पत्रकार महासंघ काठमाडौं शाखालाई चौतर्फीबाट सहयोग

२०७८ बैशाख ३० गते, बिहीबार

काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले कोभिडको जोखिममा परेका पत्रकारहरुको सहयोग र भैपरी आउने अवस्थाको तयारी र समन्वयका लागि सात सदस्यीय टास्क फोर्स गठन गरेको छ । शाखाका अध्यक्ष सूर्य सुवेदीको अध्यक्षतामा बसेको भर्चुअल बैठकले कोभिडको असहजतालाई छिचोल्दै पत्रकारको जिम्मेवारी पूरा गर्ने क्रममा आउने समस्यालाई सहजीकरण गर्न सात सदस्यीय समिति गठन गरिएको हो । शाखाका सचिव महेश्वर गौतमद्वारा जारी विज्ञप्तिमा टाक्स फोर्समा अध्यक्ष सुवेदी, सचिव गौतम, कोषाध्यक्ष अजित अधिकारी, सहसचिव अर्जुन डोटेल, कार्य समिति सदस्य रमेश कुमार बोहोरा, कृष्णराज गौतम, शैलेस डंगोल उक्त समितिमा रहेका छन् ।
शाखाले उपत्यका प्रदेशसँग समन्वय गरी संयुक्त कार्ययोजना बनाएर महामारी विरुद्ध अभियान चलाउने पनि उल्लेख गरेको छ । बैठकले शाखामा आबद्ध संक्रमित सदस्यहरुको संख्या, अवस्था, अस्पतालमा रहेका र होम आइसोलेशनमा रहेका सदस्यहरुको अवस्था र समस्या पहिचान गरेर सुझाव पेश गर्ने गरी उपाध्यक्ष रामचन्द्र दुलालको संयोजकत्वमा महिला उपाध्यक्ष अप्सरा गौतम र कार्य समिति सदस्य सुुवास मुखिया सुनुवार सदस्य रहने गरी समस्या पहिचान समिति पनि गठन गरेको छ ।
टाक्स फोर्स समितिले शाखामा आबद्ध सदस्यहरुलाई परेको समस्यालाई सहजीकरण गर्ने निर्णय गरेको छ । उनीहरुमा आइपर्ने आर्थिक समस्यालाई ख्याल गर्दै संक्रमितलाई अस्पतालमा बेड उपलब्ध गराउन, अक्सिजन उपलब्ध गराउन र शाखाका सदस्यहरुलाई खाद्यान्न, औषधीको सम्पूर्ण सहयोग टाक्स फोर्स समितिले सहजीकरण गर्ने जनाएको छ ।
यो समाचार तयार गरुन्जेलसम्म नेपाल पत्रकार महासंघ काठमाडौं शाखालाई वरिष्ठ पत्रकार एवं नयाँ करेन्ट साप्ताहिकका प्रधान सम्पादक देवेन्द्र गौतमले ५० हजार रुपैयाँ काठमाडौं शाखाका कार्य समिति सदस्य बोहोरालाई हस्तान्तरण गर्नु भएको छ । त्यसैगरी काठमाडौं शाखाका कार्य समिति सदस्य कमल राज राईले बोहोरालाई पाँच हजार हस्तान्तरण गर्नु भएको छ । त्यस्तै उर्मिला शाही गौतमले पाँच हजार र अर्थ सवाल साप्ताहिकका संवाददाता अंकध्वज मोतेले पाँच हजार र आलोचना साप्ताहिकका प्रमुख सल्लाहकार एवं थोमस इन्टरनेशनल एजुकेशन, पुतलीसडकका संचालक कोष राज गिरीले पाँच हजार १ सय रुपैयाँ प्रदान गरेका छन् । त्यस्तै रामेछाप मन्थली निवासी हाल मनमोहन कार्डियोलोजिकल टिचिङ अस्पतालमा कार्यरत शर्मिला न्यौपानेले सात हजार कार्य समिति सदस्य बोहोरालाई हस्तान्तरण गर्नुभएको छ ।
त्यसैगरी काठमाडौं शाखाको निर्वाचनमा उपाध्यक्षको उम्मेदवारी दिएकी सितामाया पौडेल (अर्चना)ले दश हजार प्रदान गरेका छन् भने त्यसैगरी अर्थ सवाल साप्ताहिकका व्यवस्थापक राजेन्द्र थापा मगरले पाँच हजार र शाखा सदस्य गोपाल आचार्यले सात हजार पाँचसय प्रदान गरेका छन् । यसैगरी काठमाडौं शाखाको निर्वाचनमा कोषाध्यक्षको उम्मेदवारी दिएका मुकुन्द ढुंगानाले माक्स र सेनिटाइजर उपलब्ध गराएको शाखाका कार्य समिति सदस्य बोहोराले जनाए । उनले सबैको समन्वयमा कोषलाई बृद्धि गरिने बताएका छन् । शाखामा संकलित रकम तथा अन्य सामग्रीहरु कोरोना संक्रमित शाखा सदस्यहरुलाई शाखाको नेतृत्वमा कार्य समिति सदस्य बोहोराले वितरण गरेका छन् ।

525 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal