बजेटः जेष्ठ नागरिक भत्ता ४ हजार
२०७८ जेष्ठ १५ गते, शनिबार
काठमाडौं । सरकारले जेष्ठ नागरिकको मासिक भत्ता चार हजार रुपैयाँ पुर्याएको छ। आर्थिक वर्ष २०७८÷७९ को बजेट सार्वजनिक गर्नुहुँदै अर्थमन्त्री विष्णु पौडेलले सबै प्रकारको सामाजिक भत्तामा ३३ प्रतिशतले वृद्धि गरिएको र जेष्ठ नागरिक भत्ता ४ हजार पुराएको जानकारी दिनुभयो ।
यसअघि ३ हजार रुपैयाँ भएको जेष्ठ नागरिकको भत्तामा १ हजार बढेको हो ।
200 Views