‘प्रेमगन्ज’ मा तेज र बेनिशा अनुबन्धित

२०७७ चैत्र २० गते, शुक्रबार

काठमाडौं । चलचित्र चौतारीको ब्यानरमा निर्माणमा हुन लागेको नयाँ चलचित्र ‘प्रेमगञ्ज’ को लागि मुख्य कलाकार छनौट भएका छन् । यसअघि अडिसनमार्फत केही कलाकारहरु छनौट भएका थिए ।
चलचित्रमा नायक तेज गिरी र नायिकामा बेनिशा हमाल छनौट भएको बताईएको छ । मुक्तिनाथ विकास बैंकका जागिर तेजले यही फिल्मबाट मुख्य अभिनेतामा डेब्यु गर्न लागेका हुन् । बेनिशा विगत १ दशक देखि नेपाली चलचित्र जगतमा कार्य गर्दै आएकी कलाकार हुन । उनले ‘ब्लाइन्ड रक्स’बाट राष्ट्रिय पुरस्कार जितेकी थिइन् ।
यस चलचित्र त्रिकोणात्मक विशुद्ध प्रेम कथामा आधारित रहेको निर्देशक परिच्छेद सेनले जानकार िदिए । सेन विगत १५ बर्ष देखि नेपाली चलचित्र जगतमा सक्रिय रुपमा कार्य गर्दै आएका निर्देशक हुन । उनको निर्देशनमा बनेका यस अघिका चलचित्रले विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय अर्वाडहरु हासिल गर्न सफल भएका छन् ।
यसअघि नै चलचित्रका लागि सुप्रिया खनाल, राइडर प्रशान्त, सिमरन खड्का र आयुषी ढकाललाई अडिसनबाट छानिसकेका छन् । यस चलचित्रमा अन्य कलाकार शिशिर राणा, रश्मी भट्ट, पबन भट्टराई, सन्जोग रसाइली लगाएतको अभिनय रहने छ भने सञ्जय लामाले छायांकन गर्ने भएका छन् ।
बिगत २५ बर्ष देखि नेपाली चलचित्र जगतमा स्पोट ब्वाईको रुपमा काम गर्दै आएका राजु फुयाँल निर्माता रहेका यो चलचित्रका कार्यकारी निर्मातामा अनन्तमान श्रेष्ठ रहेका छन् । यो चलचित्र अब छिट्टै छायांकनमा जाने वताईएको छ ।

248 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

रास्वपाको केन्द्रीय सदस्यमा सुदामा कार्कीले उम्मेदवारी दिने

२०८३ असार ३ गते, बुधबार

रास्वपाको केन्द्रीय सदस्यमा सुदामा कार्कीले उम्मेदवारी दिने

२०८३ असार ३ गते, बुधबार

साउनदेखि नागढुङ्गा सुरुङमार्ग सञ्चालनको तयारी

२०८३ असार ३ गते, बुधबार

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

२०८३ असार ३ गते, बुधबार

गेरुवामा निशुल्क लोकसेवा तालिम समापन

२०८३ असार ३ गते, बुधबार

‘हाम्रो उद्देश्य विद्यार्थीलाई विदेश पठाउने मात्र होइन, उनीहरूको भविष्य निर्माणमा सहयात्री बन्नु हो’ शिशिर सिंखडा

२०८३ असार ३ गते, बुधबार

राष्ट्रिय मानव अधिकार आयोगमाथि बढ्दो अविश्वास र निष्क्रियता

२०८३ असार ३ गते, बुधबार

पसिना र रगत बिस्तारै चुस्तै चुस्तै जवानी खेर जाने ठाउँलाई नै सायद प्रदेश भनिएको

२०८३ असार ३ गते, बुधबार

Khwopa Engineering College Students Visit Nepal Eco Panel for Industrial Learning

२०८३ असार २ गते, मंगलवार

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत) अवार्ड

२०८३ असार २ गते, मंगलवार

MDR Team को आधिकारिक लोगो सार्वजनिक, थप व्यवस्थित रूपमा अगाडि बढ्ने प्रतिबद्धता

२०८३ असार २ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal