अब धर्म बचाउने बेला आयोः पूर्व राजा

२०७७ चैत्र ३० गते, सोमबार

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले बाह्य दबाब, प्रभाव, प्रलोभन र सांस्कृतिक अतिक्रमणका कारण हाम्रो पूर्वीय दर्शन, हाम्रो धर्म र सनातीनय संस्कारमा ह्रास आएको बताएका छन्।
भारतको हरिद्वारमा जारी महाकुम्भ मेलाका अवसरमा पूर्व राजा ज्ञानेन्द्रले अब धर्म बचाउने बेला आएको बताएका छन्। ‘अब हामीले हाम्रो धर्म बचाउनु छ, हाम्रो संस्कृतिको रक्षा गर्नु छ, हाम्रा मठ मन्दिर, देवस्थल र धामहरुको विकास गर्नु छ। हाम्रा गंगा नद नदीहरुको प्रवाह स्वच्छ पार्नुछ’, ज्ञानेन्द्रले भनेका छन्।
भगवान रामले भनेको श्लोक ‘अपि स्वर्ण मणि लंका न मे लक्ष्मण रोचति जननी जन्मभूमिश्च स्वर्गादपी गरीयसी,’ उल्लेख गर्दै उनले सद्युक्तिको ख्याल हामीले राख्नैपर्ने बताएका छन्।
‘भारत वर्ष, हाम्रो आर्यावर्त र भरत खण्ड, यो भूखण्ड ९हाम्रा यी हिम श्रृंखला, हाम्रा यी अनेकौं नद नदिको महत्व महान ५ ० हजारौं वर्ष अघिदेखिको हाम्रो सभ्यता, हाम्रो धर्म परम्परा तथा सनातनिक संस्कृति विश्व मै वेजोड छ। हाम्रो हिन्दू सभ्यता, हाम्रो हिन्दूत्व र हाम्रो सनातनिक आर्य संस्कृति, अनि हाम्रा वेद उपनिषद्, पूराण आदि अनेकौं ग्रन्थ शास्त्र सबै नै महत्वपुर्ण छन्। तिनको मननीय स्थान, हाम्रा विधि व्यवहार, जीवन पद्धति, आचरण र अनूशिलन आफैमा गहन छन्’, उनले भनेका छन्। महाकुम्भमा पूर्व राजा ज्ञानेन्द्रलाई आयोजकले राजाकै हैसियतमा निम्तो दिएको चर्चा नेपालमा छ।

418 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

तामाङ कथानक चलचित्र ‘ङाला सेम्जो’ को दुई दिने विशेष प्रदर्शन सम्पन्न

२०८३ भाद्र ३१ गते, बुधबार

ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठको दक्षिण कोरियाको भ्रमण रद्ध

२०८३ भाद्र ३१ गते, बुधबार

प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आव्हान

२०८३ भाद्र ३१ गते, बुधबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal