आजदेखि निषेधाज्ञामा झन् कडाई
काठमाडौँ । आजदेखि निषेधाज्ञा जारी भएका विभिन्न जिल्लामा थप कडाइका साथ आदेशको कार्यान्वयन गरिने भएको छ ।
अन्य जिल्लाबाट आदेश जारी भएका जिल्लामा यातायातका साधन तथा अन्य मानवीय आवागमन रोक्न भनिएको गृह मन्त्रालयले जनाएको छ ।
बिहीबार पहिलो दिन भएकाले यातायातका साधनहरू बाटोमै अड्किएका, यात्रु अलमल भएकाले केही सहजीकरण गरिएको भए पनि आजदेखि भने कडाइका साथ आदेशको पालना गरिने गृह प्रवक्ता जनकराज दाहालले जानकारी दिए ।
केही जिल्लामा यसअघि नै निषेधको आदेश जारी भएपनि अधिकांश जिल्लामा बिहीबारदेखि आदेश कार्यान्वयनमा आएको छ ।
प्राप्त विवरणअनुसार मुलुकका १५ जिल्लामा पूर्ण र तीन जिल्लामा आंशिक निषेधाज्ञा छ ।
यसरी आदेश जारी गर्ने जिल्लामा बाँके, काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, कैलाली, पर्सा, कञ्चनपुर, दाङ, पाल्पा, चितवन, रुपन्देही, सल्यान , सुर्खेत र सुनसरी छन् ।
यस्तै कालिकोट, बाग्लुङ र बर्दियामा आंशिक निषेधाज्ञा छ । यसरी आदेश भएको जिल्लाहरूमा अत्यावश्यक बाहेक अन्य गतिविधि गर्न पाइने छैन ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा बिहीबारको आदेश उल्लङ्घन गर्ने दुई हजारी बढीलाई होल्ड गरेर चेतावनीका साथ अब ननिस्कने शर्तमा छाडिएको जानकारी दिएको छ।
ताजा
चलचित्र ‘शिवांश : च्याप्टर १’ को ट्रेलर सार्वजनिक
२०८२ माघ २४ गते, शनिबार
चलचित्र ‘शिवांश : च्याप्टर १’ को ट्रेलर सार्वजनिक
२०८२ माघ २४ गते, शनिबार
प्रिमियम कन्स्ट्रसन केमिकल ब्राण्ड ‘मापिसा’का एडिसिभ उत्पादन नेपाली बजारमा
२०८२ माघ २४ गते, शनिबार
निर्वाचन आउन २६ दिन बाँकीः २४ उम्मेदवारले बुझाए स्पष्टीकरण
२०८२ माघ २४ गते, शनिबार
हृदयघातका कारण वरिष्ठ कलाकार सुनिल थापाको निधन
२०८२ माघ २४ गते, शनिबार
कमला सन्ध्या आरती सम्पन्न
२०८२ माघ २४ गते, शनिबार
Talk Program on Kashmir Solidarity Day
२०८२ माघ २२ गते, बिहीबार
आफ्नै कारणले ‘रेड जोन’मा गगन थापा
२०८२ माघ २२ गते, बिहीबार
भक्तपुरमा समाजसेवामा अग्रसर बन्दै रामचन्द्र लामिछाने
२०८२ माघ २२ गते, बिहीबार
राष्ट्रपति पौडेल स्वदेश फिर्ता
२०८२ माघ २१ गते, बुधबार
निर्वाचन आउन २९ दिन बाँकीः समानुपातिकमा पुरुष भन्दा महिला बढी
२०८२ माघ २१ गते, बुधबारलोकप्रिय
बर्दिया २, कसले जित्ला चुनाव ?
२०८२ माघ १३ गते, मंगलवार
फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल
२०८२ पुष २९ गते, मंगलवार
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार





