भारतलाई लगातार छैटौँ टी–२० शृङ्खला
काठमाडौं । भारतले अन्तिम तथा निर्णायक टी–२० खेलमा इङ्ग्ल्याण्डलाई हराउँदै ५ खेलको शृङ्खला ३–२ ले आफ्नो पक्षमा पार्न सफल भएको छ । २ वर्षदेखि कुनै सिरिज नगुमाएको भारतले यो लगातार छैटौँ शृङ्खला जितेको हो । उता, पछिल्लो ९ वर्षदेखि भारतीय भूमिमा इङ्ल्याण्डले कुनै पनि द्विपक्षीय शृङ्खला जित्न सकेको छैन । यसअघि सन् २०११ मा इङ्ल्याण्डले भारतलाई हराएको थियो । त्यतिबेला एक खेलको शृङ्खला खेलिएको थियो ।
शनिबार भएको खेलमा टस हारेर पहिलो ब्याटिङ गर्दै भारतले २ विकेटको क्षतिमा २ सय २४ रन बनाएको थियो । कप्तान विराट कोहली र रोहित शर्माले अर्धशतक बनाए । विराटले ५२ बलमा ८० र रोहितले ३४ बलमा ६४ रन बनाए । कोहली प्लेयर अफ द सिरिज चुनिए । उनले ५ खेलमा ११५.५० को औसतले २३१ रन बनाए । यस दौरान उनले नटआउट रहँदै ३ अर्धशतक बनाए ।
जवाफमा इङ्ग्ल्याण्डको टोलीले ८ विकेटको क्षतिमा १ सय ८८ रन मात्र बनाउन सक्यो । डेविड मलानले ४६ बलमा सबैभन्दा बढी ६८ रन बनाए भने । जोस बटलरले ३४ बलमा ५२ रन बनाए । १५ रन दिएर २ विकेट लिएका भुवनेश्वर कुमार म्यान अफ द म्याच चुनिए ।
भारतीय क्रिकेट टोलीले सन् २०१९ को नोभेम्बर पछि खेलिएका सबै ६ वटा टी–२० सिरिज जितेको छ । एजेन्सी
ताजा
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





