बालकृष्ण बुर्लाकोटी भारी मतले विजयी

२०७८ जेष्ठ २२ गते, शनिबार

काठमाण्डौं । लायन्स क्लब इन्टरनेशनल मल्टिपल ३२५ को कम्भेन्सन आज सम्पन्न भएको छ । उक्त कन्भेन्सनबाट इन्टरनेशनल डाईरेक्टरको लागि एलसिआईएफ एरिया लिडर अन्तरास्ट्रिय निर्देशक इन्डोर्सि बालकृष्ण बुर्लाकोटीको विजयी हुनु भयको छ ।
अन्तरास्ट्रिय निर्देशकको लागि नेपालका चारवटा डिष्ट्रिक्ट मध्य दुई वटाबाट उम्मेदवारी दिईएको थियो । जसअनुसार ए १ बाट खगेन्द्र सिटौला र बि १ बाट बालकृष्ण बुर्लाकोटीबिच भएको मतदानमा कुल मतदाता २९८२ मध्य २९३४ मत खसेको मा १६४४ मत ल्याइ बुर्लाकोटी बिजय भएको हो प्रतिद्वन्द्वी खगेन्द्र सिटौला भने ११९० मात्र मत प्राप्त भएकोले बुर्लाकोटिलाइ अब अन्तरास्ट्रिय निर्देसकको लागि बाटो खुल्ला भयको जानकार हरु बताउछन ।
सन २००८।९ मा लायन्समा प्रवेश गरेका बालकृष्ण बुर्लाकोटीले निकै कम समयमै २०१६।१७ मा गभर्नर बन्न सफल भएका थिए। आफ्नो गभर्नरकालमा बुर्लाकोटीले नेपालका लायन्स क्लबलाई सेवा कार्यमा विश्वमा नै सर्वोत्कृष्ट बनाउनुको साथै लायन्स क्लब स्थापना भएको १०० औं बर्ष पुगिरहँदा १०० वटा नयाँ क्लब स्थापना गरेर विश्वलाई नै चकित पारेका थिए । त्यस्तै सेवाकार्यमा पनि आफ्नो डिष्ट्रिक्टलाई नेपालका अन्य डिष्ट्रिक्ट भन्दा उत्कृष्ट मात्र नभई विश्वमै उत्कृष्ट बनाउन पनि बुर्लाकोटी सफल भएका थिए । नेपालका लायन्स क्लब चारवटा डिष्ट्रिक्टका अधिकांश लायन्सहरुसगै जनसेवामा जीवन समर्पित गर्ने बालकृष्ण बुर्लाकोटी नै इन्टरनेसनल डाईरेक्टर बने पछि बिशेस नेपाल लायन्सको हितमा लाग्ने बताउनु भयो । डिष्ट्रिक्ट ३२५ बि १ होस्ट रहेको कन्भेन्सन पूर्ब अन्तरास्ट्रिय निर्देशक संजय खेतानको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कायक्रम काउन्सिल चियर पर्सन राजन खत्रीको सभापतित्वमा सम्पन्न भएको यियो ।बुर्लाकोटीको जितसंगै दोश्रो नेपालीका छोरो लायन्सको हेडक्वाटरमा जाने बाटो खुल्ला भएको छ ।

704 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal