सहकारीलाई प्रविधिमैत्री बनाउन जुटौ : महासंघ सञ्चालक जिसी

२०७७ चैत्र २० गते, शुक्रबार

म्याग्दी । ६४ औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर जिल्ला सहकारी संघ लिमिटेड म्याग्दीले आयोजना गरेको ३ दिने तालिम कार्यक्रम सम्पन्न भएको छ ।
दिवसका अवसरमा पहिलो दिन चैत १६ गते ऋण विश्लेषण तालिम, दोस्रो दिन चैत १७ गते सञ्चालकहरुको क्षमता अभिवृद्धि तालिम र तेस्रो दिन चैत १८ गते समसामयिक विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो ।
अन्तरक्रिया कार्यक्रममा बोल्दै राष्ट्रिय सहकारी महासंघका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक हुमा कुमारी जि.सी.
(अञ्जु) ले सहकारीलाई प्रभावकारी रुपमा अगाडि बढाउनका लागि प्रविधिको प्रयोग बढाउनु पर्नेमा जोड दिनुभयो ।
सहकारीमार्फत गरिने व्यवसायलाई मर्यादित बनाउदै प्रविधिमार्फत काम गर्न सकेमा राज्यले लिएको लक्ष्य प्राप्तिमा सहकारी महत्वपूर्ण साझेदार बन्ने उहाँको भनाइ थियो ।
सहकारीहरुलाई समसामयिक विषयवस्तुमा जानकारी गराउनका लागि जिल्ला सहकारी संघ र विषयगत सहकारी संघहरुको भूमिका बढाउनु पर्नेमा उहाँको जोड थियो ।
कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसीले सहकारीको संस्थागत विकासका लागि देखिएका समस्याहरुको पहिचान र समाधान गर्दै सहकारीमार्फत समाज रुपान्तरणमा महत्वपूर्ण योगदान गर्नु पर्ने बताउनुभयो ।
नेफ्स्कुनका निवर्तमान सञ्चालक भीम गुरुङले सहकारीलाई व्यवस्थित र प्रभावकारी रुपमा सञ्चालनका लागि नीति, विधि र प्रविधिमा जोडिन आव्हान गर्नु भयो ।
कार्यक्रम जिल्ला सहकारी संघ म्याग्दीका अध्यक्ष प्रेम बहादुर कार्की (दिपक विखर्ची) को अध्यक्षता, र सचिव ज्योती लामिछानेको सञ्चालनमा सम्पन्न भएको थियो ।
संघले आयोजना गरेको अन्तरक्रिया, सञ्चालकहरुको क्षमता अभिवृद्धि र ऋण व्यवस्थापन तालिम कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसी, नेफ्स्कुनका निवर्तमान सञ्चालक भीम गुरुङ र जिल्ला वचत तथा ऋण सहकारी संघ कास्कीका निवर्तमान कोषाध्यक्ष नारायण आचार्यले सहजीकरण गर्नु भएको थियो ।
अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले ऋण परिचालनमा देखिएका समस्या र समधानका उपाय, सहकारी ऐन नियम कार्यान्वयनको अवस्था, स्थानीय तहले सहकारीको प्रवद्र्धनमा गर्नु पर्ने भूमिका लगायतका विषयमा जिज्ञासा राखेका थिए ।
राष्ट्रिय सहकारी दिवसका दिन चैत २० गते जिल्लाका सहकारी संघ संस्थाका प्रतिनिधिहरुको सहभागितामा मुल समारोह आयोजना गरिएको अध्यक्ष कार्कीले जानकारी दिनुभयो ।
कार्यक्रममा बागलुङमा जन्मिएर सहकारी क्षेत्रमा क्रियाशिल भई नेपालको सहकारी अभियानको शिर्षस्थ निकाय राष्ट्रिय सहकारी महासंघको सञ्चालक पदमा निर्विरोध निर्वाचित भएर गण्डकी प्रदेशको संयोजकको जिम्मेवारी प्राप्त गर्नु भएको भन्दै महासंघका सञ्चालक हुमा कुमारी जिसी (अञ्जु) लाई संघका तर्फबाट सम्मान गरिएको थियो ।
धौलागिरी क्षेत्रको सहकारी अभियानको प्रवद्र्धनमा गरेको योगदानसंगै राष्ट्रिय स्तरमा पाएको जिम्मेवारी पनि सफलतापूर्वक सम्पन्न गरी सहकारी क्षेत्र थप योगदानका लागि शुभकामना दिइएको संघका सचिव ज्योती लामिछानेले जानकारी दिनुभयो ।

321 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

मृत व्यक्तिको कानको मुन्द्रा तान्ने २ युवा पक्राउ

२०८३ भाद्र ११ गते, बिहीबार

प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान

२०८३ भाद्र ११ गते, बिहीबार

नागढुंगा–मुग्लिङदेखि बीपी राजमार्गसम्म बन्द

२०८३ भाद्र ११ गते, बिहीबार

आशा र विश्वासका साथ सबैलाई एक भएर विपद्को सामना गर्न र हातेमालो गर्न प्रधानमन्त्री बालेनको आग्रह

२०८३ भाद्र ११ गते, बिहीबार

तीर्थयात्री बोकेका दर्जनौँ बस सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

रसुवा बाढी वितण्डाः २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला

२०८३ भाद्र ११ गते, बिहीबार

रास्वपाद्वारा सर्वदलीय बैठक आव्हानः गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी

२०८३ भाद्र ११ गते, बिहीबार

विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता

२०८३ भाद्र १० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal