छानविन समितिप्रति काठमाडौं ७ का क्षेत्रीय सभापति मुकुन्द रिजालको आपत्ति

२०७८ असार २० गते, आईतवार

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन भदौ १६ देखि काठमाडौमा हुँदैछ । महाधिवेशनको मुखमा केही विवाद देखिएका छन् । क्रियाशील सदस्यताको विवादले कांग्रेस अप्ठेरोमा परेको छ ।
क्रियाशील सदस्यता छानबिन गर्न पार्टीले केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा बनाएको समितिलाई आजसम्म नामावली टुङ्ग्याउने जिम्मा दिइएको छ । काठमाडौका पनि धेरैजसो क्षेत्रमा विवाद देखिएको छ । विवाद हुनुमा एकले अर्कालाई आरोप लगाउँदै आएका छन् । क्षेत्र नम्वर ७ का सभापति मुकुन्द रिजालले छानविन समितिमाथि नै प्रश्न उठाए । ‘छानविन समिति राजाको पालाको जस्तो हुकुमी शैलीले अघि बढेको छ यसमा मेरो आपत्ति छ, पार्टीको विधान, नियमावली र परिपत्रलाई मिच्ने अधिकार उसलाई छैन’ रिजालले भने ‘ हामीले इन्ट्री गरेको नाम नै वैध हो, मुहार हेरेर क्रियाशीलताको टुंगो लगाउने काम हुँदैछ, यो गलत छ ।’ उनले नयाँ र पुरानो गरी ३ हजार क्रियाशील सदस्य रहेको बताए ।
उनले गुटको आधारमा क्रियाशीलता दिन खोज्नुले पार्टीलाई संकटमा पारेको भन्दै आपत्ति जनाए । उनले आफूले केन्द्रमा नाम पठाउँदा कसैलाई पनि भेदभाव नगरेको र मापदण्ड पुगेकालाई सिफारिस गरेको स्पष्ट पारे ।

292 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै

२०८३ जेष्ठ २२ गते, शुक्रबार

थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै

२०८३ जेष्ठ २२ गते, शुक्रबार

हाउसफूल हुँदै ‘रोल नं १’

२०८३ जेष्ठ २१ गते, बिहीबार

यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार

२०८३ जेष्ठ २१ गते, बिहीबार

विद्यालयका कर्मचारीहरूद्वारा आन्दोलनको घोषणा

२०८३ जेष्ठ २१ गते, बिहीबार

एसियन गेम्स क्वालिफायरः मलेसियाविरुद्ध नेपालको सहज जित

२०८३ जेष्ठ २१ गते, बिहीबार

टिकटकर तुलसा अधिकारी पुर्पक्षका लागि जेल चलान

२०८३ जेष्ठ २१ गते, बिहीबार

आफूहरू बाध्य भएर पार्टी छाड्ने निर्णयमा पुग्यौंः डा. राणा

२०८३ जेष्ठ २१ गते, बिहीबार

अन्ततः राप्रपामा फुट्यो, महामन्त्री डा. धवलशम्शेर राणासहित १८३ नेताद्वारा सामूहिक राजीनामा

२०८३ जेष्ठ २१ गते, बिहीबार

हिन्दुधर्म विश्वको पुरानो धर्म

२०८३ जेष्ठ २० गते, बुधबार

पुष्प वर्षासहित भाजपा मुख्यालयमा रविको भव्य स्वागत

२०८३ जेष्ठ १९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal