नेपालको विमानस्थल प्रयोग गरेर तेस्रो मुलुक जान रोक

२०७८ बैशाख १४ गते, मंगलवार

काठमाडौं । विदेशबाट नेपाल आइ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरी तेस्रो मुलुक जाने क्रम बढेपछि अध्यागमन विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरी तेस्रो मुलुक जान प्रतिबन्ध लगाएको छ ।
विभागका सूचना अधिकारी तथा निर्देशक झंकनाथ खनालले एक सूचना जारी गर्दै बैशाख १५ गते राती १२ बजेदेखि प्रतिबन्ध लागू हुने जानकारी दिएका छन् ।
विभागका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तेस्रो मुलुक जाने उद्देश्यले अर्को कुनै देशबाट नेपाल आउन र यहाँबाट तेस्रो मुलुक जान रोक लगाइएको हो । नेपाल नै अन्तिम गन्तव्य बनाइ विदेशबाट फर्किन तथा नेपालमा नै रहेकाहरुलाई विदेश जान भने पहिलेकै नियम कायम रहेको विभागले जनाएको छ ।
पछिल्लो समय नेपाललाई ट्रान्जिट बनाइ तेस्रो मुलुक जाने भारतीयको संख्या ह्वात्तै बढेको थियो । भारतमा कोरोना संक्रमण अत्याधिक बढेपछि विश्वका कैयौं देशले भारतसँग आवागमन बन्द गरेका थिए । तर, ती देशहरुले नेपालसँगको आवागमन भने बन्द गरेका थिएनन् । यही व्यवस्थाको फाइदा उठाउँदै तेस्रो मुलुक जान भारतीयहरु नेपाल आउने गरेका थिए ।

354 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal