भारतलाई लगातार छैटौँ टी–२० शृङ्खला

२०७७ चैत्र ८ गते, आईतवार

काठमाडौं । भारतले अन्तिम तथा निर्णायक टी–२० खेलमा इङ्ग्ल्याण्डलाई हराउँदै ५ खेलको शृङ्खला ३–२ ले आफ्नो पक्षमा पार्न सफल भएको छ । २ वर्षदेखि कुनै सिरिज नगुमाएको भारतले यो लगातार छैटौँ शृङ्खला जितेको हो । उता, पछिल्लो ९ वर्षदेखि भारतीय भूमिमा इङ्ल्याण्डले कुनै पनि द्विपक्षीय शृङ्खला जित्न सकेको छैन । यसअघि सन् २०११ मा इङ्ल्याण्डले भारतलाई हराएको थियो । त्यतिबेला एक खेलको शृङ्खला खेलिएको थियो ।
शनिबार भएको खेलमा टस हारेर पहिलो ब्याटिङ गर्दै भारतले २ विकेटको क्षतिमा २ सय २४ रन बनाएको थियो । कप्तान विराट कोहली र रोहित शर्माले अर्धशतक बनाए । विराटले ५२ बलमा ८० र रोहितले ३४ बलमा ६४ रन बनाए । कोहली प्लेयर अफ द सिरिज चुनिए । उनले ५ खेलमा ११५.५० को औसतले २३१ रन बनाए । यस दौरान उनले नटआउट रहँदै ३ अर्धशतक बनाए ।
जवाफमा इङ्ग्ल्याण्डको टोलीले ८ विकेटको क्षतिमा १ सय ८८ रन मात्र बनाउन सक्यो । डेविड मलानले ४६ बलमा सबैभन्दा बढी ६८ रन बनाए भने । जोस बटलरले ३४ बलमा ५२ रन बनाए । १५ रन दिएर २ विकेट लिएका भुवनेश्वर कुमार म्यान अफ द म्याच चुनिए ।
भारतीय क्रिकेट टोलीले सन् २०१९ को नोभेम्बर पछि खेलिएका सबै ६ वटा टी–२० सिरिज जितेको छ । एजेन्सी

321 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

मृत व्यक्तिको कानको मुन्द्रा तान्ने २ युवा पक्राउ

२०८३ भाद्र ११ गते, बिहीबार

प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान

२०८३ भाद्र ११ गते, बिहीबार

नागढुंगा–मुग्लिङदेखि बीपी राजमार्गसम्म बन्द

२०८३ भाद्र ११ गते, बिहीबार

आशा र विश्वासका साथ सबैलाई एक भएर विपद्को सामना गर्न र हातेमालो गर्न प्रधानमन्त्री बालेनको आग्रह

२०८३ भाद्र ११ गते, बिहीबार

तीर्थयात्री बोकेका दर्जनौँ बस सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

रसुवा बाढी वितण्डाः २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला

२०८३ भाद्र ११ गते, बिहीबार

रास्वपाद्वारा सर्वदलीय बैठक आव्हानः गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी

२०८३ भाद्र ११ गते, बिहीबार

विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता

२०८३ भाद्र १० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal