खुशीको खबर : ५० कित्ता पर्ने आइपियो निस्कासन हुदै, कहिले होला त निस्कासन ?

२०७८ असार २४ गते, बिहीबार

बुक विल्डिङ विधिबाट आईपीओ जारी गर्न लागेको सर्वोत्तम सिमेन्टले आइपीओ निष्कासनको काम टुङ्गो लगाउने गरी काम भगरिरहेको छ । सर्वोत्तम सिमेन्टले प्रतिकित्ता अनुमानित मूल्य ७५० रुपैयाँ राखेको छ । बुक विल्डिङ विधिबाट आईपीओ जारी गर्न लागेको सर्वोत्तम सिमेन्टले प्रतिकित्ता ७ सय ५० रुपैयाँभन्दा माथिको मूल्यमा आईपीओ बेच्ने प्रक्रिया अघि बढाएको छ । कम्पनीले सर्वसाधारणलाई सेयर बिक्री गर्दा प्राप्त हुने रकम ऋण तिर्न र व्यवसाय विस्तारमा खर्चने योजना बनाएको छ ।

सर्वोत्तम सिमेन्ट बुक विल्डिङ विधिबाट आईपीओ जारी गर्ने पहिलो कम्पनी हुने भएको छ।कम्पनीले पहिलो चरणमा न्यूनतम ७५० तय गर्ने जानकारी दिएको हो । तर शेयर निस्कासन तथा बिक्रि गर्ने बेला सम्ममा मुल्यमा हेरफेर हुन सक्ने सम्भावना छ। सर्वोत्तम सिमेन्टको प्रति सेयर आम्दानी (EPS) ५२ रुपैयाँ छ । कम्पनीको शेयरमा माग भन्दा बढी आवेदन परे पनि गोला प्रथाबाट बाँडफाँट गर्नु पर्ने अवस्था रहे पनि सर्वसाधारणले ५० कित्ताभन्दा कम शेयर पाउने छैनन् ।

पहिलो चरणमा कम्पनीको उक्त शेयरमा संस्थागत लगानीकर्ताले तोकिएको मूल्य भन्दा माथिका मूल्यमा (BID) बोलकबोल गर्ने छन् । उक्त कार्य पछी बोलकबोल गरेको मूल्यमा औसत मूल्य निकाली , औसत मूल्यमा १० प्रतिशत घटाएर सर्वसाधारणमा सेयर बेच्ने कम्पनीले जनाएको छ।कम्पनीले ८ लाख कित्ता प्रभावित स्थानीयलाई २४ लाख कित्ता संस्थागत लगानीकर्तालाइ,३ लाख कित्ता कम्पनीका कर्मचारीलाई र २५ लाख कित्ता सर्वसाधारणलाई बिक्री गर्ने छ ।

२०७६ साउनमा प्राइभेटबाट पब्लिक कम्पनीमा रूपान्तरण भएको सर्वोत्तमले चुक्ता पूँजीको १५ प्रतिशत अर्थात ६० करोड रुपैयाँ बराबरको सेयर बिक्रि गर्ने प्रक्रिया सुरु गरेको छ । कम्पनीले आफ्नो व्यवसायिक उत्पादन शुरु गरेपछि नै नाफा कमाउदै आएको र विगत ३ वर्षको औषत मुनाफा (कर पछिका) वार्षिक १०४ करोड रुपैयाँ भन्दा बढी रहेको छ। कम्पनीसंग ९० वर्ष पुग्ने चुनढुंगा खानी रहेको जनाएको छ।

कम्पनीको खानी पाल्पामा रहेको छ भने नवलपरासीमा उद्योग रहेको छ । यस उद्योगको वार्षिक दैनिक उत्पादन क्षमता ६० हजार बोरा रहेको छ ।सर्वोत्तम सिमेन्टले सर्वोत्तम ग्रिन पि. एस. सि. सिमेन्ट र सर्वोत्तम ग्रिन ओ. पि. सि. सिमेन्ट उत्पादन गरिरहेको छ । युरोपियन भि. आर. एम. मेशिनबाट उत्पादित सर्वोत्तम सिमेन्ट नेपाल कै एकमात्र पहिलो ४५०० ब्लेन सम्मको मसिनोपन भएको सिमेन्ट उत्पादन गर्दै आएको छ ।

आफ्नो सिमेन्ट उत्पादन अझै बृहत् भएपछि सिमेन्ट उपभोक्तामाझ गुणस्तरीय तथा अत्याधुनिक प्रविधिबाट उत्पादित सिमेन्टको पहुँच अझै सरल तथा सुलभ बन्ने कम्पनीको विश्वास छ । सर्वोत्तम सिमेन्ट देशका महत्त्वपूर्ण आधारस्तम्भहरु अनि ठूला परियोजना तथा गौरवशाली आयोजनालगायत पुल, बाँध, हाइड्रोपावर, धावनमार्गदेखि हाउजिङ कम्पनीको समेत पहिलो रोजाइमा पर्दै आएको कम्पनीले जनाएको छ।

2905 Views

ताजा

नवरात्रको नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गरि मनाइँदै

२०७८ आश्विन २८ गते, बिहीबार

नवरात्रको नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गरि मनाइँदै

२०७८ आश्विन २८ गते, बिहीबार

मनकामना केबलकार दसैँमा दुई दिन बन्द

२०७८ आश्विन २८ गते, बिहीबार

एसियाकै ठूलो त्रिशूली भएको पाल्पा भैरवमा दर्शनार्थी बढे

२०७८ आश्विन २८ गते, बिहीबार

सिड्नीमा १०६ दिनपछि लकडाउन अन्त्य

२०७८ आश्विन २५ गते, सोमबार

सैनिकमञ्च टुँडिखेलमा फूलपाती बढाइँ स् राष्ट्रपति सरिक हुने

२०७८ आश्विन २५ गते, सोमबार

मोतीपुर घटनाः मृतकका परिवारलाई जनही १ लाख दिइने

२०७८ आश्विन २५ गते, सोमबार

हाँस्य कलाकार मनोज गजुरेलले गरे दोस्रो बिहे

२०७८ आश्विन २५ गते, सोमबार

सोलुखुम्बुमा अधिकांश कार्यालय प्रमुखले दशैँ बिदा अघि नै छाडे कार्यालय

२०७८ आश्विन २५ गते, सोमबार

कास्कीमा जिप दुर्घटना हुँदा आठ जनाको घटनास्थलमै मृत्यु

२०७८ आश्विन २५ गते, सोमबार

मोरङको सिटिजन्स बैंकको शाखामा चल्यो गोली

२०७८ आश्विन २५ गते, सोमबार

लोकप्रिय

सुरजवीर बज्राचार्यको नयाँ गीत ‘हाकुमैंचा’ सार्वजनिक (गीतसहित)

२०७८ भाद्र ६ गते, आईतवार

जेफ बेजोसले आज अंतरिक्षको उडान भर्ने, यो यात्रामा के–के होला

२०७८ श्रावण ५ गते, मंगलवार

खुशीको खबर : ५० कित्ता पर्ने आइपियो निस्कासन हुदै, कहिले होला त निस्कासन ?

२०७८ असार २४ गते, बिहीबार

खुशीकाे खबर ! ३३ करोडको आईपीओ निष्कासन हुँदै, अब पैसा जम्मा गर्नुहाेस् ।

२०७८ असार २४ गते, बिहीबार

खुशीको खबर : ५० कित्ता पर्ने आइपियो निस्कासन हुदै, कहिले होला त निस्कासन ?

२०७८ असार २४ गते, बिहीबार

यूनियन लाइफ इन्स्योरेन्सको आईपीओमा कति पर्यो आवेदन ?

२०७८ असार २४ गते, बिहीबार

कहिले हुँदैछ मैलुङखोला जलविद्युतको आइपीओ निष्कासन ? जान्नुहोस

२०७८ असार २४ गते, बिहीबार

फेरि माछापुच्छ्रे बैंक लिमिटेडले सबैलाई पुग्निगरी ३० कित्ता असार ३१ गतेबाट निष्काशन

२०७८ असार २३ गते, बुधबार

बिहीबारदेखि युनियन लाइफको साधारण सेयर बिक्री खुल्ला, कति दिन पाइन्छ आवेदन ?

२०७८ असार २३ गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal