राप्रपा नेपालले झण्डै २ हजारलाई खाना खुवायो

२०७८ जेष्ठ ११ गते, मंगलवार

काठमाडौं । राप्रपा नेपालले लकडाउनमा अलपत्र भएका नागरिकलाई सडकमा पुगेर खाना वितरण गर्दै आएको छ ।
पार्टीका राष्ट्रिय अध्यक्ष प्रदीपविक्रम राणाले जेष्ठ ७ गतेबाट खाना खुवाउने अभियान सुरु गरिएको बताए । ‘कोरोना संक्रमणका कारण नागरिकहरुको दैनिकी कष्ठकर बनेकाले उनीहरुलाई खाना खुवाएका हौं’ उनले भने ‘पार्टी प्यालेसमा खाना पकाउँछौं र बेलुकीपख विभिन्न ठाउँमा पुगेर प्याकेटको खाना दिन्छौं ।’ उनले अहिलेसम्म झण्डै २ हजारलाई खाना खुवाइसकिएको दाबी गरेका छन् ।
‘नागरिकलाई समस्या पर्दा राजनीति गर्छु भन्ने दलहरु चुप लागेर बस्नु हुँदैन त्यसैले राजनीतिक धर्म निर्वाह गरेका हौं’ उनले भने ‘आफूलाई ठूलो हुँ भन्ने दलहरुले अहिलेसम्म जनताको लागि केही पनि गरेका छैनन्, उनीहरुले हामीबाट सिक्नुपर्छ ।’ उनले बानेशवर, बालाजु, स्वयम्भु, चावहिल, गोंगबु, गुहेश्वरीलगायतका ठाउँमा खाना खुवाइएको जनाए । उनले यो अभियानले निरन्तरता पाउने जनाएका छन् ।
राष्ट्रिय अध्यक्ष राणाका अनुसार गाडी र मोटरसाइकलमा राखेर खाना पुर्याइने गरिएको छ । सरकारले यो बेला नागरिकको रक्षा गर्न र कष्ठपूर्ण जीवन बाँचिरहेकाको पक्षमा केही राहत दिन नसकेको राणाको आरोप छ ।

311 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

कक्षा १२ को नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण

२०८३ असार ५ गते, शुक्रबार

कक्षा १२ को नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण

२०८३ असार ५ गते, शुक्रबार

किन सार्वजनिक गरिएन ‘बाः एक योद्धा’का ‘बा’ ?

२०८३ असार ५ गते, शुक्रबार

‘क्याप्टेन साब’को सकियो छायांकन

२०८३ असार ५ गते, शुक्रबार

‘रोल नं १’को टिकटमा ५० प्रतिशत

२०८३ असार ५ गते, शुक्रबार

फाइभ जीका लागि सरकार र सेवा प्रदायक दुवै तयार

२०८३ असार ५ गते, शुक्रबार

के नेपालको धर्म, कला र संस्कृति आज हराउँदै गएको हो ?

२०८३ असार ५ गते, शुक्रबार

रास्वपाको केन्द्रीय सदस्यमा सुदामा कार्कीले उम्मेदवारी दिने

२०८३ असार ३ गते, बुधबार

साउनदेखि नागढुङ्गा सुरुङमार्ग सञ्चालनको तयारी

२०८३ असार ३ गते, बुधबार

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

२०८३ असार ३ गते, बुधबार

गेरुवामा निशुल्क लोकसेवा तालिम समापन

२०८३ असार ३ गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal