मस्तिष्क र हड्डीका लागि फाइदाजनक आँप

२०७८ जेष्ठ २८ गते, शुक्रबार

एजेन्सी

फलफूलको राजा आँप बच्चादेखि बुढासम्मका व्यक्तिका लागि मनपर्ने फल हो । आँप स्वादमा मात्र होइन पोषक तत्वको भण्डार पनि हो । आँपको सेवनले धेरै प्रकारका रोगहरुबाट पनि बच्न सकिन्छ । आँपले “ह्यापी हर्मोन” उत्पादन गर्ने चिकित्सकहरु बताउँछन् । बच्चाहरु पनि आँप निकै मन पराउँछन् । ८ महिनाभन्दा बढीका बालबच्चालाई आँप खुवाउन सकिन्छ । आँपले बच्चाहरुको मानसिक विकास गर्नुका साथै पाचन तन्त्र पनि ठिक गराउँछ भने यसले रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँछ ।

१। दिमाग र हड्डीको विकास
आँपको सेवनले बच्चाको दिमाग र हड्डिहरुको विकास गर्छ । आँपमा थुप्रै प्रकारका पोषक तत्वहरु पाइन्छ । क्याल्शियम, बेटा क्यारोटिन, भिटामिन ए जस्ता तत्वहरुले बच्चाको हड्डीको छिटो वृद्धि विकास गराउँछ भने स्मरण शक्तिमा पनि वृद्धि गर्छ ।

२। तुरुन्त शक्ति प्राप्त गर्न
बच्चाहरु धेरै चल्ने भएकाले उनीहरुमा शक्ति छिट्टो कम हुन्छ । त्यसैले तुरुन्त शक्ति प्राप्त गर्न आँपको सेवन गर्न सकिन्छ । भिटामिन सी र मिनरल्स जस्ता पदार्थहरु हुने भएकाले आँपले मांसपेशी र हड्डीको विकासका लागि रोकावट हुन दिँदैन । भिटामिन बी ६ र बी २ जस्ता तत्वका कारण बच्चाहरुलाई तुरुन्त शक्ति ल्याउनका लागि आँप खुवाउन सकिन्छ ।

३। आँखा र मुटु
मुटु र आँखाका लागि निकै फाइदाजनक मानिन्छ । भिटामिन ए हुने भएकाले आँखाको ज्योती पनि बढाउँछ । आँपमा हुने बायोकेमिकल्सले आँखा बिग्रिनबाट पनि बचाउँछ । पोटाशियम र म्याग्नेशियम पनि हुने भएकाले रक्तचाप पनि सन्तुलनमा ल्याउँछ ।

४। रोग प्रतिरोधात्मक क्षमता
आँपमा भरपूर मात्रामा भिटामिन सी हुने भएकाले रोग प्रतिरोधात्मक क्षमता मजबुत गराउँछ । बाहिरी इन्फेक्सनबाट पनि बचाउँछ । भिटामिन ई र भिटामिन बी ६ हुने भएकाले आँपले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।

५। पाचन तन्त्र मजबुत
आँपमा प्राकृतिक कार्बोहाइड्रेट्स हुन्छ । जसले पाचन प्रक्रियालाई सक्रिय बनाउँछ । फाइबर र पोटासियम हुने भएकाले बच्चालाई फाइदा पनि गर्छ । डाइजेस्टिव एंजाइम्स हुने भएकाले पाचनसम्बन्धी समस्या टाढा बनाउँछ ।

328 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै

२०८३ जेष्ठ २२ गते, शुक्रबार

थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै

२०८३ जेष्ठ २२ गते, शुक्रबार

हाउसफूल हुँदै ‘रोल नं १’

२०८३ जेष्ठ २१ गते, बिहीबार

यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार

२०८३ जेष्ठ २१ गते, बिहीबार

विद्यालयका कर्मचारीहरूद्वारा आन्दोलनको घोषणा

२०८३ जेष्ठ २१ गते, बिहीबार

एसियन गेम्स क्वालिफायरः मलेसियाविरुद्ध नेपालको सहज जित

२०८३ जेष्ठ २१ गते, बिहीबार

टिकटकर तुलसा अधिकारी पुर्पक्षका लागि जेल चलान

२०८३ जेष्ठ २१ गते, बिहीबार

आफूहरू बाध्य भएर पार्टी छाड्ने निर्णयमा पुग्यौंः डा. राणा

२०८३ जेष्ठ २१ गते, बिहीबार

अन्ततः राप्रपामा फुट्यो, महामन्त्री डा. धवलशम्शेर राणासहित १८३ नेताद्वारा सामूहिक राजीनामा

२०८३ जेष्ठ २१ गते, बिहीबार

हिन्दुधर्म विश्वको पुरानो धर्म

२०८३ जेष्ठ २० गते, बुधबार

पुष्प वर्षासहित भाजपा मुख्यालयमा रविको भव्य स्वागत

२०८३ जेष्ठ १९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal