यसकारण निफ्राका सेयरधनीको भबिस्य अत्यन्तै राम्रो छ

२०७८ असार २२ गते, मंगलवार

नेपाल इन्नफ्रास्ट्रचर बैंक (निफ्रा) का प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले बैंकले तत्कालै नभएर दीर्घकालमा राम्रो प्रतिफल दिने बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) सँगको अन्तक्रियामा बैंकले तत्कालै प्रतिफल दिन नसक्ने बताएका हुन् ।

“निफ्राले तक्कालै प्रतिफल दिन सक्ने अवस्था छैन । तत्काल प्रतिफल दिनको लागि हामीसँग रिजर्भ पर्याप्त हुनुपर्यो जुन हामीसँग छैन,” उनले भने, “बैंकसँग जम्मा दुई अर्बको रिजर्भ छ, अहिले नगद दिने भन्दा त्यसलाई पुँजीकरण गर्ने बाटोमा जानु राम्रो हुन्छ ।” दीर्घकालिन प्रतिफलको लागि बैकमा लगानी गर्नु राम्रो हुने उनले बताए । अन्तर्राष्ट्रिय अभ्यास पनि पुर्वाधार बैंकलाई दीर्घकालिन प्रतिफलका लागि लगानी गर्ने संस्था रुपमा लिइने उनको दाबी छ ।

बैंकहरुमा सुरवाती समयमा आपुर्ति कम हुँदा मूल्य बढेको तर मूल्य बढ्दै जाँदा सप्लाई पनि बढेको साथै अहिले बजार पनि घट्दो क्रममा रहेकोले मूल्य घटेको उनले बताए । “निफ्रा सबैभन्दा धेरै सेयर सहित बजारमा आयो । आईपीओ बाँडफाड हुँदा धेरैजसो सेयर होल्ड गर्ने लगानीकर्तामा पुग्यो,” उनले भने, “तर आइपीओ भर्ने १०–१२ लाख लगानीकर्तासँग ब्रोकर खाता नै थिएन, त्यसले गर्दा सेयर छरिएर बजारमा गयो ।” ब्रोकर खाता भएकासँग सिमिति संख्यामा सेयर भएकाले सुरुका दिनमा कम्पनीको मूल्य बढेर गएको दाबी उनको छ ।

तर, मूल्य बढ्न लागेपछि बजारभन्दा बाहिर भएको सेयर पनि ब्रोकर खाता खोलेर बिक्री गर्न थालियो, जसले गर्दा बजारमा निफ्राको सेयर आपुर्ति पनि बढेको उनले बताए । अहिले सेयर बजारमा नेप्सेसँगै अरु कम्पनीको मूल्य घटिरहेको अवस्थामा निफ्राको पनि मूल्य घटेको उनले बताए । “अहिले नेप्से सँगै अन्य कम्पनीको मूल्य पनि घटिरहेको छ, यस्तो बेलामा निफ्राकै मात्रै मूल्य बढ्ने हुँदैन, सेयर बजारको यात्रा (मूल्य बढ्ने कि घट्ने) माग र आपुर्तिले तय गर्छ,” उनले भने, “हाम्रो बजारमा फन्डामेन्टल हेरेर लगानी गरिँदैन । १५ सय रुपैयाँ मूल्य भएका कम्पनीको मूल्य पनि फन्डामेन्टलले औचित्य पुष्टि गर्दैन । २ सय रुपैयाँ सेयर मूल्य भएका कम्पनीको पनि फन्डामेन्टल हेर्दा त्यति नहुनुपर्ने जस्तो लाग्छ ।” १५ सय मूल्य भएको कम्पनीको फन्डामेन्टल हेर्दा त्यसको मूल्य ४/५ सय भन्दा बढी नहुनुपर्ने जस्तो लाग्ने उनले बताए । सेयर बजारमा कम्पनीको फन्डामेन्टल कम्पनीको मूल्यको औचित्य नेपाल र भारतमा पनि पुष्टी नगर्ने उनको तर्क छ ।

“अहिले अधिकांश देशका सेयर बजार ‘अल टाइम हाइ’ छ, जुन कम्पनीको ‘पर्फमेन्स’ले हैन बजारको अन्य कारकले हो,” उनले भने, “ अहिले ब्याजदर कम छ, तरलता पर्याप्त छ, राहत प्याकेज स्वरुप विभिन सहुलियत छन् ।” बजारमा मनि फ्लो बढी भयो भने सेयर बजार बढ्ने दाबी उनले गरे । पछिल्लो समय मनि फ्लो घट्दै गएको र ब्याजदर पनि बढ्ने संकेत देखिँदा बजार घट्दै गएको उनको भनाइ छ ।

अहिलेको अवस्थामा निफ्राको चुक्ता पुँजी २० अर्ब हो । बैंकले आम्दानी गर्ने स्रोत भनेको २० अर्बको पुँजी ‘इन्जेक्ट’ गरेर आएको रिर्टन, संस्थाहरुलाई प्रदान गरेको सेवा वापतको रिटर्न, २० अर्ब पुँजीको आधारमा २ सय अर्बसम्मको व्यवसाय (निक्षेप कर्जा परिचालन) गर्नसक्ने माइलेजबाट हुने आम्दानी हो । बैंकले २ प्रतिशत मार्जिन राखेर वर्षमा २० अर्ब लगानी गर्दा ४० करोड कमाउँछ । यसमा अरु आम्दानी जोडेर हुने कमाइ २० अर्ब होल्ड गर्ने लगानीकर्तामा बाँडिन्छ ।

3966 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

तामाङ कथानक चलचित्र ‘ङाला सेम्जो’ को दुई दिने विशेष प्रदर्शन सम्पन्न

२०८३ भाद्र ३१ गते, बुधबार

ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठको दक्षिण कोरियाको भ्रमण रद्ध

२०८३ भाद्र ३१ गते, बुधबार

प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आव्हान

२०८३ भाद्र ३१ गते, बुधबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal