नयाँ सरकार गठनका लागि राष्ट्रपतिद्वारा आज साँझ ५ बजेसम्म समय सिमा

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले विश्वासको मत लिन सक्ने राजनीतिक आधार नभएको भनी प्रधानमन्त्रीका आग्रहका आधारमा नेपालको संविधानको धारा ७६ को उपधारा ५ बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको छ ।
राष्ट्रपति भण्डारीले प्रधानमन्त्री नियुक्तिको प्रयोजनका लागि आज साँझ ५ बजेभित्र प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गर्न प्रतिनिधिसभाका सदस्यलाई आह्वान गर्नुभएको हो ।
गत वैशाख २७ गते विश्वासको मत लिने प्रधानमन्त्री ओलीको प्रस्ताव प्रतिनिधिसभाको बहुमतबाट अस्वीकृत भएपछि संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रतिनिधिसभाका दुई वा दुईभन्दा बढी दललाई नयाँ प्रधानमन्त्रीमा दावी गर्न आह्वान गरिएकामा पेश नभएपछि वैशाख ३० गते राष्ट्रपतिले संविधानको धारा ७६ (३) बमोजिम प्रतिनिधिसभामा सबैभन्दा बढी सदस्य भएको संसदीय दल नेकपा ९एमाले०का अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा पुनः नियुक्त गर्नुभएको थियो ।
यसरी नियुक्त प्रधानमन्त्रीले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था रहेकामा ‘हाल विकसित राजनीतिक परिस्थितिमा वर्तमान सरकारलाई विश्वासको मत प्राप्त हुने दह्रो राजनीतिक आधार नदेखिएको, वैशाख २७ गतेको भन्दा स्थितिमा तात्विक अन्तर नदेखिएको र मुलुकलाई अन्योलमा राख्न उचित नभएको हुँदा वैकल्पिक सरकार गठनका लागि मार्गप्रशस्त गर्न उपयुक्त देखिएका’ले प्रधानमन्त्री नियुक्तिसम्बन्धी प्रक्रिया आरम्भ गर्न नेपाल सरकार मन्त्रिपरिषद्को आजको बैठकबाट निर्णय भएको र सोबमोजिम प्रधानमन्त्रीले आग्रह गर्नुभएकाले राष्ट्रपतिले उक्त आह्वान गर्नुभएको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ ।
ताजा

वरिष्ठ सईको तलब समायोजन गर्न सरकारलाई सर्वोच्च अदालतको ताकेता
२०८१ फाल्गुन २८ गते, बुधबार
वरिष्ठ सईको तलब समायोजन गर्न सरकारलाई सर्वोच्च अदालतको ताकेता
२०८१ फाल्गुन २८ गते, बुधबार
ज्ञानेन्द्रलाई गद्दीमा फर्काउन चैत १ बाट राप्रपाले फेरि आन्दोलन थाल्ने
२०८१ फाल्गुन २६ गते, सोमबार
चौधरी र राउतले छिट्टै पार्टी एकता गर्ने
२०८१ फाल्गुन २६ गते, सोमबार
राजतन्त्रको पक्षमा मैले माहोल देखेको छैनः कांग्रेस सभापति देउवा
२०८१ फाल्गुन २६ गते, सोमबार
ज्ञानेन्द्र बोक्ने राजावादीहरुलाई सडकबाटै ठेगान लगाउनुपर्ने माओवादीको निश्कर्ष
२०८१ फाल्गुन २६ गते, सोमबार
मेरो बोल्ने समय एकदमै नजिक आउँदैछ, अब प्रतिक्षा लामो छैनः लामिछाने
२०८१ फाल्गुन २६ गते, सोमबार
काठमाडौं महानगरलाई राप्रपाले बुझायो जरिवाना
२०८१ फाल्गुन २६ गते, सोमबार
पूर्वराजा ज्ञानेन्द्रलाई त्रिभुवन विमानस्थलबाहिर भव्य स्वागत
२०८१ फाल्गुन २५ गते, आईतवार
साइत बिग्रने डरले दही खाएर काठमाडौं फर्किँदै पूर्व राजा ज्ञानेन्द्र
२०८१ फाल्गुन २५ गते, आईतवार
भ्रष्टाचारीको नेतृत्वमा सर्लाही कांग्रेस, देउवाले नै काखी च्यापेको आरोप
२०८१ फाल्गुन २५ गते, आईतवारलोकप्रिय

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल
२०८१ माघ २९ गते, मंगलवार
बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
२०८१ आश्विन २० गते, आईतवार
भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा
२०८१ आश्विन १९ गते, शनिबार
‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक
२०८० चैत्र २२ गते, बिहीबार
मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ
२०८० मंसिर २९ गते, शुक्रबार
मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’
२०८० आश्विन १५ गते, सोमबार
दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो
२०८० भाद्र २२ गते, शुक्रबार
शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने
२०८० भाद्र १ गते, शुक्रबार