पत्रकार दबूको साधारण सभामा पत्रकारहरु सम्मानित
काठमाडौं÷मातृभाषा पत्रकारिताको विकासमा योगदान दिने नेवाः पत्रकार सम्मानित भएका छन् । मध्यपुर थिमिमा सम्पन्न नेवाः पत्रकार राष्ट्रिय दबूको आठौं वार्षिक साधारण सभामा ५ जना पत्रकार र एक संचार गृहलाई सम्मान गरिएको हो ।
कार्यक्रममा जनआस्थामा प्रवन्ध सम्पादक वरिष्ठ पत्रकार राजेन्द्र स्थापितलाई ज्ञानज्योति लक्ष्मीप्रभा पुरस्कार प्रदान गरियो । २० हजार रुपैयाँ राशीसहित स्थापितलाई पुरस्कृत गरिएको हो । त्यस्तै नागरिककर्मी पत्रकार वृmष्ण किसीलाई रु. १५ हजार राशीसहित ज्ञानदेवी मणिरत्न स्थापित स्मृति पत्रकारिता पुरस्कार प्रदान गरियो । त्यस्तै फोटो पत्रकारितामा निरन्तर सक्रिय रहेकी महिला फोटो पत्रकारलाई रेखा शाक्यलाई बाबुराजा ज्यापु फोटो पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरियो । उक्त पुरस्कारको राशी रु. १० हजार रहेको छ । बुद्ध धर्मको सन्देश प्रचार प्रसारमा योगदान दिएको भन्दै बोधि टेलिभिजन भिक्षु कुमार काश्यप स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । बोधि टेलिभिजनका कार्यकारी निर्माताले राजु नापितले बोधि टेलिभिजनको प्रतिनिधित्व गर्दै रु. १२ हजार राशीसहितको उक्त पुरस्कार ग्रहण गर्नुभयो । उत्तरी र दक्षिणी दुबै मोहडाबाट सगरमाथाको सफल आरोहण गर्ने पहिलो र हालसम्म एक मात्र महिला पत्रकार कल्पना महर्जनलाई पनि सोही कार्यक्रममा विशेष सम्मान प्रदान गरिएको थियो । त्यस्तै नेपाल सरकारको न्यूनतम पारिश्रमिक निर्धारण समितिमा सदस्यमा मनोनित हुने नेवाः पत्रकार ऋषिकेश श्रेष्ठलाई बधाईसहित सम्मान गरिएको थियो । सम्मानित सबैलाई मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदन सुन्दर श्रेष्ठले दोसल्ला ओढाउनुभयो भने वागमती प्रदेशका सांसद राजेश शाक्यले सम्मान पत्र प्रदान गर्नुभयो ।
कार्यक्रमलाई सम्वोधन गर्दै वागतमी प्रदेश सांसद शाक्यले अहिलेसम्म दबूको आफ्नै भवन नभएकोमा आफूलाई सँधै दुःख लाग्ने गरेको बताउनुभयो । पत्रकार दबूको भवन बनाउन सहयोग गर्ने जिम्मेवारी अब आफूले लिएको शाक्यले बताउनुभयो । पत्रकारिता क्षेत्रमा मोफसलका पत्रकारहरु सक्रिय रहेको बताउँदै शाक्यले उहाँहरुलाई काठमाडौं उपत्यकाको जानकारी दिनुपर्ने सुझाव राख्नुभयो । ‘अहिले पत्रकारिता क्षेत्रमा धेरै काठमाडौं उपत्यका बाहिरका पत्रकारहरु सक्रिय रहेको छ, उहाँहरुलाई काठमाडौं उपत्यकाबारे धेरै जानकारी नहुँदा उपत्यका बारे भ्रमपूर्ण समाचार आउने गरेको छ’, शाक्यको भनाई थियो, ‘नेवाः पत्रकारहरुले यस्तो भ्रम चिर्न भूमिका निभाउनुपर्छ ।’
मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले दश वर्षको यात्रामा पत्रकार दबूले राम्रो प्रगति गरेको तर यो अझै पर्याप्त नभएको धारणा राख्नुभयो । दबू आर्थिक रुपमा पनि बलियो हुनुपर्नेमा जोड दिँदै नगर प्रमुख श्रेष्ठले दबूको अक्षय कोषमा आफुले पनि सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । कोरोना महामारीलाई ध्यानमा राखेर सचेत बन्दै जात्रापर्व अगाडि बढाउनुपर्ने विचार उहाँको थियो ।
त्यस्तै प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष गोपाल बुढाथोकीले धर्मादित्य धर्माचार्यलाई मातृभाषाको पहिलो पत्रकारको रुपमा स्थापित गर्न प्रेस काउन्सिलले पत्रकार दबूसँग सहकार्य गरेर कार्यक्रमहरु सञ्चालन गर्न पहल गर्ने घोषणा गर्नुभयो । ‘भाषिक, लैङ्गिक, जातीय समावेशी, समानताको साथमा संस्वृmति, सभ्यता परम्परा नै लोकतन्त्रको उपलब्धि हो । यसलाई संस्थागत रुप दिने सम्बन्धमा प्रेस काउन्सिलले सक्दो सहयोग गर्ने वचन यसै मञ्चबाट दिन चाहन्छु’ कार्यवाहक अध्यक्ष बुढाथोकीको भनाई थियो ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघका अध्यक्ष दण्ड गुरुङले नेपाली पत्रकारलाई सबभन्दा पहिले संगठित गर्ने अग्रज पत्रकार सत्यनारायण बहादुर श्रेष्ठ, पहिलो मातृभाषा पत्रकार धर्मादित्य धर्माचार्यको योगदानको स्मरण गर्नुभयो । करीब १५ वर्षदेखि अभियान चलाएपछि अहिले नेपाल पत्रकार महासंघ समावेशी बनेको अध्यक्ष गुरुङले दावी गर्नुभयो ।
नेपाल पत्रकार महासंघको प्रतिनिधित्व गर्दै कार्यक्रममा सहभागी गोविन्द चौलागाईँले महासंघ समावेशी पत्रकारिताको पक्षधर भएको जिकिर गर्नुभयो ।
राष्ट्रिय दलित पत्रकार संघका वरिष्ठ उपाध्यक्ष गोपाल बराइलीले मातृभाषा पत्रकारिताको माध्यमबाट भाषाको संरक्षणको साथै परम्परा, संस्वृmति, सम्पदाको प्रवद्र्धन गर्न सकिनेमा जोड दिँदै मातृभाषा पत्रकारिताको विकासको लागि राज्यले विशेष प्याकेजकै घोषणा गर्नुपर्ने माग गर्नुभयो ।
नेवाः देय दबूका केन्द्रिय अध्यक्ष नरेश ताम्रकारले नेवारहरुको भाषा, संस्वृmति, सम्पदाको संरक्षणको लागि नेवाः पत्रकारले मिसन पत्रकारिताको शुरुवात गर्नुपर्नेमा जोड दिनुभयो । नेवाः देय् दबू र पत्रकार दबू मिलेर एउटै बाटोमा हिँडेमा लक्ष्यमा पुग्न सकिने विचार अध्यक्ष ताम्रकारको थियो ।
नेवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष सुरजवीर वज्राचार्यले प्रथम मातृभाषी पत्रकार धर्मादित्य धर्माचार्यको कर्मको प्रचार गर्न सत्य नारायण बहादुर श्रेष्ठलाई पत्रकार महासंघका संस्थापकको रुपमा मान्यता दिलाउन पत्रकार दबूले गरिरहेको पहलमा आदिवासी जनजाति पत्रकार महासंघ, मधेशी पत्रकार महासंघ जस्ता संगठनको साथ रहेको जानकारी गराउनु भयो । नेवार समुदायको आवाजलाई पत्रकार दबूले सँधै प्राथमिकतामा राख्ने तथा पत्रकारहरुको बृद्धि विकास कार्य पत्रकार दबूले प्राथमिकता साथ अघि बढाउने बताउनुभयो ।
दबूका केन्द्रीय वरिष्ठ उपाध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले दबूले मातृभाषा पत्रकारिताको प्रथम सम्मलेन गरेको स्मरण गर्दै अब राष्ट्रिय सम्मेलन गर्ने योजना रहेको जानकारी गराउनुभयो ।
दबूका केन्द्रीय महासचिव सुनील महर्जनले सबैको सामूहिक प्रयासले पत्रकार दबू अहिले संस्थागत रुपमा बलियो बनिसकेको दावी गर्नुभयो । ‘पत्रकार दबूले यो आठ वर्षको यात्रामा नेपाली पत्रकारितामा समावेशीताको पक्षमा आवाज उठाउँदै आएको छ । धर्मादित्य धर्माचार्य नेपालको पहिलो मातृभाषा पत्रकारया रुपं स्थापित गर्न अभियान अगाडि बढाएको म यहाँनेर स्मरण गराउन चाहन्छु’ महासचिव महर्जनले भन्नुभयो ।
कोषाध्यक्ष सुरेन्द्रभक्त श्रेष्ठले नेवाः पत्रकारको हकहितका लागि ५ लाखको लक्ष्य लिइ स्थापना गरेको अक्षय कोषमा हाल १६ लाख रुपैयाँ जम्मा भइसकेको जानकारी गराउनुभयो । अब यसलाई बढाएर रु. ५० लाख पु¥याउने लक्ष्यसहित अघि बढिरहेका छौं’ कोषाध्यक्ष श्रेष्ठको भनाई थियो ।
दबूका निवर्तमान अध्यक्ष श्रीवृmष्ण महर्जनले फोनिज लगायतका जातीय, भाषिक समुदायको साझा संगठनसँग सहकार्य अझ प्रभावकारी हुनुपर्ने सुझाव दिनुभयो ।
सोही कार्यक्रममा वागमती प्रदेशका सांसद शाक्य र मध्यपुर थिमि नगरपालिकाका प्रमुख श्रेष्ठले संयुक्तरुपमा पत्रकार दबूको स्मारिका ‘लुमन्ति पौ’ को विमोचन गर्नुभएको थियो । सूचना तथा सञ्चारमन्त्री पार्वत गुरुङले दबूको साधारण सभाको सफलताको कामनासहित पठाउनुभएको शुभकामना सन्देश पत्र दबूका सचिव केके मानन्धरले वाचन गरी सुनाउनुभएको थियो ।
सभाको बन्द सत्रले महासचिव महर्जनले प्रस्तुत गर्नुभएको वार्षिक कार्य प्रगति प्रतिवेदन र कोषाध्यक्ष श्रेष्ठले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ ।
ताजा
राणाद्वारा राप्रपा लाेकप्रिय नेता सिलवालकाे पिताकाे निधनमा दुख व्यक्त
२०८२ माघ २८ गते, बुधबार
राणाद्वारा राप्रपा लाेकप्रिय नेता सिलवालकाे पिताकाे निधनमा दुख व्यक्त
२०८२ माघ २८ गते, बुधबार
मकवानपुरमा फेरिँदै चुनावी समीकरण : ‘डिना’ को पक्षमा जुर्मुरायो कांग्रेस
२०८२ माघ २८ गते, बुधबार
चलचित्र ‘फ्रेन्च किस’मा रेखा थापाको इन्ट्री
२०८२ माघ २८ गते, बुधबार
संयुक्त सामान ढुवानी व्यवसायी संघकोे आठौँ साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा धर्मराज पोखरेल निर्वाचित
२०८२ माघ २८ गते, बुधबारविमला निरौलाको प्रेमाश्रुको लोकार्पण कार्यक्रम सम्पन्न
२०८२ माघ २८ गते, बुधबार
आयुष मगरको ‘कान्छी’ सार्वजनिक (भिडियो)
२०८२ माघ २८ गते, बुधबार
मधेशको विकासप्रति रास्वपा प्रतिबद्धः बालेन शाह
२०८२ माघ २७ गते, मंगलवार
रामेछाप बस दुर्घटना, मृतकको संख्या १२ पुग्यो
२०८२ माघ २७ गते, मंगलवार
कराते टोली थाइल्याण्डको इन्टरनेशनल कराते च्याम्पियनसिपमा सहभागी हुदै
२०८२ माघ २७ गते, मंगलवार
चलचित्र ‘शिवांश : च्याप्टर १’ को ट्रेलर सार्वजनिक
२०८२ माघ २४ गते, शनिबारलोकप्रिय
बर्दिया २, कसले जित्ला चुनाव ?
२०८२ माघ १३ गते, मंगलवार
फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल
२०८२ पुष २९ गते, मंगलवार
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार





