मानव सवै एकै हुन् बिभेद हुनु हुन्न– संयोजक कालिकोटे
काठमाडौं । समाजमा मानिस मानिस बिच भेदभाव हुनुहुन्न भन्छन् विभेद अन्त्य राष्ट्रिय अभियानका संयोजक इन्द्र बहादुर कालिकोटे । यहाँ दलित मात्रै नभएर आफुलाई समाजमा ठुला जात भनेर चिनाउनेहरु समेत भेदभावको शिकार बनेको अध्यक्ष कालिकोटे बताउछन् ।
उनले विभेद रहित समाज र देश निर्माण, विकास र समृद्धि खानी खोज तलास, जडीबुटी संरक्षण एवं प्रशोधन गर्न कुविचार कुसंस्कार अन्त्य गरि मानिस मानिस बिच सदभाव र सदाचार कायम गरी देशलाई नयाँ दिशा देखाउने यसबअभियानको मुख्य उद्देश्य रहेको बताए । यस्तै मानव मानव विच हुने विभेद, छुवाछुत र भेदलाई अन्त्य गरी मानिस मानिस एक हो भन्ने प्रत्याभूति गराउन यस अभियान सञ्चालन गर्नुपरेको समेत कालिकोटेले बताए।
कानुन ब्यबसायी समेत रहेका उनले महिला, पुरुष र तेस्रो लिंगी पहिचान गरि नागरिकता वितरण गर्ने नजिरको निर्माण गर्ने तथा अपांग, महिला कोटा भने कायम राख्ने तर दलित, आदिवासी, जनजाती, मुस्लीम, मधेशी कुनै पनि नभई सबै मानिस हुन् , जुन देशमा बसेको हो सो देशको नागरिक हुनुपर्ने अभियानको परिकल्पना रहेको बताए।
सरकारले गठन गरेको विभिन्न आयोग अहिले डलर कमाउन खोलिएको आरोप समेत अध्यक्ष कालिकोटेले लगाए। सबै आयोग जस्तै दलित आयोग र अन्य सबै आयोग खारेज गर्ने र अन्य आयोगमा जडीबुटी प्रशोधन तथा संरक्षण आयोग हुनपर्ने र त्यस आयोगले गर्ने काम जडिबुटी अन्य देशमा विक्रि नगरी आफ्नै देशमा प्रशोधन गर्न आफ्नै देशको नागरिकलाई सक्षम बनाई अनुसन्धान गरी औषधी उत्पादन गर्ने अभियानको मुख्य परिकल्पना रहेको समेत उनले प्रष्ट पारे। अन्य आयोगमा खानीहरुको खोजी र अनुसन्धान विज्ञ आयोग सम्म पनि उसैगरी सुन खानी, पित्तल खानी, तामाखानी, फलाम खानी, युरेनियम आदीको खोजी गर्न लाग्नुपर्ने समेत अभियान्त कालिकोटेले बताएका छन् ।
कालिकोटे भन्छन,मानिस मानिस बिचको बिभेदकारी प्रणाली हटाउन हामी तत्काल प्रधानमन्त्री समक्ष ज्ञापनपत्र पेश गर्छौ,सर्बोच्च अदालतमा रिट हाल्छौ ,त्यति गर्दा पनि हाम्रो माग पूरा नभए अन्तरास्ट्रिय कानुन को सहायता समेत लिन बाध्य हुने छौ।अहिलेको राजनीति ब्यापार गर्ने थलो रहेको भन्दै उनले भ्रष्टाचार हुनुमा माथिल्लो निकायकै मुख्य हात रहेको बताए।
ताजा
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





