हिसाब माग्ने बिरोधिहरुलाइ रवि लामिछानेको ११ बुदे सन्देश

२०७८ असार २१ गते, सोमबार

काठमाण्डौ
पत्राकार रवि लामिछाने द्धारा फेसबुकमा लेखिएको सन्देश
कसैलाई स्पष्टीकरण दिन होईन, शुभेच्छुकहरुको भावनाको सम्मान गर्दै कसैमा भ्रम नपरोस् भनेर निकै समय खर्च गरेर अलि लामो लेखेको छु। बुँदा बुँदा पढेर मात्र प्रतिक्रिया दिनु होला। People only hear what they want to hear,so do not waste time with explanation भन्ने प्रशिद्द भनाइ नै छ। त्यसैले आफुले चाहेको जस्तो मात्र सुन्न चाहनेहरुले नपढ्नु भए पनि हुन्छ। निकै लामो छ, समय खेर जान्छ। बाँकी स्वतन्त्र जिज्ञाशुहरुका लागि ११ बुँदामा प्रष्ट पार्ने प्रयास गर्दैछु।
१) जनमैत्री अस्पताल मेरो होइन, मेरो कुनै अस्पताल छैन। एक मुठ्ठी श्वासका लागि संघर्ष गर्नु पर्ने ति दिनमा मास्कले मुख छोपेर लुक्नेहरुलाई सम्झाउँ कि जनमैत्री मात्र होइन, मनमोहन,वीर, पाटन,NMC, धरानको BP, नेपालगंजको Western, चरिकोट, धुलिखेल सहित देश भरका १८ वटा अस्पतालमा हामीले बिपन्न बिरामीको मद्दत गर्यौं। अझै गर्दैछौं। यी कुनै अस्पताल मेरा होइनन्, कुनै बिरामी मेरा आफन्त होएनन्।
२) कोभिड प्रोटोकल अनुसार उपचार गर्दा लाग्ने खर्च भन्दा बढी रकम बिरामीलाई तिराउने कुनै पनि अस्पतालका विरुद्ध म अग्र पंक्तिमा छु। जनमैत्रीको विषयमा त झनै निर्मम ढंगले अद्य्ययन गरिने छ। केही हप्तामा म आफ्नो कार्यक्रम लिएर फेरि आउदैछु, प्रमाण सहित गुनासो लिएर आउनु होला। म तपाईंको साथमा छु। त्यति बेला प्रमाण सहित मेरै पनि जमेर बिरोध गर्न पाइने कुराको ग्यारेन्टी दिन्छु।
३) शुरुमा ज्यान बचाइदिए पुग्छ भन्ने, अनि ज्यान बाँचेपछि पैसा तिर्नु पर्छ भनेर उल्टो ज्यानै मारौंला झै अस्पतालकर्मी र हामीलाई झम्टिने ूकेहीू मानिसहरुलाई पाप धर्मको पनि ख्याल राख्नु हुन अनुरोध गर्न चाहन्छु र भगवान सँग उहाँहरुको दीर्घ जीवनको कामना गर्न चाहन्छु।अर्काले गाँस काटेर देश विदेशबाट दिएको पैसा,ब्राण्डेड लुगा(जुत्ता र दुबै कानमा हिराको टप लगाएर गरिब छु भन्ने केही ूनक्कली गरिबहरुू लाई नदिएकै हो। तर हरेक गुनासो कर्ताहरु प्रति यो कुरा लागू हुदैन। वास्तविक पीडितसँग हामीपनि साथमा छौ।असावधानीका कारण छुट्न गएका कोही पीडितको वास्तविकता उजागर गरिदिने र सहि नियत राखी यो विषय उठाउने मिडिया र आम सर्वसाधारण प्रति आभार व्यक्त गर्द्छु। छुटेका ती सबै लाई साथ र सहयोग निरन्तर गर्नेछौं।
४) कोभिड महामारी नियन्त्रणमा आए पछि जनमैत्री अस्पतालसँगको सल्लाहमा आधिकारिक रुपमा पत्र नै लेखेर अलग्गिएका हौं,हामीले बिपत्तिमा आफ्नो जिम्मेवार भुमिका निभाएका हौं,यो हाम्रो सेवा हो पेशा होइन। भै परि आए हामी सदैव साथमा छौ भन्ने कुरा लेखेरै दिएका छौ। आज सम्मपनि सहयोग र समन्वय गर्ने काम छोडेका छैनौं।
५) हामीले यो कार्य गर्न कसैसँग एक पैसा मागेका छैनौं, मनकारी मानिसहरुको निरन्तरको अनुरोधमा सबै हिसाब पारादर्शि राखेर पीडित समक्ष पुर्याउने कामको समन्वय मात्र गरेका हौं। त्यसको पनि संपुर्ण विवरण आम नागरिक,समाज कल्याण परिषद र सहयोगी ब्यक्ति एवं संस्थालाई समयमै जानकारी गराउछौं।हामीले आफ्नो कामको जनलेखापरिक्षण मात्र होइन तोकिएको समयसिमा भित्र वास्तविक लेखापरीक्षण नै गराउदै आएका छौ।
६) अझै पनि कोहि बिपन्न बिरामी माथी जनमैत्री अस्पतालले अन्याय गरेको रहेछ भने तपाइको पैसा र क्षतिपुर्ती, ब्याज सहित तिराउन कटिबद्ध छु।गर्न सकिनछु भने यो जीवनमा टिभिमा अनुहार देखाउदिन। ढुक्क हुनुहोस्। यसकालागि, तपाईलाई तमासा बनाउनेलाई होइन सोझै मलाई भेट्नु होला। बालुवाटारमा अफिस छ, इच्छुक धेरैसँग सजिलै सधै भेट हुन्छ। सार्वजनिक मान्छे हुँ, कसैले हरायो भन्दैमा हराउछु ररु एकाध बेसुरे बाजा नसुन्नुस्, ब्याण्ड नै बजाउन चाडै आउदैछौ।
७) पछिल्लो समय एक पछि अर्का घटनाले यो समाजमा केहि काम गरिरहेकाहरु आलोचित छन्।केही असल छ्न् ,केही खराब छ्न्, केही असल भएको नाटक गर्न माहिर छन्, केही साफ नियत हुदा हुदैपनिअन्य कमजोरीका कारण आलोचित हुन बाध्य छन्। तर सबैलाई एउटै बास्केटमा हाल्ने काम ठिक होइन। स्पष्ट सँग भन्नू पर्दा कुनै खराब ब्यक्तीको खराब कर्मको भार हाम्रो निर्दोष टाउकोले बोक्दैन। जसको हो उसैलाई भन्नुस्, हाम्रो कान नखानुस्।
८) हरेक कृयाकलाप चुस्त दुरुस्त राखेका छौं।यो देशमा संचालीत कुनै पनि संस्था भन्दा हाम्रो,फाउन्डेसन कुनै पनि रुपमा, कुनैपनि एंगलबाट कमजोर, निकम्मा,नियम र कानुनको दायरा भन्दा बाहिर रहेको पाइएमा जस्तो सुकै सजाय भोग्न तयार छु। यो मेरो आग्रह होइन, चुनौती हो। हरेक हिसाब र हरेक गतिविधि प्रष्ट सँग rlfnepal.org.npमा राखेका छौ। आवस्यकता अनुसार समय समयमा अपडेट पनि गर्छौं।
९) म र मेरो टिमले यी कामहरु कसैले कर लगाएर गरेका होइनौं, आफ्नै रहर र ईच्छाले गरेका हौं। यसमा शंका गर्ने, प्रश्न गर्ने मात्र होइन पत्यार लागेर नलागे साफ गाली गर्न समेत पाइन्छ। बिरोधको आवाज सुन्न नसक्ने मान्छे म होइन। अझै भन्नु पर्दा,जीवनमा प्रगति गर्न उल्लेख्य मात्रामा टप क्वालिटीका बिरोधिहरुको आवश्यकता पर्दछ तर ताइ न तुइका बिरोध र आलोचनाको पनि जवाफ दिन चाहिँ झ्याउ लाग्छ, टाइम पनि हुदैन। मैले आजसम्म सामाजिक संजालमा कसैलाई ब्लक गरेको पनि छैन। तल्लो भन्दा तल्लो स्तरको गाली गलौज गर्नेहरु लाई पनि ब्लक गरेको छैन अझ यसो भनौं, अन्य अफेन्सिभ सामग्री राख्नेहरु बाहेक मलाई गाली गरेका कारण कसैलाई ब्लक गरेको छैन,गर्दीन पनि।।।
१०) आफुले गरेको कामको सकेसम्म कम प्रचार गर्ने मेरो उद्देश्य रहन्छ। देशमा जुनसुकै विपत्ति आइपरेपनि सकेसम्म सबै भन्दा पहिला पुग्ने प्रयास गर्छु। हल्ला नगर्ने बिचार थियो तर बेकामे हल्लाले ज्यादै डिस्टर्व गरेकाले हाम्रो टिम प्रत्येक दिन कहाँ कहाँ सक्रिय छ भन्ने हल्का जानकारी दिन केही तस्वीरहरु तल सार्वजनिक गरेको छु। सहयोग माग्दै निरन्तर आउने कलहरुलाई इग्नोर गर्न सकिदैन, त्यसैले प्रत्येक दिन जागीर गुमेका,भाडा तिर्न नसकेका,भोका पेटहरुको सेवामा हाम्रा साथीहरू लागिपरेका छन्। निरन्तर हाम्रो समन्वयमा सहयोग प्राप्त गरेका आम सर्वसाधारणको इन्टर्भ्यु मात्र राख्ने हो भने धेरै च्यानललाई २र४ वर्षलाई नै पुग्ने कन्टेन्ट बन्छन् । हामीले त्यस्तो प्रचार चाहेनौं, चाहन्नौं। खैर,कोइ बात छैन। तपाईं २र४ मान्छे र कमजोरी खोज्दै गाली गर्नुस् हामी हजारौंको सेवा गरेर आफ्नो शिर माथि आशीर्वाद थाप्छौं।को कहाँ पुग्दो रैछ,कुनै दिन कुनै मोडमा भेटिए समिक्षा गरौला। यस बाहेक पछि लाग्ने हरेक ड्ट कम हरुको जवाफ दिन म भ्याउदिन। बरु बेस्कन गाली खान्छु।
११) पाइला पाइलामा अपमानित गर्न र सिध्याउन कसैको निर्देशन र तलब थापेर साबुन पानी र सेनेटाइजर दलेरै पछि लागिरहनु भएकाहरु र उहाँहरुलाई त्यसो गर्न अह्राउने हरुलाई मेरो अन्तिम जानकारी,जुम गरेर हेर्नू होलास् जुन दिनसम्म मानिस निष्ठा र इमान छोड्दैन त्यस दिनसम्म जसले लाख प्रयास गरेपनि उ ढल्दैन, हल्लिन्न। इमान छोडेको दिन कसैले केही गर्नै पर्दैन।। आफै ढल्छ,आफै सक्किन्छ। आफ्नो समय र शक्ति म बबुरो माथी खर्च नगर्नुस्।महोदय, देशमा धेरै मुद्दा छन्। एक पटक आफ्नो माइक र क्यामेरा सहि दिशामा तेर्साएर त हेर्नुहोस्। र म समस्त दाजुभाइ दिदिबहिनीहरुमा आफ्नो उहि वाचा फेरि दोहोर्याउछु कि म यो जीवनमा आफ्नो इमानको अडानबाट डेग चलेको छैन,डेग चल्दिन।हो,धेरैलाई सहयोग गर्दा र समेट्दा असावधानीवश केही छुटे होलान्, कसैको कमी कमजोरी र गल्तीले कोहि अन्यायमा परे पनि होलान्। तर नियत खराब छैन। यि विषयहरुमा अब केही वर्ष सम्मका लागि यहि पोस्ट बाट काम चलाइदिनु होला। धन्यवाद। उफ्।। कति लामो भएछ।

साभार ;पत्राकार रवि लामिछानेको फेसबुक

489 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै

२०८३ जेष्ठ २२ गते, शुक्रबार

थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै

२०८३ जेष्ठ २२ गते, शुक्रबार

हाउसफूल हुँदै ‘रोल नं १’

२०८३ जेष्ठ २१ गते, बिहीबार

यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार

२०८३ जेष्ठ २१ गते, बिहीबार

विद्यालयका कर्मचारीहरूद्वारा आन्दोलनको घोषणा

२०८३ जेष्ठ २१ गते, बिहीबार

एसियन गेम्स क्वालिफायरः मलेसियाविरुद्ध नेपालको सहज जित

२०८३ जेष्ठ २१ गते, बिहीबार

टिकटकर तुलसा अधिकारी पुर्पक्षका लागि जेल चलान

२०८३ जेष्ठ २१ गते, बिहीबार

आफूहरू बाध्य भएर पार्टी छाड्ने निर्णयमा पुग्यौंः डा. राणा

२०८३ जेष्ठ २१ गते, बिहीबार

अन्ततः राप्रपामा फुट्यो, महामन्त्री डा. धवलशम्शेर राणासहित १८३ नेताद्वारा सामूहिक राजीनामा

२०८३ जेष्ठ २१ गते, बिहीबार

हिन्दुधर्म विश्वको पुरानो धर्म

२०८३ जेष्ठ २० गते, बुधबार

पुष्प वर्षासहित भाजपा मुख्यालयमा रविको भव्य स्वागत

२०८३ जेष्ठ १९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal