यसकारण निफ्राका सेयरधनीको भबिस्य अत्यन्तै राम्रो छ

नेपाल इन्नफ्रास्ट्रचर बैंक (निफ्रा) का प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले बैंकले तत्कालै नभएर दीर्घकालमा राम्रो प्रतिफल दिने बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) सँगको अन्तक्रियामा बैंकले तत्कालै प्रतिफल दिन नसक्ने बताएका हुन् ।
“निफ्राले तक्कालै प्रतिफल दिन सक्ने अवस्था छैन । तत्काल प्रतिफल दिनको लागि हामीसँग रिजर्भ पर्याप्त हुनुपर्यो जुन हामीसँग छैन,” उनले भने, “बैंकसँग जम्मा दुई अर्बको रिजर्भ छ, अहिले नगद दिने भन्दा त्यसलाई पुँजीकरण गर्ने बाटोमा जानु राम्रो हुन्छ ।” दीर्घकालिन प्रतिफलको लागि बैकमा लगानी गर्नु राम्रो हुने उनले बताए । अन्तर्राष्ट्रिय अभ्यास पनि पुर्वाधार बैंकलाई दीर्घकालिन प्रतिफलका लागि लगानी गर्ने संस्था रुपमा लिइने उनको दाबी छ ।
बैंकहरुमा सुरवाती समयमा आपुर्ति कम हुँदा मूल्य बढेको तर मूल्य बढ्दै जाँदा सप्लाई पनि बढेको साथै अहिले बजार पनि घट्दो क्रममा रहेकोले मूल्य घटेको उनले बताए । “निफ्रा सबैभन्दा धेरै सेयर सहित बजारमा आयो । आईपीओ बाँडफाड हुँदा धेरैजसो सेयर होल्ड गर्ने लगानीकर्तामा पुग्यो,” उनले भने, “तर आइपीओ भर्ने १०–१२ लाख लगानीकर्तासँग ब्रोकर खाता नै थिएन, त्यसले गर्दा सेयर छरिएर बजारमा गयो ।” ब्रोकर खाता भएकासँग सिमिति संख्यामा सेयर भएकाले सुरुका दिनमा कम्पनीको मूल्य बढेर गएको दाबी उनको छ ।
तर, मूल्य बढ्न लागेपछि बजारभन्दा बाहिर भएको सेयर पनि ब्रोकर खाता खोलेर बिक्री गर्न थालियो, जसले गर्दा बजारमा निफ्राको सेयर आपुर्ति पनि बढेको उनले बताए । अहिले सेयर बजारमा नेप्सेसँगै अरु कम्पनीको मूल्य घटिरहेको अवस्थामा निफ्राको पनि मूल्य घटेको उनले बताए । “अहिले नेप्से सँगै अन्य कम्पनीको मूल्य पनि घटिरहेको छ, यस्तो बेलामा निफ्राकै मात्रै मूल्य बढ्ने हुँदैन, सेयर बजारको यात्रा (मूल्य बढ्ने कि घट्ने) माग र आपुर्तिले तय गर्छ,” उनले भने, “हाम्रो बजारमा फन्डामेन्टल हेरेर लगानी गरिँदैन । १५ सय रुपैयाँ मूल्य भएका कम्पनीको मूल्य पनि फन्डामेन्टलले औचित्य पुष्टि गर्दैन । २ सय रुपैयाँ सेयर मूल्य भएका कम्पनीको पनि फन्डामेन्टल हेर्दा त्यति नहुनुपर्ने जस्तो लाग्छ ।” १५ सय मूल्य भएको कम्पनीको फन्डामेन्टल हेर्दा त्यसको मूल्य ४/५ सय भन्दा बढी नहुनुपर्ने जस्तो लाग्ने उनले बताए । सेयर बजारमा कम्पनीको फन्डामेन्टल कम्पनीको मूल्यको औचित्य नेपाल र भारतमा पनि पुष्टी नगर्ने उनको तर्क छ ।
“अहिले अधिकांश देशका सेयर बजार ‘अल टाइम हाइ’ छ, जुन कम्पनीको ‘पर्फमेन्स’ले हैन बजारको अन्य कारकले हो,” उनले भने, “ अहिले ब्याजदर कम छ, तरलता पर्याप्त छ, राहत प्याकेज स्वरुप विभिन सहुलियत छन् ।” बजारमा मनि फ्लो बढी भयो भने सेयर बजार बढ्ने दाबी उनले गरे । पछिल्लो समय मनि फ्लो घट्दै गएको र ब्याजदर पनि बढ्ने संकेत देखिँदा बजार घट्दै गएको उनको भनाइ छ ।
अहिलेको अवस्थामा निफ्राको चुक्ता पुँजी २० अर्ब हो । बैंकले आम्दानी गर्ने स्रोत भनेको २० अर्बको पुँजी ‘इन्जेक्ट’ गरेर आएको रिर्टन, संस्थाहरुलाई प्रदान गरेको सेवा वापतको रिटर्न, २० अर्ब पुँजीको आधारमा २ सय अर्बसम्मको व्यवसाय (निक्षेप कर्जा परिचालन) गर्नसक्ने माइलेजबाट हुने आम्दानी हो । बैंकले २ प्रतिशत मार्जिन राखेर वर्षमा २० अर्ब लगानी गर्दा ४० करोड कमाउँछ । यसमा अरु आम्दानी जोडेर हुने कमाइ २० अर्ब होल्ड गर्ने लगानीकर्तामा बाँडिन्छ ।
ताजा

काठमाडौंमा आज राप्रपा नेपालले प्रदर्शन गर्ने
२०८२ बैशाख १५ गते, सोमबार
काठमाडौंमा आज राप्रपा नेपालले प्रदर्शन गर्ने
२०८२ बैशाख १५ गते, सोमबार
सबै शिक्षक र कर्मचारीलाई काठमाडौं आउन महासंघले ग¥यो अपिल
२०८२ बैशाख १५ गते, सोमबार
झडपमा परी ६३ जना शिक्षकहरू घाइते
२०८२ बैशाख १४ गते, आईतवार
ओली नेतृत्वको सरकार अहिले ढल्न हुँदैन, हामीलाई अझै गिरेको हेर्नुछः मनिष झा
२०८२ बैशाख १४ गते, आईतवार
सांसद राईलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
२०८२ बैशाख १४ गते, आईतवार
अभिनेत्री अरुणिमा लम्सालद्वारा श्रीमान श्रेष्ठविरुद्ध सम्बन्धविच्छेद र सम्पत्ति बाँडफाँडको मुद्दा दायर
२०८२ बैशाख १४ गते, आईतवार
गगन थापाप्रति दया लागेको प्रधानमन्त्री ओलीको टिप्पणी, ‘विचौलियाको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म’को आरोप प्रमाणित गर्न चूनौति
२०८२ बैशाख १४ गते, आईतवार
सत्ता समिकरण फेरबदल नहुने देउवाको प्रतिक्रिया
२०८२ बैशाख १२ गते, शुक्रबार
सरकार परिवर्तनको न्यूज हेरेर हामी आँफै छक्क पर्यौंः आरजु राणा
२०८२ बैशाख १२ गते, शुक्रबार
वर्तमान सरकारले देश र जनताको हित हुने काम गरेको छ : महासचिव पोखरेल
२०८२ बैशाख १२ गते, शुक्रबारलोकप्रिय

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार
गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल
२०८१ माघ २९ गते, मंगलवार
बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
२०८१ आश्विन २० गते, आईतवार
भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा
२०८१ आश्विन १९ गते, शनिबार
‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक
२०८० चैत्र २२ गते, बिहीबार
मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ
२०८० मंसिर २९ गते, शुक्रबार
मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’
२०८० आश्विन १५ गते, सोमबार
दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो
२०८० भाद्र २२ गते, शुक्रबार