इन्स्युरेन्स कम्पनीमा लक्ष्मी भित्र्याउँदै ‘लक्ष्मी’

२०७७ चैत्र ११ गते, बुधबार

लक्ष्मी न्यौपाने (चाबहिल शाखा प्रमुुख)
रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी

रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी चाबहिल शाखाका प्रमुुख लक्ष्मी न्यौपानेसँग जीवन बीमा के हो र यसका फाइदा के–के छन् भन्ने सेरोफेरोमा रहेर संवाददाता अकंध्वज मोतेले गरेको कुराकानीको अंशः
० हिजोआज के कुरामा व्यस्त हुनुहुन्छ ?
हिजोआज म कार्यालयकै काममा ब्यस्त छु । कोरोना भाइरसको कारणले गर्दा अझ जीवन बिमाको महत्व र आवश्यक्ता धेरै नै रहेछ भन्ने बुझाई हामी सबैमा परेको छ । त्यसैले हाम्रा एजेन्सी तथा टिममा रहेर समय सिजन अनुसारको पूर्वयोजनाका साथ जीवन बीमाको आवश्यकता ठान्नेहरुको माझमा सहजकर्ताको रुपमा ब्यस्त छु ।
० तपाई कसरी जीवन बीमा कम्पनीमा आबद्ध हुनुभयो र तपाईँले कसरी सन्तुष्टि प्राप्त गर्नुभएको छ यो रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीमा, बताई दिनुहोस् न ?
ममा विद्यार्थी जीवनकालदेखी नै केही गर्नपर्छ भन्ने सोच आइरन्थ्यो । सोचैँ सोचमा स्कुलको पढाई सकेर कलेज पढ्न शुरु गरेँ, केही आर्थिक कुराहरुको विषयबस्तुसँग मेरो मन जोडिन पुग्यो । म कलेज विद्यार्थी, फुलटाइम कुनै पनि काम गर्न मलाई गाह्रो हुन्थ्यो, पार्टटाइम चाहिँ म गर्न सक्थेँ । धेरैवटा पार्टटाइमको कामहरु मध्ये जीवन बीमा कम्पनीमा आबद्ध भएर काम गर्ने मैले निर्णय गरे । मैले आफ्नो पढाई सँगसँगै यो व्यपारलाई पनि निरन्तर अगाडि बढाइरहेँ । साँच्चै नै सोचेको भन्दा पनि राम्रो आयआर्जन जीवन बीमा कम्पनीमा आबद्ध रहेर गरेको महशुस गरेँ । भन्नुपर्दा म एक शिक्षक पनि हुँ, धेरै लामो समय म शिक्षा पेशामा आबाद्ध रहेर काम गरेँ तर अहिले मेरो पहिलो आयस्रोत रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी नै भएको छ । यसमा नै म सन्तुष्टी छु । यसमा कुनै पनि घाटा खाने ठाउँ नै छैन् । विश्वासका आधारमा गरिने लागानीले सन्तुष्टिकासाथ जीउन मलाई सहायता पु¥याएको छ ।
० अहिलेसम्म नेपालमा कति वटा बीमा कम्पनीहरु छन् ?
सबै कम्पनीहरु चाहिँ ४० वटा छन् तर जीवन बीमा कम्पनी चाहिँ १९ वटा छन्, निर्जिव बीमा कम्पनी २० वटा र पुुर्नबिमा कम्पनी एउटा छ । अब यसको अर्थ म तपाईहरुलाई राम्रोसँग बुझाउन चाहन्छु– १९ वटा कम्पनीले चाहिँ जीवन बीमा मतलब जीवनमा परी आउने सबै प्रकारको बीमा गर्छ, २० वटा कम्पनीले चाहिँ घर, गाडी, फर्निचर आदिको बीमा गर्छ, र पुर्नबिमा भनेको सबै बीमा कम्पनीहरुले नेपाल सरकारको मातहातमा रहेको गरिने बीमा हो ।
० रिलायन्स लाइफ इन्स्योरेन्सका भरपर्दा विश्वासका आधारहरु के–के हुन् ?
रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीे सिद्धार्थ बैँक लि, केडिया अर्गनाइजेसन, सिद्धार्थ ग्रुप, अग्नि होल्डिङ्गस, एम.सी. ग्रुप, रिलायन्स ग्रुप, बेगानी ग्रुप, शिव शक्ति ग्रुप जस्ता प्रतिष्ठित व्यापारीक घरानाद्वारा प्रवद्र्धित कम्पनी हो । जसको कुल जारी पूँंजी २ अर्ब १० करोड र चुक्ता पूँंजी १ अर्ब ४७ करोड रहेको छ । ६३ करोडको साधारण शेयर सर्वसाधारणमा सार्वजनिक निष्काशन गरेपश्चात् कम्पनीको चुक्ता पूंँजी २ अर्ब १० करोड पुगेको छ । यस संस्थाले बीमा समितिको स्वीकृतिपश्चात आफ्नो व्यावसायिक कारोबार २०७४ मंसीर १ गतेदेखि शुरु गरेको हो । कम्पनीले देशभर रिलायन्स लाइफ इन्स्याेरेन्सकाे देशभर १०० शाखा रहेका र ९७ वटा शाखाबाट ग्राहक वर्गलाई सेवा प्रदान गरिरहेकाे छ। यस कम्पनीको संचालक समितिमा अध्यक्ष ताराचन्द केडिया र कार्यकारी प्रमुख अधिकृतमा प्रवीण रमण पराजुली रहेका छन् । यसले एक भरपर्दाे र सुरक्षित कम्पनी हो भनेर परिचय दिन सफल भएको छ । जो कोही पनि यो कम्पनीमा आबद्ध हुन सक्छन् र आबद्ध भएकाहरु मेरो जीवन मेरो धन सुरक्षित छ भनेर खुलेर जिउन सक्छन् । रिलायन्स लाइफ इन्स्योरेन्समा विभिन्न योजनाहरु छन्, समय सन्दर्भलाई समेटिएका योजनाहरु अति आवश्यक र भरपर्दा छन्, छानेर रोजेर आफुलाई चाहिएका प्लानहरु लिन सकिन्छ ।
० बीमा कम्पनीमा जम्मा गरिएको रकम कुन क्षेत्रमा लगानी गरिन्छ र रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले नेपालको आर्थिक क्षेत्रलाई कसरी टेवा पु¥याएको छ ?
इन्स्योरेन्स कम्पनीमा ग्राहकहरुले लगानी गरेका आर्थिक रकम मनोमानी ढंगले जहाँ पाए त्यहिँ लगानी गर्न मिल्दैन । नेपाल सरकारले तोकिएका र बीमा समितीले निर्देशन दिएका ठाउँहरुमा मात्रै लगानी गर्न मिल्छ । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी नेपाल सरकारको इजाजत लिएर संचालित कम्पनी भएको कारणले पनि आयस्रोतको करद्धारा नै राष्ट्रलाई ठूलो टेवा पु¥याएको हुन्छ । त्यति मात्रै होइन हाम्रो कम्पनीमा आबद्ध भएको सम्पूर्ण ग्राहक वर्गहरुले पनि आफ्नो आयस्रोतबाट सरकारलाई कर तिरेका हुन्छन् । यसरी नै राष्ट्र पनि संबृद्धि भएको छ र हरेक ग्राहकहरु पनि खुलेर बाँचेका छन् ।
० के बीमा सजिव तथा निर्जिव कुराहरुको लागि अत्ति आवश्यक कुरा हो त ?
बीमा भन्ने शब्द नै अति महत्वपूर्ण छ, मानिसको जीवनमा बालक, जवान, बृद्ध र अन्त्य यी चार कुराहरु निश्चित छन् । यी चार कुरा थाहा हुँदाहुँदै पनि मानिसको चाहना भने यो संसारमा रहुन्जेल सबै कुरामा हरेकपल सुरक्षित नै हुन चाहन्छन् । बीमा भनेको यही नै हो, चाहे घर, गाडी, धन, सम्पत्ति, जीवन सबैको सुरक्षा गर्ने काम गर्नुको साथै आउने पुस्ताहरुलाई आर्थिक क्षेत्रमा मात्रै नभएर भविष्यको बाटो देखाउन मद्धत गर्छ । त्यत्तिमात्रै होइन् हाम्रो धनको बचत तथा सुरक्षा समेत हुन्छ । अझ भन्नुपर्दा बिमाको विषयमा सजिवमा भन्दा निर्जिव बस्तुहरुमा बढी लागु भएको छ । उदाहरण्को लागि गाडीको कर तथा पास गर्नु प¥यो भने पहिला बीमा गर्नुपर्छ । घरको लागि ऋण चाहियो भने घर बीमा गर्नु पर्छ र यदि व्यापारको लागि ऋण चाहियो भने व्यापार बीमा गर्नुपर्छ । यस्ता थुप्रै निर्जिव बस्तुहरुको बीमा नगरेसम्म सुरक्षित छ भनेर ढुक्क हुन सकिदैन तर त्योभन्दा पनि महत्वपूर्ण त जीवन हो, जीवन बीमाको बारेमा अझै पनि हामी नेपाली जनताहरु अनविज्ञ नै छौँ । हामीले बुझ्नुपर्दा धनसम्पत्ति भन्दा पनि ठुलो चाहिँ आफ्नो स्वास्थ्य र जीवन हो । त्यसैले सबै भन्दा पहिला आफ्नो जीवन बीमा चाहिँ गर्नुपर्छ । आफ्नो स्वास्थ्य र जीवन ठिक छ भने सबै कुराहरु ठिक हुन्छ । यो कुराहरु सबैले जान्नु बुझ्नुपर्छ भन्ने म ठान्छु ।
० अन्त्यमा केही भन्नु हुन्छ कि ?
धेरै नै महत्वपूर्ण कुराकानी भएको छ, साथै कुनै घाम पानीले नोक्सानी नगर्ने र ठुलो लगानी गर्न पनि नपर्ने, आफुले चाहेको लगानीबाट अगाडि बढ्न र धेरै ठुलो आर्थिक क्षेत्रमा टेवा पु¥याउने साथै सुरक्षा दिने रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीलाई सम्झिनु हुनेछ भन्दै सम्पूर्ण मेरा चीरपरिचित शुभचिन्तकका साथै अर्थ सवाल साप्ताहिक पत्रिकाका प्रकाशक तथा सम्पादक टिमलाई मेरा बिचार प्रकाशनका निम्ति म हृदयदेखि नै धन्यवाद साथै उत्तरउत्तर प्रगतिको कामना गर्दै बिदा हुन चाहन्छु, धन्यवाद ।

1185 Views

ताजा

आज र भोलि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

२०८३ बैशाख ६ गते, आईतवार

आज र भोलि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

२०८३ बैशाख ६ गते, आईतवार

बर्दियाको राजापुर जाँदै गरेको एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु

२०८३ बैशाख ६ गते, आईतवार

ट्रेड युनियन इन्टरनेशनद्वारा समसामयिक विषयमा छलफल र अन्तरक्रिया

२०८३ बैशाख ६ गते, आईतवार

संस्थापक अध्यक्ष प्रज्वल वस्नेतले नै छोडे एप्क्यान

२०८३ बैशाख ६ गते, आईतवार

‘जीवन रहरमै’ बजारमा

२०८२ चैत्र ३० गते, सोमबार

खेम सेन्चुरीले रन्काए “सुनको धारो, चाँदीको पँधेरो”

२०८२ चैत्र ३० गते, सोमबार

दर्शकको रोजाइमा ‘सधैं साथमा तिम्रो: १२ दिनमै १० लाख पार (भिडियो)

२०८२ चैत्र ३० गते, सोमबार

खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि

२०८२ चैत्र २७ गते, शुक्रबार

महराविरुद्ध भ्रष्टाचार मुद्दा

२०८२ चैत्र २६ गते, बिहीबार

श्रममन्त्री साह बर्खास्त

२०८२ चैत्र २६ गते, बिहीबार

लोकप्रिय

बर्दिया २, कसले जित्ला चुनाव ?

२०८२ माघ १३ गते, मंगलवार

फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल

२०८२ पुष २९ गते, मंगलवार

ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’

२०८२ भाद्र २४ गते, मंगलवार

आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल

२०८२ श्रावण १३ गते, मंगलवार

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal