राष्ट्रिय एकता मञ्चको अध्यक्षमा फेरि पनि विजेन्द्रलाल जोशी

२०७७ चैत्र ८ गते, आईतवार

काठमाडौं । राष्ट्रिय एकता मञ्चको अध्यक्षमा फेरि पनि विजेन्द्रलाल जोशी चयन भएका छन् ।
कानुनका ज्ञातासमेत रहेका जोशी पार्टीको दोस्रो महाधिवेशनमा पनि अध्यक्षमा चयन भएका हन् । राजनीतिक अभियानसँगै जनताका हरेक विषयलाई संवैधानिक र कानुनी ढंगले उठाउँदै आएका जोशीको नेतृत्वमा १७ सदस्यीय कार्यसमिति चयन भएको हो । भर्खरै सम्पन्न निर्वाचनमा उपाध्यक्षमा सोम बहादुर राजभण्डारी, सचिवमा किरण जोशी, सहसचिवमा राखिन्द्र कुमार थिङ र कोषाध्यक्षमा बलभद्रमान सिंह रहेका छन् । त्यस्तै सदस्यहरुमा जीवनबहादुर थापा, सुधनराज मानन्धर, रामबहादुर पाइजा, सागर प्रधान, बाबुराजा महर्जन, बाबुराम खत्री छेत्री, रवीन्द्रबहादुर श्रेष्ठ, अञ्जली श्रेष्ठ, लक्ष्मी गौतम, साधनाकुमारी शाह, मिरादेवी कुँवर र सरिता पाण्डे रहेका छन् । अध्यक्षले १६ जना केन्द्रीय सदस्य मनोनीत गर्ने व्यवस्था छ ।
अध्यक्ष जोशीले आफूलाई प्रमुख राजनीतिक दल हौं भन्नेले जनताका पक्षमा काम गर्न नसकेको आरोप लगाए । उनले पार्टीले हिजोको दिनमा पनि जनताको जनजीविकाको पक्षमा बोलेको भन्दै आगामी दिनमा पनि यस्तै आवाज उठाइरहने बताएका छन् ।

328 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

Khwopa Engineering College Students Visit Nepal Eco Panel for Industrial Learning

२०८३ असार २ गते, मंगलवार

Khwopa Engineering College Students Visit Nepal Eco Panel for Industrial Learning

२०८३ असार २ गते, मंगलवार

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत) अवार्ड

२०८३ असार २ गते, मंगलवार

MDR Team को आधिकारिक लोगो सार्वजनिक, थप व्यवस्थित रूपमा अगाडि बढ्ने प्रतिबद्धता

२०८३ असार २ गते, मंगलवार

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा शान्ति पदयात्रा तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न

२०८३ असार १ गते, सोमबार

जेनजी भन्योः अजय सोडारी र विर्जन विश्वकर्मामाथि गृहमन्त्रीको प्रतिशोध

२०८३ असार १ गते, सोमबार

नेपालको २.१२ खर्बको बजेट महत्त्वाकाङ्क्षी, तर कार्यान्वयन चुनौतीपूर्ण  : नेपाल डेभलपमेन्ट वाच

२०८३ असार १ गते, सोमबार

नेपालको सीमामा नेपालीलाई नै त्रास

२०८३ असार १ गते, सोमबार

#MDR टिमद्वारा सामाजिक सञ्जालका फाइदा र बेफाइदाबारे भिडियो क्याम्पेन सञ्चालन

२०८३ असार १ गते, सोमबार

त्यो राजदरबार हत्याकाण्ड र अहिलेको परिवेश

२०८३ जेष्ठ ३१ गते, आईतवार

विश्वकप २०२६ः ब्राजिल र मोरक्को १–१ को बराबरीमा रोकिए

२०८३ जेष्ठ ३१ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal