सुदूरपश्चिमका १९ हजार २८५ सङ्क्रमित निको भए

कैलाली । सुदूरपश्चिम प्रदेशका १९ हजार २८५ कोरोना सङ्क्रमित निको भएर घर फर्किएका छन् । प्रदेशका विभिन्न जिल्लामा कोरोना सङ्क्रमण मुक्त हुनेभन्दा सङ्क्रमित हुने दर बढी देखिएको छ । कैलालीमा सबैभन्दा बढी कोरोना सङ्क्रमित रहेका छन् ।
प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार कैलालीका १३ हजार ५८४ सङ्क्रमितमध्ये आठ हजार ५४६ जना मुक्त भएका छन् । यो सङ्ख्या कैलालीका कूल सङ्क्रमित सङ्ख्याको झण्डै ६३ प्रतिशत हो । यहाँका अन्य पहाडी जिल्लाहरू अछाममा एक हजार ९०१, बैतडीमा ९२६, बझाङ एक हजार ५७ र बाजुरामा ६२४ सङ्क्रमित निको भएका छन् ।
यसैगरी कोरोना सङ्क्रमण मुक्त हुनेमा डडेल्धुराका ८७६, दार्चुलाका ४०४, डोटीमा एक हजार ६३३ र कञ्चनपुरमा तीन हजार २५३ जना छन् । निर्देशनालयका अनुसार सुदूरपश्चिममा अझै ११ हजार ४४० सक्रिय सङ्क्रमितहरु छन् । कैलालीमा चार हजार ९१३, अछाममा ७८६, बैतडीमा ९६७, बझाङमा ९४१, बाजुरामा २२७ जना सक्रिय सङ्क्रमित छन् । डडेल्धुरामा ५१४, दार्चुलामा २९५, डोटीमा ५५९ र कञ्चनपुरमा दुई हजार २२० सक्रिय सङ्क्रमित छन् ।
सुदूरपश्चिम प्रदेशमा हालसम्म एक लाख ९९ हजारको परीक्षण गर्दा ३१ हजार २०० मा कोरोना सङ्क्रमण देखिएको थियो । यो सङ्ख्या परीक्षण गरिएका कूल सङ्ख्याको १५।५७ प्रतिशत हुन आएको निर्देशनालयका निर्देशक डा गणराज अवस्थीले जानकारी दिए। दोस्रो चरणमा सङ्क्रमितलाई समयमै अस्पताल पु¥याउन नसक्दा तथा अक्सिजन नपाएका कारण बचाउन सकिएको छैन । स्वास्थ्य निर्देशक डा अवस्थीका अनुसार सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमणका कारण हालसम्म ३९७ जनाले ज्यान गुमाएका छन् । (रासस)
ताजा

माओवादी आन्दोलन भारतीय गुप्तचर संस्था ‘रअ’ ले चलाएको मालेका महासचिव मैनालीको गम्भीर आरोप
२०८१ चैत्र ४ गते, सोमबार
माओवादी आन्दोलन भारतीय गुप्तचर संस्था ‘रअ’ ले चलाएको मालेका महासचिव मैनालीको गम्भीर आरोप
२०८१ चैत्र ४ गते, सोमबार
प्रचण्ड र ज्ञानेन्द्रलाई एउटै खोरमा थुन्ने सक्ने तागत एमाले–कांग्रेसमा छः दयाल बहादुर शाही
२०८१ चैत्र ४ गते, सोमबार
सुन्दा अचम्मः सिङ्गो दलित परिवार नै नागरिकताविहीन
२०८१ चैत्र ४ गते, सोमबार
एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा
२०८१ चैत्र ४ गते, सोमबार
फूल बिक्री गरेरै मासिक दुई लाख रुपैयाँ आम्दानी
२०८१ चैत्र ४ गते, सोमबार
श्रीमद् भागवत पुराण ज्ञान महायज्ञको उद्घाटन
२०८१ चैत्र ४ गते, सोमबार
धनगढीमा ग्यास सिलिन्डर विष्फोट तीन जना घाइते
२०८१ चैत्र ३ गते, आईतवार
समाजवादी मोर्चाले चैत १५ गते जनप्रदर्शन गर्ने
२०८१ चैत्र ३ गते, आईतवार
लोकगायक बद्री पंगेनी बने सजिलो नेटको ब्राण्ड एम्बासडर
२०८१ चैत्र ३ गते, आईतवार
प्रमोद खरेलको स्वरमा ’मायाको व्यापार’ गीत सार्वजनिक
२०८१ चैत्र ३ गते, आईतवारलोकप्रिय

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल
२०८१ माघ २९ गते, मंगलवार
बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
२०८१ आश्विन २० गते, आईतवार
भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा
२०८१ आश्विन १९ गते, शनिबार
‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक
२०८० चैत्र २२ गते, बिहीबार
मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ
२०८० मंसिर २९ गते, शुक्रबार
मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’
२०८० आश्विन १५ गते, सोमबार
दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो
२०८० भाद्र २२ गते, शुक्रबार
शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने
२०८० भाद्र १ गते, शुक्रबार