत्यतालाई सबै सामु ल्याएर अन्यायमा परेकोलाई न्याय दिन पछि हट्दैन जस्ले आजको समाज अनि देशलाई बुझेको छ चाहियो अब त चाहियो ।
ताजा
भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला
२०८३ भाद्र ३१ गते, बुधबार
भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला
२०८३ भाद्र ३१ गते, बुधबार
तामाङ कथानक चलचित्र ‘ङाला सेम्जो’ को दुई दिने विशेष प्रदर्शन सम्पन्न
२०८३ भाद्र ३१ गते, बुधबार
ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठको दक्षिण कोरियाको भ्रमण रद्ध
२०८३ भाद्र ३१ गते, बुधबार
प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आव्हान
२०८३ भाद्र ३१ गते, बुधबार
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
कोशी ब्यारेजका २७ ढोका खुल्ला
२०८३ भाद्र २२ गते, सोमबार
बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक
२०८३ भाद्र २२ गते, सोमबार
भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला
२०८३ भाद्र २२ गते, सोमबार
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार
२०८३ भाद्र १९ गते, शुक्रबारविपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री
२०८३ भाद्र १९ गते, शुक्रबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





