पूर्वराजा सहभागी कुम्भ मेलामा हालसम्म ३० साधु संक्रमित, एकको मृत्यु
एजेन्सी । भारतको हरिद्वारमा जारी कुम्भ मेलाका बीच निर्वाणी अखाडाका महामंडलेश्वर कपिल देवको बिहीबार कोरोना संक्रमणपछि मृत्यु भएको छ । कुम्भ मेलामा पूर्वराजा ज्ञानेन्द्र शाहसमेत सहभागी भएका थिए । कोरोनाको बढ्दो मामिलालाई मध्य नजर गर्दै अखाडा परिषद्को दोस्रो ठूलो निरंजनी अखाडाले १५ दिन अघि नै कुम्भ मेला सकिएको जानकारी गराएको छ ।
निरंजनी अखाडाका सचिव रवीन्द्र पुरीले बिहीबार कुम्भको मुख्य शाही स्नान पूरा भएको जानकारी दिए । उनको अखाडाका साधु–सन्तहरुलाई कोरोनाभाइरस संक्रमणको लक्षणहरु देखिन थालेको छ ।
हरिद्वारमा हालसम्म ३० साधुलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भइसकेको छ । यो सरकारी आँकडा हो, तर संक्रमित साधुहरूको संख्या योभन्दा बढी भएको बताइएको छ । स्वास्थ्य अधिकारीहरुले अलग–अलग अखाडामा गएर साधुको पीसीआर परीक्षण गरिने जनाएको छ ।
कोरोनाको स्थितिलाई मध्यनजर गर्दै निरंजनी अखडासँगै अन्य सन्यासी अखाडाले पनि कुम्भ मेला समाप्त गर्ने घोषणा गर्न सक्ने अनुमान गरिएको छ । हरिद्वारमा कुम्भ मेलाको समय ३० अप्रिलसम्म रहेको छ । तर, पछिल्लो पाँच दिनमा त्यहाँ २ हजार १६७ संक्रमणको मामिला आइसकेको छ । यसका बावजुद अधिकारीहरुले ३० अप्रिलसम्म मेला चल्ने बताएका छन् । तर, अहिले अखाडाहरुले आफै मेला सक्ने घोषणा गरेका छन् ।
मिडिया रिपोर्टका अनुसार पछिल्ला १० दिनमा करीब ७० प्रमुख सन्त कोरोना संक्रमित भइसकेका छन् । हरिद्वारको कनखल क्षेत्रमा १० हजार सन्त र समर्थक बसिरहेका छन् ।
स्रोत ः दैनिक भास्कर
ताजा
Pakistan Embassy Kathmandu Alumni Event
२०८२ कार्तिक २९ गते, शनिबार
Pakistan Embassy Kathmandu Alumni Event
२०८२ कार्तिक २९ गते, शनिबार
रास्वपाका सन्तोष परियारले छाडे पार्टी
२०८२ कार्तिक २८ गते, शुक्रबार
रवि र छविको मुद्दामा मिसिल झिकाउने आदेश
२०८२ कार्तिक २७ गते, बिहीबार
डा. निराकारमान श्रेष्ठको “सङ्घर्षदेखि सफलता” सार्वजनिक
२०८२ कार्तिक २७ गते, बिहीबार
कांग्रेस नेता पौडेल भन्छन्, नाम दर्ता गराउने वातवरण बनेन, मतदाता नामावली दर्ता अवधि थप्नुपर्छ
२०८२ कार्तिक २७ गते, बिहीबार
शुसिला कार्कीको औचित्य समाप्त भयो राजीनामा दिनुपर्छः डा. निलोलस भूषाल
२०८२ कार्तिक २७ गते, बिहीबार
चलचित्र ‘मिरमिरे’को दुईवटा पोस्टर सार्वजनिक
२०८२ कार्तिक २७ गते, बिहीबार
जनअपेक्षा पूरा गर्ने आईजीपी कार्कीको प्रतिबद्धता
२०८२ कार्तिक २७ गते, बिहीबार
निर्वाचन अघि कुनै हालतमा अधिवेशन हुन सक्दैनः राठौर
२०८२ कार्तिक २७ गते, बिहीबारकेपी ओलीलाई फेरि अध्यक्ष बनाएर देखाइदिन्छौँः बस्नेत
२०८२ कार्तिक २७ गते, बिहीबारलोकप्रिय
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार
गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल
२०८१ माघ २९ गते, मंगलवार
बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
२०८१ आश्विन २० गते, आईतवार





