पत्रकार महासंघ काठमाडौं शाखालाई चौतर्फीबाट सहयोग

२०७८ बैशाख ३० गते, बिहीबार

काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले कोभिडको जोखिममा परेका पत्रकारहरुको सहयोग र भैपरी आउने अवस्थाको तयारी र समन्वयका लागि सात सदस्यीय टास्क फोर्स गठन गरेको छ । शाखाका अध्यक्ष सूर्य सुवेदीको अध्यक्षतामा बसेको भर्चुअल बैठकले कोभिडको असहजतालाई छिचोल्दै पत्रकारको जिम्मेवारी पूरा गर्ने क्रममा आउने समस्यालाई सहजीकरण गर्न सात सदस्यीय समिति गठन गरिएको हो । शाखाका सचिव महेश्वर गौतमद्वारा जारी विज्ञप्तिमा टाक्स फोर्समा अध्यक्ष सुवेदी, सचिव गौतम, कोषाध्यक्ष अजित अधिकारी, सहसचिव अर्जुन डोटेल, कार्य समिति सदस्य रमेश कुमार बोहोरा, कृष्णराज गौतम, शैलेस डंगोल उक्त समितिमा रहेका छन् ।
शाखाले उपत्यका प्रदेशसँग समन्वय गरी संयुक्त कार्ययोजना बनाएर महामारी विरुद्ध अभियान चलाउने पनि उल्लेख गरेको छ । बैठकले शाखामा आबद्ध संक्रमित सदस्यहरुको संख्या, अवस्था, अस्पतालमा रहेका र होम आइसोलेशनमा रहेका सदस्यहरुको अवस्था र समस्या पहिचान गरेर सुझाव पेश गर्ने गरी उपाध्यक्ष रामचन्द्र दुलालको संयोजकत्वमा महिला उपाध्यक्ष अप्सरा गौतम र कार्य समिति सदस्य सुुवास मुखिया सुनुवार सदस्य रहने गरी समस्या पहिचान समिति पनि गठन गरेको छ ।
टाक्स फोर्स समितिले शाखामा आबद्ध सदस्यहरुलाई परेको समस्यालाई सहजीकरण गर्ने निर्णय गरेको छ । उनीहरुमा आइपर्ने आर्थिक समस्यालाई ख्याल गर्दै संक्रमितलाई अस्पतालमा बेड उपलब्ध गराउन, अक्सिजन उपलब्ध गराउन र शाखाका सदस्यहरुलाई खाद्यान्न, औषधीको सम्पूर्ण सहयोग टाक्स फोर्स समितिले सहजीकरण गर्ने जनाएको छ ।
यो समाचार तयार गरुन्जेलसम्म नेपाल पत्रकार महासंघ काठमाडौं शाखालाई वरिष्ठ पत्रकार एवं नयाँ करेन्ट साप्ताहिकका प्रधान सम्पादक देवेन्द्र गौतमले ५० हजार रुपैयाँ काठमाडौं शाखाका कार्य समिति सदस्य बोहोरालाई हस्तान्तरण गर्नु भएको छ । त्यसैगरी काठमाडौं शाखाका कार्य समिति सदस्य कमल राज राईले बोहोरालाई पाँच हजार हस्तान्तरण गर्नु भएको छ । त्यस्तै उर्मिला शाही गौतमले पाँच हजार र अर्थ सवाल साप्ताहिकका संवाददाता अंकध्वज मोतेले पाँच हजार र आलोचना साप्ताहिकका प्रमुख सल्लाहकार एवं थोमस इन्टरनेशनल एजुकेशन, पुतलीसडकका संचालक कोष राज गिरीले पाँच हजार १ सय रुपैयाँ प्रदान गरेका छन् । त्यस्तै रामेछाप मन्थली निवासी हाल मनमोहन कार्डियोलोजिकल टिचिङ अस्पतालमा कार्यरत शर्मिला न्यौपानेले सात हजार कार्य समिति सदस्य बोहोरालाई हस्तान्तरण गर्नुभएको छ ।
त्यसैगरी काठमाडौं शाखाको निर्वाचनमा उपाध्यक्षको उम्मेदवारी दिएकी सितामाया पौडेल (अर्चना)ले दश हजार प्रदान गरेका छन् भने त्यसैगरी अर्थ सवाल साप्ताहिकका व्यवस्थापक राजेन्द्र थापा मगरले पाँच हजार र शाखा सदस्य गोपाल आचार्यले सात हजार पाँचसय प्रदान गरेका छन् । यसैगरी काठमाडौं शाखाको निर्वाचनमा कोषाध्यक्षको उम्मेदवारी दिएका मुकुन्द ढुंगानाले माक्स र सेनिटाइजर उपलब्ध गराएको शाखाका कार्य समिति सदस्य बोहोराले जनाए । उनले सबैको समन्वयमा कोषलाई बृद्धि गरिने बताएका छन् । शाखामा संकलित रकम तथा अन्य सामग्रीहरु कोरोना संक्रमित शाखा सदस्यहरुलाई शाखाको नेतृत्वमा कार्य समिति सदस्य बोहोराले वितरण गरेका छन् ।

471 Views

ताजा

आज एनपीएलका दुई खेलः चितवन र कर्णाली भिड्दै

२०८२ मंसिर २ गते, मंगलवार

आज एनपीएलका दुई खेलः चितवन र कर्णाली भिड्दै

२०८२ मंसिर २ गते, मंगलवार

मध्यरातमा पक्राउ परे दुर्गा प्रसाईं

२०८२ मंसिर २ गते, मंगलवार

व्यवस्था परिवर्तन नभएसम्म महेन्द्र राजमार्गमै बस्छौंः प्रसाईं

२०८२ मंसिर १ गते, सोमबार

मानवता विरुद्धको गम्भीर अपराधमा शेख हसिनालाई मृत्युदण्डको सजाय

२०८२ मंसिर १ गते, सोमबार

मंसिर १८  बाट ‘अभिमन्युः च्याप्टर १’ आउँदै

२०८२ मंसिर १ गते, सोमबार

मुल्डे भ्यू–पार्क: हिमाल हेर्ने सबैभन्दा ‘उत्कृष्ट दृश्य बिन्दु’

२०८२ मंसिर १ गते, सोमबार

कर्णाली प्रदेशमा मन्त्रालयको संख्या घटाइयो

२०८२ मंसिर १ गते, सोमबार

नेपाली कम्युनिस्ट पार्टीविरुद्ध अदालत जान्छौंः सुबेदी

२०८२ मंसिर १ गते, सोमबार

‘द ब्ल्यू लाइट’को पोस्टरमा पाँच पात्रबीच समानता र भिन्नता

२०८२ मंसिर १ गते, सोमबार

आजदेखि एनपिएलः जनकपुर र काठमाडौं भिड्दै

२०८२ मंसिर १ गते, सोमबार

लोकप्रिय

ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’

२०८२ भाद्र २४ गते, मंगलवार

आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल

२०८२ श्रावण १३ गते, मंगलवार

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal