मेलम्ची आएपछि सरकार झन् लोकप्रिय
काठमाडौं । ३० वर्षदेखि आउन नसकेको मेलम्ची खानेपानी उपत्यकाबासीको धारामा आउन थालेपछि जनता भनें सरकारप्रति थप आशावादी भएका छन् । लामो समयको प्रयासपछि सरकारको निरन्तर पहलमा आएको मेलम्चीले उपभोक्ताको मुहारमा खुशी छाएको छ ।
विगतमा बनेका धेरै सरकारले पानी ल्याउँछु भने पनि सम्भव भएको थिएन । अहिले पानी आइसकेपछि सरकार वास्तवमा नै जनताको पक्षमा रहेछ भन्ने स्पष्ट भएको छ तर पनि यसमाथि पनि अन्य राजनीतिक दलले राजनीति गरिरहेका छन् । उनीहरु हाम्रो पालामा सबै काम भएको र काम सम्पन्न गर्ने बेलामा मात्र यो सरकार भएकाले जस लिन खोजेको भनेर कुतर्क गर्दै आएका छन् । त्यसरी उनीहरुको पालामा नै काम सकियो भए किन पानी आउन सकेन त ? यो गम्भीर प्रश्न हो । यसअघि विभिन्न ‘सेटिङ’ मा पानी ल्याउन नदिने चालबाजी भएको बुझेका प्रधानमन्त्री केपी शर्मा ओलीको यो सफलतालाई चानचुने रुपमा लिनु हुँदैन । यसअघि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डकी बुहारी बिना मगर खानेपानी मन्त्री हुँदा केही पनि काम नगरेका कारण नै मेलम्चीको पानी आएको थिएन । पानी आउनुलाई सरकारको लोकप्रियतासँग जोडेर हेरिने भएकाले पनि मगरले त्यसलाई चासो दिइनन् । मन्त्री भएपछि नै मगरले जसरी भए पनि मेलम्चीलाई असफल पार्ने खेलमात्र खेलिरहिन् जसको परिणाम उनी असफल र बद्नाम मन्त्री बन्न पुगिन् । उनलाई ठेकेदारसँग मिलेर कमिशन खाएको र आयोजनालाई पूरा गर्न नदिने खेलमा लागेको भनेर आलोचना गरियो ।
मेलम्ची खानेपानीलाई काठमाडौं भित्र्याउने धेरैवटा खानेपानीमन्त्रीले भने पनि अहिले आएर मन्त्री मणिचन्द्र थापा सफल भएका छन् । मगरको अवरोधका बीच पनि केही काम हुँदै आएको थियो त्यसलाई कार्यान्वयन गर्ने दिशामा मन्त्री थापा र प्रधानमन्त्री ओली लागेपछि सफल भएको छ । उपत्यकावासीले जुगौंदेखि भोग्दै आएको खानेपानीको समस्या अब समाधान भएको छ । प्रधानमन्त्री ओलीले आफ्नो एकमात्र लक्ष्य विकास र प्रगति भएको भनेर भनिरहेका बेला यो कदमले एकातिर ओलीप्रतिको विश्वास बढेको छ भनें अर्कातिर सरकारको विरोधमा बोल्नेहरु तह लागेका छन् । गुणस्तरीय र स्वच्छ पानी खुवाउने सरकारको सपना पूरा भएको छ । २०४७ सालमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराइको पालामा सुरु भएको मेलम्ची आयोजनाले धेरै मन्त्री फटाइसकेको भए पनि पानी भनें ल्याउन कसैले सकेको थिएनन् । तत्कालीन मन्त्री मगर मन्त्रीबाट हटेको ३ महिनामा नै उपत्याकामा मेलम्चीको पानी आएको छ । प्रधानमन्त्री ओलीले सोचेको योजना पूरा गर्न सबै राजनीतिक दलको समर्थन रहने हो भनें विकासको लागि केही समय लाग्दैन तर जहाँ पनि सरकारलाई असफल पार्न खोज्ने गरेका कारण संकट बढ्दै गएको थियो । कुनै स्वार्थमा लागेर गएका भए ओलीले पनि यो आयोजनाको काम रोकेर आन्तरिक लेनदेन गर्न सक्थे होला तर ‘भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्न’ भन्ने नाराले अहिले सार्थकता पाएको छ । विकासका नाममा गरिने राजनीतिक फोहोरी खेलले विकासमा नै वाधा पारेको छ । जसले गरेको भए पनि विकासलाई नमान्ने गरेका कारण यो समस्या आएको छ । ओलीले चालेका हरेक कदम देश र जनताका पक्षमा भए पनि त्यसलाई नस्विकार्नु भनेको राजनीतिक बेइमानी हो ।
ताजा
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा
२०८३ भाद्र ११ गते, बिहीबार
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा
२०८३ भाद्र ११ गते, बिहीबार
मृत व्यक्तिको कानको मुन्द्रा तान्ने २ युवा पक्राउ
२०८३ भाद्र ११ गते, बिहीबार
प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान
२०८३ भाद्र ११ गते, बिहीबार
नागढुंगा–मुग्लिङदेखि बीपी राजमार्गसम्म बन्द
२०८३ भाद्र ११ गते, बिहीबार
आशा र विश्वासका साथ सबैलाई एक भएर विपद्को सामना गर्न र हातेमालो गर्न प्रधानमन्त्री बालेनको आग्रह
२०८३ भाद्र ११ गते, बिहीबार
तीर्थयात्री बोकेका दर्जनौँ बस सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
रसुवा बाढी वितण्डाः २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला
२०८३ भाद्र ११ गते, बिहीबार
रास्वपाद्वारा सर्वदलीय बैठक आव्हानः गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी
२०८३ भाद्र ११ गते, बिहीबार
विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो
२०८३ भाद्र १० गते, बुधबार
भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता
२०८३ भाद्र १० गते, बुधबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





